इस्लाम
पछाडि

99. Az-Zalzala

1जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।

2र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।

3मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ

4त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।

5यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।

6त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।

7अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

8र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath