इस्लाम
पछाडि

93. Ad-Dhuhaa

1सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।

2र कसम छ, रात्री को जब छाउँछ ।

3तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।

4निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।

5तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।

6के उसले तिमीलाई अनाथ पाएर शरण दिएन

7र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।

8र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।

9तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।

10र माँग्नेवालालाई हप्काउने नगर्नु ।

11र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath