इस्लाम
पछाडि

89. अल-फजर

1फज्र (उषाकाल) को कसम ।

2र दश रातहरूको कसम ।

3र जोड र बिजोड (सम–विसम) को कसम ।

4र रातको कसम, जब यो जान थाल्छ ।

5के यी कुराहरूको कसम बुद्धिमानीहरूको लागि पर्याप्त छन्

6के तपाईले देख्नु भएन कि तपाईको पालनकर्ताले आदहरूसँग के गर्यो

7स्तम्भजस्ता ‘‘इरम’’ लामो कदवालाको साथ ।

8यी सम्पूर्ण सृष्टिमा यिनीहरूको सदृश कुनै समुदाय पैदा गरिएको थिएन् ।

9र समूदहरूसँग (के गर्यो) जो बेसीमा ठूल ठूला ढुङ्गा काट्दथे ।

10र फिरऔनसँग जसले मेखहरू राख्दथ्यो

11यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।

12र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।

13अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।

14निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।

15तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।

16र जब उसले उसको परीक्षा यसप्रकार गर्दछ कि उसको जीविका संकुचित गरिदिन्छ । तब उसले भन्दछ कि मेरो रबले मलाई अपमानित गर्यो ।

17यस्तो कदापि होइन, बरु तिमीहरूले नै अनाथको सम्मान गर्दैनौ ।

18र न गरिबलाई खुवाउनको लागि एक–अर्कालाई प्रोत्साहन गर्दछौ ।

19र मृतकको सारा माल समेटी खाइदिन्छौ ।

20र धनसित अत्यन्त प्रेम गर्दछौ ।

21तसर्थ धरतीलाई जब फुटालेर चुर्ण चुर्ण गरी एक समान गरिनेछ ।

22र तेरो पालनकर्ता स्वयं आउने छ र फरिश्ताहरू एक–एक गरी पंक्तिबद्ध भई आउनेछन् ।

23र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।

24उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।

25अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।

26र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।

27र हे सन्तुष्ट आत्मा ।

28आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।

29अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।

30र प्रवेश गर मेरो स्वर्गमा ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath