इस्लाम
पछाडि

96. अल-अलाक

1आफ्नो पालनकर्ताको नाम लिएर पढ, जसले सृष्टि गर्यो ।

2जसले मानिसलाई रगतको थोपाबाट बनायो ।

3तिमी पढ्दै गर तिम्रो पालनकर्ता बडो दयावान छ ।

4जसले कलमको माध्यमबाट शिक्षा प्रदान गर्यो ।

5जसले मानिसलाई त्यो ज्ञान प्रदान गर्यो, जुन उसले जान्दैनथ्यो ।

6तर मानिस उल्लंघनकारी भइहाल्दछ ।

7यसकारण कि उसले आफूलाई आत्मनिर्भर देख्दछ ।

8यसमा कुनै सन्देह छैन कि तिम्रो पालनकर्तातिर नै फर्किजानु पर्नेछ ।

9के तिमीले त्यस व्यक्तिलाई देख्यौ ? जसले (अल्लाहको) सेवकलाई मनाही गर्दछ ।

10(अर्थात्) एक अल्लाहको भक्तलाई जबकि उसले नमाज पढ्नथाल्छ ।

11तिम्रो के विचार छ ? यदि त्यो सोझो मार्गमा छ भने ।

12वा संयमित रहनुको आदेश दिन्छ भने ।

13अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए

14त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।

15निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।

16यस्तो टाउको जो झूठो अपराधी छ ।

17यिनीहरू आफ्ना साथीहरूको परिषद्लाई बोलाऊन् ।

18हामीले पनि आफ्नो सजायका दूतहरूलाई बोलाउनेछौं ।

19खबरदार ! उसको भनाई कदापि नमान्नु र सजदा गर्नु र (अल्लाहको) निकटता प्राप्त गर्दैरहुन् ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath