इस्लाम
पछाडि

88. अल-घाशिया

1के तिमीलाई पनि त्यस घेरीहाल्ने कियामतको समाचार पुगेको छ

2त्यस दिन धेरै अनुहारहरू अपमानित हुनेछन् ।

3कठिन परिश्रममा परेका, थाकिएका हुनेछन् ।

4उनी धपधपी बलेको आगोमा प्रवेश गर्नेछन् ।

5उनीहरूलाई उम्लिराखेको स्रोतको तातो पानी पिलाइनेछ ।

6उनीहरूको लागि काँडावाला रुख बाहेक अरु केही खानेकुरा हुनेछैन ।

7जसले न मोटो गर्नेछ न भोक मेटाउनेछ ।

8त्यसदिन कैयन् अनुहारहरू प्रफुल्लित र संतुष्ट हुनेछन् ।

9आफ्नो प्रयासमा प्रसन्न ।

10उच्च र शानदार स्वर्गमा हुनेछन् ।

11जसमा कुनै व्यर्थकुरा सुन्ने छैनन् ।

12त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।

13र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।

14(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।

15र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।

16र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।

17के उनीहरूले ऊँटतिर देख्दैनन् कि तिनीहरू कुन तरिकाले पैदा गरिएका छन् ।

18र आकाशतिर के कस्तो उच्च गरिएकोछ

19र पहाडतिर के कुन प्रकारले खडा गरिएकोछ

20र धरतीतिर कि कसरी बिछाइएको छ

21तसर्थ तपाईले उपदेश गर्ने गर्नुस् किनकि तपाई मात्र उपदेश गर्नेवाला हौ ।

22तपाई उनीहरूमाथि संरक्षक होइनौ ।

23हो, जो विमुख हुन्छ र कुफ्र गर्छ ।

24त अल्लाहले त्यसलाई ठूलो सजाय दिने छ

25निःसन्देह उनीहरूलाई हाम्रो पासमा फर्केर आउनुपर्नेछ ।

26अनि हामीले नै उनको हिसाब लिनेछौं ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath