92. अल-लैल
1रात्रीको कसम, जब ढाक्छ ।
2र दिनको कसम, जब कि चम्किन्छ ।
3र त्यस हस्तीको कसम, जसले पुरुष र स्त्रीको सृष्टि गर्यो ।
4निःसंदेह तिम्रो प्रयास भिन्न–भिन्न छ ।
5तसर्थ जसले (अल्लाहको मार्गमा धनमाल) दियो र डर मान्यो (आफ्नो पालनकर्ताको) ।
6र राम्रो कुराको पुष्टि गर्दैगर्यो ।
7त हामीले पनि उसलाई सजिलो बाटोको सुविधा प्रदान गर्नेछौं ।
8तर जसले कञ्जूसी गर्यो र जो लापरवाही देखायो ।
9र असल कुराको उपहास गर्यो ।
10त हामीले पनि उसलाई अभाव र कठिनाईका सामग्री प्रदान गर्नेछौं ।
11त्यसको धनमाल, ऊ खाल्डोमा लड्दा उसको कुनै पनि काम आउने छैन ।
12निश्चय नै हाम्रो जिम्मा त मार्ग देखाउनु छ ।
13र वास्तवमा हाम्रै अधिकारमा छ परलोक र संसार ।
14मैले त तिमीलाई प्रज्वलित आगोबाट सावधान गराइदिएँ ।
15जसमा मात्र त्यही पर्नेछ जो साह्रै नै अभागा हुनेछ ।
16जसले झुठ्लायो र (उसको अनुशरणबाट) मुख फर्कायो ।
17र जो बडो संयमी हुनेछ, त्यसलाई त्यसबाट टाडा राखिनेछ ।
18जसले आफ्नो सम्पत्ति दिएर आफूलाई शुद्ध बनाउँदछ ।
19र (यसकारण) दिंदैन कि उसमाथि कसैको उपकार छ । जसको सट्टामा कुनै किसिमको बदलाको आशा गरिएको हुन्छ ।
20बरु मात्र उसको आफ्नो महान पालनकर्ताको अनुहारको (दर्शनको) लागि (अर्थात रबको प्रसन्नता पाउनको लागि) ।
21निःसंदेह त्यो (अल्लाह) शीघ्र नै राजी भैहाल्नेछ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath