इस्लाम
पछाडि

91. आश-शाम्स

1सूर्यको कसम र त्यसको तापको ।

2र चन्द्रको कसम, जब त्यसको पछाडि उदाउँछ ।

3र दिनको कसम जब सूर्यलाई प्रकट गरिदिन्छ ।

4र रातीको कसम जब उसलाई लुकाउँछ ।

5आकाश र त्यसलाई बनाउनेको कसम ।

6कसम छ धरतीको, र त्यसलाई समथर बनाउनेको ।

7कसम छ इन्द्रियहरूको र तिनलाई दुरुस्त बनाउने (काम) को ।

8फेरि समझ दियो उसलाई व्यभिचार र त्यसबाट बाँचेर अलग रहनुको ।

9जसले (त्यस) इन्द्रियलाई शुद्ध राख्यो, त्यो सफल भयो ।

10र जसले त्यसलाई माटोमा मिलायो, त्यो असफल भयो ।

11समूदले आफ्नो अटेरीपनको कारणले (संदेष्टालाई) झुठ्लायो ।

12जब उनीहरूमध्येबाट सबैभन्दा दुर्भाग्यशाली उभियो ।

13(तब) अल्लाहको रसूलले उसलाई भने, ‘‘सावधान अल्लाहको ऊँटनी र उसले पिउने पालोको रक्षा गर’’ ।

14तर उनीहरूले आफ्ना पैगम्बरलाई असत्य सम्झेर त्यस ऊँट्नीको कुर्कुच्चाको नसा काटिदिए्, तब अल्लाहले उनीहरूका पापको कारणले उनीहरूमाथि बर्बादी पठायो र फेरि सबैलाई नष्ट गरी त्यस बस्तीलाई बराबर गरिदियो ।

15उसलाई त्यसको विनाशकारी परिणामको कुनै भय छैन ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath