इस्लाम
पछाडि

97. अल-कदर

1हामीले यस (कुरआन) लाई कद्र्रको रातमा अवतरित गर्यौं ।

2र तिमीलाई के थाहा कि शबेकद्र (गौरवको रात्री) के हो

3शबेकद्र एक हजार महीनाभन्दा राम्रो छ ।

4यसमा रूहुल अमीन (जिब्राइल) र फरिश्ताहरू प्रत्येक काम सम्पन्न गर्नको लागि, आफ्नो पालनकर्ताको आदेशबाट अवतरित हुन्छन् ।

5यो रात पूर्णतया शान्ति र भलाईको हो, उषाकालको उदय हुनेसम्म ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath