90. अल-बलाद
1हामीलाई यस नगर (मक्का) को कसम ।
2र तपाई यसै नगरमा त बस्नु हुन्छ ।
3र मानवीय बाबु र उसको सन्ततिको कसम ।
4निःसन्देह हामीले मानिसलाई धेरै दुःखमा पैदा गरेका छौं ।
5के उसले यो ठान्दछ कि उसमाथि कसैको नियन्त्रण छैन ।
6भन्दछ कि मैले धेरै माल सम्पत्ति खर्च गरिदिएँ ।
7के उसलाई यो लाग्दछ कि कसैले उसलाई देखेन ।
8के हामीले उसलाई दुईटा आँखा दिएनौं ।
9र जिब्रो र दुईटा ओठ (दिएनौं)
10र उसलाई दुवै मार्ग पनि देखायौं ।
11त उसले त्यो घाटीमा पस्न सकेन
12र तिमीलाई के थाहा कि त्यो घाटी के हो
13(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
14वा भोकको दिन खाना खुवाउनु ।
15कुनै नातेदार अनाथलाई
16वा धूलधूसरित (फकिर) भिक्षुलाई ।
17अनि ती मानिसहरूमा शम्मिलित हुन सक्थ्यौ जसले ईमान ल्याउँछन् र एक अर्कालाई धैर्य राख्न र दया गर्नुको निम्ति शिक्षा दिन्छन् ।
18यी मानिसहरू नै दायाँ हातवाला हुन् ।
19र जसले हाम्रा आयतहरूलाई मानेनन् उनीहरू बायाँ हातवाला हुन् ।
20यिनीहरूमाथि नै आगो हुनेछ जो चारैतिरबाट घेरेको हुनेछ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath