98. अल-बायिना
1अहले किताब र मुश्रिकहरू कुफ्रबाट अलग हुनेवाला छैनन् जबसम्म कि उनको पासमा स्पष्ट प्रमाण आउँदैन ।
2अल्लाहको तर्फबाट एउटा रसूल जो पवित्र पृष्ठहरूलाई पढोस ।
3जसमा असल र ठीक आदेशहरू अंकित छन् ।
4र किताबवालाहरू आफु समक्ष स्पष्ट प्रमाण आइसकेपछि विभाजित भएका छन् ।
5उनीहरूलाई यही मात्र आदेश दिइएको थियो कि निष्ठापूर्वक अल्लाहको उपासना गरुन् र एकाग्र भएर उसैको लागि धर्मलाई शुद्ध राखुन । र निष्ठाको साथ नमाज पढुन् र जकात देउन् र यही नै सबैको साँचो धर्म हो ।
6किताबवालाहरूमध्येबाट जो काफिर छन् र मुश्रिकहरू सबै नर्कको आगोमा (पर्नेछन् र) तिनीहरू सधैं त्यसमा रहनेछन् । यी मानिसहरू सबै प्राणीभन्दा नराम्रा हुन् ।
7र जसले ईमान ल्याए र असल कर्म गरिरहे, तिनीहरू सम्पूर्ण प्राणीहरूमा राम्रा हुन् ।
8उनीहरूको बदला उनीहरूको पालनकर्ताकहाँ सधैं बास गर्ने बगैंचाहरू हुन्, जसमुनि नहरहरू बगिराखेका हुनेछन् । सधैं सधैं तिनीहरूमा रहनेछन् । अल्लाह उनीहरूसित खुशी भयो र उनीहरू उससित खुशी भए, यो प्रतिफल उसको निम्ति हो, जो आफ्नो पालनकर्तासित डर मान्छ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath