8. अल-अन्फाल
1यिनीहरू तपाईसित धर्मयुद्धमा प्राप्त जितिएका धनको विषयमा सोध्छन्, तपाईले भनिदिनुस्ः यी युद्घमा प्राप्त भएको धन अल्लाह र रसुलका हुन् । अतः अल्लाहसित डर र आफ्ना सम्बन्धहरू सुमधुर राख र अल्लाह र उसको रसूलको आज्ञापालन गर, यदि तिमी ईमानवाला हौ भने ।
2ईमानवालाहरू ती नै हुन् जसका हृदय काम्छन्, जुनबेला अल्लाहको वर्णन हुन्छ । र जब उनका अगाडि अल्लाहका आयतहरू पढेर सुनाइन्छन् त तिनीहरूको ईमानमा झन् बृद्धि भइहाल्छ, र तिनीहरू आफ्नो पालनकर्तामा भरोसा गर्दछन् ।
3यिनीहरू ती मानिस हुन् जो नमाजलाई कायम राख्दछन्, र हामीले उनीहरूलाई जे–जति दिएका छौं, त्यसबाट (राम्रो कामको लागि) खर्च गर्छन् ।
4सच्चा ईमानवाला यी मानिसहरू हुन्, यिनका निम्ति यिनका पालनकर्ताकहाँ गौरवपूर्ण स्थानहरू छन् र मुक्ति र सम्मानित जीविका छ ।
5(यो त्यस्तै) जस्तो तपाईको पालनकर्ताले तपाईको घरबाट हककोसाथ विदा गर्यो, किन्तु इमानवालाहरूमध्ये एक समूहलाई यो अप्रिय लाग्यो ।
6उनीहरूले सत्यको बिषयमा त्यो स्पष्ट भइसकेपछि तपाईसँग यसरी झगडा गरिराखेका थिए कि तिनीहरूले आँखाले देखिएको मृत्युतिर धकेलिंदै छन् ।
7र तिमीहरू त्यस समयलाई यादगर जब अल्लाह तिमीसित वाचा गरिराखेको थियो कि दुई समुहहरूमध्ये एउटा तिम्रो हाथमा आउनेछ र तिमी चाहन्थ्यौं कि निःशस्त्र समूह तिम्रो हातमा आओस् । र अल्लाह यो चाहन्थ्यो कि आफ्नो आदेशको सत्यता प्रमाणित गरोस् र ती इन्कार गर्नेहरूको जरा काटिदेओस् ।
8जसबाट सत्यलाई सत्य गरेर देखाओस् र असत्यलाई असत्य गरेर, चाहे अपराधिहरूलाई जति नै अप्रिय किन नलागोस् ।
9त्यो समय यादगर जब तिमीले आफ्नो पालनकर्तासित विन्ती गरिराखेका थियौ, अनि महान अल्लाहले तिम्रो पुकार सुनिहाल्यो । (उसले भन्यो) म तिमीलाई एक हजार फरिश्ताहरूबाट मद्दत गर्नेछु जो लगातार आउँदै गर्नेछन् ।
10र महान अल्लाहले यो सहायता मात्र यस कारणले गर्यो, कि यो एउटा शुभसन्देश होस् र यसबाट तिम्रा हृदयहरूलाई सन्तुष्टि होस्, सहायता अल्लाहबाट नै हुन्छ, जो अल्लाह अधिपत्यशाली तत्वदर्शी छ ।
11त्यस समयलाई स्मरण गर, जब उसले आफ्नो तर्फबाट शान्तिका लागि तिमीलाई निद्रा प्रदान गरिरहेको थियो, र तिमीमाथि आकाशबाट पानी बर्षाइराखेको थियो, ताकि त्यस पानीबाट तिमीलाई पवित्र गरोस् र शैतानी अपवित्रतालाई तिमीबाट टाढा राखोस्, र तिम्रा हृदयहरूलाई मजबूत बनाओस् र तिम्रा पाइलाहरूलाई सुदृढ गरोस् ।
12त्यो समयलाई यादगर जबकि तपाईको पालनकर्ताले फरिश्ताहरूलाई भनिराखेको थियो ‘‘कि म तिम्रो साथमा छु । अतः तिमीले ईमानवालाहरूलाई हिम्मत बढाउँदै गर । म इन्कार गर्नेवालाहरूको हृदयमा भय उत्पन्न गराइदिन्छु । तसर्थ तिमी गर्दनमा प्रहार गर र उनका औंलाहरूको टुप्पोमा चोट पुर्याऊ ।
13यो यस कुराको सजाय हो कि उनीहरूले अल्लाह र उसको रसूलको विरोध गरे, र जसले अल्लाहको र उसको रसूलको विरोध गर्दछ, त्यसलाई अल्लाहले निःसन्देह कठोर सजाय दिनेवाला छ ।
14तसर्थ यो सजाय चाख, र जानिराख कि काफिरहरूको निम्ति नर्कको यातना निर्धारित नै छ ।
15ईमानवालाहरू हो ! जब काफिरहरूसित तिम्रो मुकाबिला हुन्छ त तिमी पिठ्युँ नफर्काऊ ।
16र जुन ब्यक्तिले तिनीहरूबाट यस अवसरमा पिठ्यु फर्काउनेछ,– तर यदि उसले युद्धचालको रूपमा वा अर्को टुकडीसँग शरण लिन आउँछ– त्यो अर्कै कुरा हो । बाँकी अरु जसले यस्तो गर्नेछ, त्यो अल्लाहको क्रोधमा पर्नेछ । र त्यसको बासस्थान नर्क हुनेछ र त्यो साह्रै नराम्रो ठाउँ हो ।
17तिमीले तिनीहरूलाई मारेनौ, तर अल्लाहले नै तिनीहरूलाई मार्यो र तपाईले माटोको डल्लो फ्याँक्नु भएन बरु त्यो महान अल्लाहले फ्याँक्यो, र यस कारण कि मुसलमानहरूलाई आफ्नो तर्फबाट उनीहरूको परिश्रमको राम्रो प्रतिफल देओस् । निःसन्देह अल्लाह धेरै सुन्नेवाला, धेरै जान्नेवाला छ ।
18यो भयो र (दोस्रो कुरा यो छ कि) महान अल्लाहले काफिरहरूको योजनालाई कमजोर गर्नु थियो ।
19यदि तिमीहरू फैसला चाहन्छौ भने त्यो फैसला तिम्रो सामु मौजूदछ, र यदि यसबाट पन्छिनछौ भने यो साह्रै राम्रो छ, र यदि तिमीले फेरि त्यही काम गर्नेछौ भने हामीले पनि फेरि त्यही काम गर्नेछौं, र तिम्रो जत्था तिम्रो कुनै काम लाग्नेछैन, चाहे जति नै अधिक किन नहोस्, र सत्य कुरो यो छ कि अल्लाह ईमानवालाहरूको साथमा छ ।
20हे ईमानवालाहरू ! अल्लाहको र उसको रसूलको आदेश मान र त्यसबाट विमुख नहोऊ जबकि तिमी सुनी जानी राखेका छौ ।
21र तिमी उनीहरू जस्तो नहुनु जसले दावी गर्दछन् कि हामीले सुनें जबकि उनीहरू सुन्दैनन् ।
22अल्लाहको दृष्टिमा त निकृष्ट प्राणी ती हुन जो बहिरा लाटा हुन्, जसले केहि पनि बुझ्दैनन् ।
23यदि अल्लाहले उनीहरूमा कुनै गुण देखेको भए अवश्य नै उनीहरूलाई सुन्ने सौभाग्य प्रदान गथ्र्यो र यदि उसले उनीहरूलाई अहिले सुनाउँछ भने उनीहरू तर्केर विमुख भइहाल्थे ।
24हे ईमानवालाहरू ! तिमी अल्लाह र रसूलको आदेश मान, जबकि रसूलले तिमीलाई त्यस कुरातिर बोलाउन्छन्, जसले तिमीलाई जीवन प्रदान गर्नेछ र जानिराख कि अल्लाह मानिस र उसको हृदयको बीचमा आड बन्ने गर्दछ । र निःसन्देह तिमी सबै अल्लाहकै पासमा एकत्रित हुनेछौ ।
25त्यस फसादबाट बच, जसले कि आफ्नो चपेटामा विशेषरूपले अत्याचारीहरूलाई मात्र लिने छैन, जानिराख कि अल्लाह कठोर दण्ड दिनेवाला छ ।
26र त्यस अवस्थाको स्मरण गर जब तिमी थोरै थियौ, धर्तीमा निर्बल थियौ, भयभीत अवस्थामा रहन्थ्यौ कि अरुले तिमीहरूलाई कहीं नष्ट नगरिहालुन् अनि अल्लाहले तिमीलाई शरण दियो र आफ्नो सहायताले तिमीलाई शक्ति प्रदान गर्यो र राम्रा राम्रा कुराहरू दियो जसबाट तिमीले उसको आभार प्रकट गर ।
27हे ईमानवालाहरू ! जानीबुझी तिमी अल्लाह र उसको रसूलको हकको साथमा विश्वासघात नगर्नु र आफूले संरक्षण गरेको कुराहरूमा विश्वासघात नगर ।
28र तिमी यस कुरोलाई राम्ररी जानीराख कि तिम्रा धनसम्पत्ति र तिम्रा सन्तानहरू एउटा परीक्षा सामग्री हुन् र यो कुरो पनि जानिराख कि अल्लाहसंग ठुलो प्रतिफल छ ।
29हे ईमानवालाहरू ! यदि तिमी अल्लाहसित डर मान्ने गर्छौ भने उसले तिमीलाई एउटा निर्णायक कुरा प्रदान गर्नेछ । र तिम्रा पापहरू समाप्त गर्नेछ र तिमीलाई क्षमा गर्नेछ । अल्लाह बडो अनुग्रहवाला छ ।
30र त्यस कुराको पनि चर्चा गर्नुस् जबकि काफिरहरूले तपाई विरुद्ध षडयन्त्र गरिराखेका थिए, ताकि तपाईलाई बन्दी बनाइहालुन्, वा तपाईलाई मारिदिउन् वा तपाईलाई वतनबाट निकाली निर्वासित गराइदिउन् र उनीहरू आफ्ना षडयन्त्र गरिराखेका थिए र अल्लाह आफ्नो योजना कार्यान्वयन गरिराखेको थियो र अल्लाह सबभन्दा बलियो योजनाकार छ ।
31र जब उनीहरू सामु हाम्रा आयतहरू पढिन्छन् तब उनीहरू भन्छन्ः कि हामीले सुनिहाल्यौं । यदि हामीले चाह्यौं भने यस्ता कुरा हामीले पनि भन्न सक्छौं, यी त पहिलाका मानिसहरूको तर्फबाट चल्दै आएका अप्रमाणिक कुराहरू हुन् ।
32र जब उनीहरूले भने कि हे अल्लाह ! यदि तपाईंको तर्फबाट आएको यो कुरआन सत्य छ भने हामीमाथि आकाशबाट ढुङ्गा बर्साइदेऊ, वा हामीमाथि कुनै कष्टदायक यातना पारिदेऊ ।
33र अल्लाह यस्तो गर्नेछैन कि तपाई उनीहरूको माझमा उपस्थित हुँदा उनीहरूलाई यातना देओस्, र उनीहरूले क्षमायाचना गरिराखेको अवस्थामा अल्लाहले उनीहरूलाई यातनामा ग्रस्त गर्नेछैन ।
34र उनीहरूमा के कुरा छ कि उनीहरूलाई अल्लाहले यातना नदेओस, जबकि उनीहरूले ‘‘मस्जिदे हराम’’ (कअ्बा) बाट रोक्दछन् जबकि उनीहरू त्यस मस्जिदका व्यवस्थापक होइनन्? यसको व्यवस्थापक त मात्र मुत्तकीहरू (संयमीहरू) हुन् । तर उनीमध्ये धेरैले बुझ्दैनन् ।
35र उनीहरूको नमाज यस घर (कअ्बा) को पासमा सिटी बजाउने र ताली पिट्ने बाहेक अरु केही थिएन । तसर्थ त्यस इन्कारको कारण यस यातनाको स्वाद चाख ।
36निश्चय नै इन्कार गर्नेहरूले आफ्नो माल अल्लाहको मार्गबाट विचलित गराउनका लागि खर्च गर्दछन् । उनीहरू त त्यसलाई खर्च गरि नै रहनेछन्, अनि यही उनको निम्ति पश्चाताप बन्ने छ । अनि उनीहरू पराजित हुनेछन् र इन्कार गर्नेहरू नर्कतिर एकत्रित गरिनेछन् ।
37ताकि अल्लाहले पवित्रलाई अपवित्रबाट अलग गरोस् र अपवित्रलाई एक–अर्कासंग मिलाइदेओस्, जसबाट ती सबैलाई एकै ठाउँमा जम्मा गरी नर्कमा हालिदेओस् । यिनिहरू नै पुरै घाटामा छन् ।
38तपाईले यी काफिÞरहरूसित भनिदिनुस् कि यदि उनीहरूले (आफ्ना क्रियाकलाप) त्यागीदिन्छन् भने उनीहरूका पहिलाका पापहरू क्षमा गरिदिइनेछ, र यदि उनीहरू फेरि त्यही गर्नेछन् भने पूर्ववर्ती काफिरहरूको सम्बन्धमा कानून लागू भइसकेको छ ।
39उनीहरूसित यस हदसम्म युद्ध गर, कि तिनीहरूमा फितना(लडाईको कारण) बाँकी नरहोस् र धर्म अल्लाहकै भइहालोस् । अनि यदि उनीहरू आफ्ना (क्रियाकलाप) त्याग गर्छन् भने अल्लाहले उनीहरूको कर्म राम्ररी देखिराखेको छ ।
40र यदि इन्कार गर्दछन् भने विश्वास राख कि अल्लाह तिम्रो संरक्षक हो । ऊ धेरै राम्रो संरक्षक हो र धेरै राम्रो सहायक हो ।
41जानिराख कि गनीमतको रूपमा जे–जति माल तिमीले प्राप्त गर्दछौ, त्यसको पाँचौ भाग अल्लाहको र रसूलको र नातेदारहरूको र अनाथहरू र निमुखाहरूको र यात्रीहरूको हो, यदि तिमी अल्लाहमाथि र त्यस कुरोमाथि आस्था राख्दछौ, जुन हामीले आफ्नो भक्तमाथि त्यस दिन उतार्यौं, जुन दिन सत्य र असत्यबीच सम्बन्ध–विच्छेदको थियो, जुन दिन दुवै सेनाहरूबीच भिडन्त भयो, र अल्लाहलाई प्रत्येक कुरोमाथि सामथ्र्य प्राप्त छ ।
42जबकि तिमी नजिकको किनारमा थियौ, र उनीहरू टाढाको किनारमा थिए र काफिला (मानिसहरूको समूह) तिमीभन्दा तल थियो । यदि तिमी आपसमा समय निश्चित गरेको भए, तिमी निश्चित समयमा पुग्दैनथ्यौ । तर अल्लाहले त एक काम गर्नु नै थियो जो निश्चित भइसकेको थियो, ताकि जसलाई नष्ट हुनुछ त्यो स्पष्ट प्रमाण देखेर नै विनष्ट होस् र जसलाई जीवित रहनुछ त्यो स्पष्ट प्रमाण देखेर जीवित रहोस् । निःसन्देह अल्लाह राम्ररी जान्दछ र राम्ररी सुन्दछ ।
43जबकि महान अल्लाहले तिमीलाई तिम्रो स्वप्नमा उनीहरूको संख्या कम देखायो, यदि उसले उनीहरूको संखया धेरै देखाएको भए, तिमी कायर हुन सक्थ्यौ, र त्यस कामको बारेमा आपसमा विवाद गर्न सक्थयौ तर अल्लाहले बचाइहाल्यो, निःसन्देह ऊ हृदयका भेदहरूको पूर्ण ज्ञाता छ ।
44त्यस बखत जब तिम्रो परस्पर भिडन्त भयो उसले तिम्रो दृष्टिमा उनीहरूलाई धेरै कम र तिमीलाई उनीहरूको दृष्टिमा कम गरी देखाइराखेको थियो, ताकि अल्लाहले त्यस कामलाई सम्पन्न गरोस् जुन हुनु निश्चित थियो, र सम्पूर्ण काम अल्लाहतिर नै फर्कन्छन् ।
45हे इमानवालाहरू ! जब तिम्रो कुनै विरोधी समूहसँग भिडन्त हुन्छ त दृढ रह, र अल्लाहलाई धेरै–धेरै स्मरण गर ताकि तिमीलाई सफलता प्राप्त होस् ।
46र अल्लाह र उसको रसूलको आज्ञा मानिराख, आपसमा विवाद नगर, अन्यथा कायर बन्नेछौ, र बल कम हुँदै जानेछ, र धैर्य र संयमबाट काम लिनु । निश्चय नै अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।
47र उनीहरू जस्तो नबन जो अट्टेरीपना गर्दै अरु मानिसहरूलाई देखाउनका लागि आफ्ना घरबाट निस्केका थिए, र अल्लाहको मार्गबाट रोक्दथे, र जुन क्रियाकलाप उनीहरूले गरिराखेका छन्, त्यो सबै अल्लाहले आफ्नो घेरामा लिनेवाला छ ।
48र जब शैतानले उनीहरूको कर्म उनीहरूलाई आकर्षक रूपमा देखाइरहेको थियो र भनिरहेको थियो कि आज मानिसहरूमध्ये कोही पनि तिमीमाथि अधिपत्य जमाउन सक्दैन, र म स्वयं पनि तिम्रो समर्थक हूँ । किन्तु जब दुवै समूह आमुन्ने–सामुन्ने आए तब आफ्नो मुन्टो फर्काएर पछि हट्यो र भन्यो (शैतानले) म तिमीभन्दा भिन्न हूँ । मैले त्यो देखिराखेको छु जुन तिमीले देखिराखेका छैनौ । म अल्लाहसित डराउन्छु र अल्लाह कठोर यातना दिनेवाला छ ।
49जबकि कपटिहरूले भनिराखेका थिए र उनीहरू पनि जसका हृदयमा रोग थियो कि उनीहरूलाई त उनीहरूकै धर्मले धोकामा पारिदिएको छ । र जसले पनि अल्लाहमाथि भरोसा गर्छ, त निश्चय नै अल्लाह अत्यन्त शक्तिशाली र तत्वदर्शी छ ।
50र काश तिमीले देख्थ्यौ जब फरिश्ताहरूले काफिरहरूको प्राण निकाल्छन् । उनीहरूले तिनीहरूको मुख र पिठ्युँमा प्रहार गर्दछन् (र भन्दछन्ः) तिमी पोलिनुको यातना चाख ।
51यो ती क्रियाकलापहरूको कारण हो, जुन कि तिम्रा हातले अगाडि नै पठाइसकेका छन् । निःसन्देह अल्लाह आफ्ना भक्तहरूमाथि अत्याचार गर्नेवाला छैन ।
52यिनीहरूको त्यस्तै अवस्था भयो जस्तो कि फिरऔनका मानिसहरू र उनीहरूभन्दा पहिलाका मानिसहरूको भयो । उनीहरूले अल्लाहका आयातहरूलाई इन्कार गरे अनि अल्लाहले उनीहरूलाई उनीहरूका पापको कारण समातिहाल्यो । निःसन्देह अल्लाह शक्तिशाली र कठोर यातना दिनेवाला छ ।
53यो यसकारण भयो कि अल्लाह यस्तो छैन कि कुनै कौममाथि कुनै अनुग्रह गरेर, फेरि त्यसलाई बदलिदेओस् जबसम्मकि आफ्नो अवस्थालाई उनीहरूले नबदलुन्, जुन तिनीहरूको आफ्नो थियो र यो कि अल्लाह सबैकुरा सुन्नेवाला सर्वज्ञ छ ।
54(तिनीहरूको दशा) फिरऔनीहरू र उनीभन्दा पहिलेका मानिसहरूको जस्तो भयो । उनीहरूले आफ्नो पालनकर्ताका कुराहरूलाई भूmठ्लाए त हामीले उनीहरूलाई उनीहरूकै पापको बदलामा नष्ट गरिहाल्यौ र फिरऔनीहरूलाई डुबाइदियौं, यी सबै अत्याचारी थिए ।
55निश्चय नै सबभन्दा नराम्रा प्राणी अल्लाहको दृष्टिमा ती मानिसहरू हुन्, जसले इन्कार गर्दछन् । अनि उनीहरूहले ईमान ल्याउँदैनन् ।
56जसबाट तपाईले वचन लिनुभयो तैपनि उनीहरू हरेक पटक आफ्नो वचन भङ्ग गरिदिन्छन् र उनीहरू एकदमै संयम गर्दैनन् ।
57तसर्थः जहिलेपनि तिमी उनीमाथि युद्धमा नियन्त्रण पाउँछौ, तब उनीहरूमाथि यस्तो प्रहार गर कि उनीहरूको पछिका पनि भागिहालुन्, हुन सक्छ (यसबाट) उनीहरूले शिक्षा ग्रहण गरुन् ।
58र यदि तिमीलाई कुनै समुदायसित विश्वासघातको आशंका छ भने तिमी पनि उस्तै किसिमले त्यस्ता मानिसहरूको साथमा भएको सन्धिलाई भङ्ग गरिदेऊ । अल्लाहलाई विश्वासघात गर्नेहरू प्रिय छैनन् ।
59काफिरहरूले यो नठानुन् कि उनीहरू उम्के । उनीहरू नियन्त्रणभन्दा बाहिर जान सक्दैनन् ।
60तिमी आफ्नो शक्तिले भ्याएसम्म, उनीहरूको मुकाबिला निम्ति बल र घोडाहरू तयार राख, ताकि यसद्वारा तिमीहरूले अल्लाहका शत्रुहरू र आफ्ना शत्रुहरू र यिनीहरूका अतिरिक्त अन्य ती मानिसहरूलाई पनि भयभीत पार्न सक्दछौ जसलाई तिमी जान्दैनौ । अल्लाह उनीहरूलाई जान्दछ र अल्लाहको मार्गमा तिमीले जे–जति खर्च गर्नेछौ, त्यो तिमीलाई पूर्णरूपले प्रदान गरिनेछ र तिम्रो हक मारिने छैन ।
61यदि उनीहरू सम्झौताको इच्छा गर्दछन् भने तिमी पनि सम्झौताका लागि तयार भइहाल र अल्लाहमाथि भरोसा गर । निःसन्देह ऊ सबैकुरा सुन्नेवाला, जान्नेवाला छ ।
62यदि उनीहरू तिमीसित विश्वासघात गर्न चाहन्छन् भने अल्लाह तिमीलाई पर्याप्त छ, उसैले आफ्नो सहायताले र मोमिनहरूबाट तिम्रो समर्थन गरेको छ ।
63उनीहरूका हृदयलाई आपसी प्रेमले पनि उसैले जोडेको हो । यदि तिमीले धर्तीमा भएका सबै कुरा खर्च गरेको भएपनि उनका हृदयलाई परस्पर जोड्न सक्दैनथ्यौ तर अल्लाहले नै तिनलाई आपसमा जोडिदियो । निश्चय नै त्यो सर्वशक्तिशाली, तत्वदर्शी छ ।
64हे नबी ! तिम्रो लागि अल्लाह र तिम्रा ईमानवाला अनुयायीहरू नै पर्याप्त छन् ।
65हे नबी ! ईमानवालाहरूलाई जिहादको निम्ति प्रेरित गर । यदि तिमीमध्ये बीसजना पनि धैर्यवान् छन् भने दुईसय जनामाथि प्रभावी हुनेछन् र यदि तिमीमध्ये एक सय हुन्छन् भने उनीहरू एक हजार काफिरहरूमाथि प्रभावी हुनेछन्, किनभने उनीहरू बुद्धिहीन छन् ।
66अब अल्लाहले तिम्रो भार हल्का गर्दछ, उसलाई राम्ररी थाहा छ कि तिमीमा केही कमजोरी छ । तसर्थ यदि तिम्रा एक सयजना संयमी छन् भने उनीहरू दुईसयमाथि प्रभावी रहनेछन् र यदि तिमीमध्ये यस्ता एक हजार जना हुन्छन् भने अल्लाहको आदेशले उनीहरू दुईहजारमाथि प्रभावी रहनेछन् । र अल्लाह धैर्य गर्नेहरूको साथमा छ ।
67कुनै नबीको लागि यो उचित छैन कि उसको पासमा कैदी रहुन् जबसम्मकि धर्तीमा ठूलो रक्तपात हुँदैन । तिमी त संसारको धन चाहन्छौ, जबकि अल्लाहको इच्छा आखिÞरतको छ । र अल्लाह सर्वशक्तिशाली, तत्वदर्शी छ ।
68अल्लाहले लेखेको कुरो अघिदेखि नै उपस्थित नभएको भए जे–जति तिमीले लिएका छौ, त्यसबापत तिमीलाई कुनै ठूलो यातना हुने थियो ।
69तसर्थः जे–जति वैध (हलाल) र पवित्र गनीमत (मालसामान) प्राप्त गरेका छौ, राम्रोसँग खाऊ र पिऊ र अल्लाहसित डराइराख । निश्चय नै अल्लाह बडो क्षमाशील, अत्यन्त दयावान् छ ।
70हे नबी ! जुन कैदीहरू तिम्रो कब्जामा छन्, उनीहरूसित भनिदेऊः यदि अल्लाहले तिम्रो हृदयमा असल नीयत देख्नेछ भने, जे–जति तिमीबाट लिइएको छ, त्योभन्दा धेरै (उत्तम) कुरो तिमीलाई प्रदान गर्नेछ, अनि पाप पनि क्षमा गरिदिनेछ । र अल्लाह अत्यन्त क्षमाशील, दयावान् छँदैछ ।
71र यदि उनीहरूले तिमीसंग विश्वासघातको धारणा राख्दछन् भने यिनीहरू त यसभन्दा पहिले अल्लाहकै विश्वासघात गरिसकेकाछन्, अन्ततः तिनीहरूलाई (तिम्रो अधीनमा) पक्राउ गराइदिएको छ । अल्लाह सबै कुरा जान्नेवाला, बडो तत्वदर्शी छ ।
72जुन मानिसहरूले ईमान ल्याए र हिजरत(प्रवास) गरे र अल्लाहको मार्गमा आफ्ना जिउ–ज्यान र धन सम्पत्ति लगाएर धर्मयुद्ध गरे र जसले उनीहरूलाई शरण दिए, र सहायता गरे यी सबै परस्परमा एकअर्काका मित्र हुन्, र जसले ईमान त ल्याएछन् तर हिजरत गरेनन्, उनीहरूको तिमीसित मित्रताको कुनै सम्बन्ध छैन, जबसम्म उनीहरू हिजरत गर्दैनन् । किन्तु यदि उनीहरूले धर्मको कुरामा तिमीसित सहायता माँग्छन् भने तिमीलाई अनिवार्य हुन जान्छ कि सहायता गर, मात्र यसबाहेक कि यो सहायता कुनै यस्तो कौमको मुकाबिलामा छ जोसित तिम्रो कुनै सन्धि छ । र तिमी जे–जति गर्छौ, त्यसलाई अल्लाह राम्ररी देख्दछ ।
73र काफिरहरू आपसमा एक–अर्काका मित्र हुन् । यदि तिमीले यस्तो गर्दैनौ भने मुलुकमा उपद्रव र ठूलो फसाद फैलिने छ ।
74र जुन मानिसहरूले ईमान ल्याए र हिजरत गरे र अल्लाहको मार्गमा जेहाद (धर्मयुद्ध) गरे, र जसले शरण दिए र मद्दत पुर्याए, यिनै सच्चा मोमिन् हुन् । उनीहरूका लागि क्षमा र सम्मानित आजीविका छ ।
75र जुन मानिसहरूले, यसपछि ईमान ल्याए र हिजरत गरे र तिम्रो साथमा जिहाद गरे, त यिनीहरू पनि तिमीमध्येका हुन् । परन्तु अल्लाहको हुक्ममा हर नातेदार आपसमा एक अर्काभन्दा नजिक छन् । निश्चय नै अल्लाहलाई हरेक कुराको ज्ञान छ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath