95. एट-टिन
1इंजीरको कसम र जैतूनको ।
2र तूरे सीनीनको ।
3र यस शान्तिपूर्ण शहरको (मक्काको) कसम ।
4हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
5फेरि निकृष्टतम दशातिर फर्कायौं ।
6तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
7अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
8के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath