इस्लाम
पछाडि

86. अत-तारिक

1कसम छ आकाश र रातिमा प्रकाशित हुनेवालाको ।

2र तिमीलाई के थाहा कि रातिमा प्रकट हुनेवाला के हो

3त्यो तारा हो, चम्किलो ।

4कुनै व्यक्ति यस्तो छैन जसमाथि एउटा फरिश्ता निरीक्षक नियुक्त नहोस् ।

5मनुष्यलाई आवश्यक छ कि देखोस् कि ऊ कुन कुरोबाट सृष्टि गरिएको छ ।

6त्यो एउटा उचालिएको पानीबाट जन्मेको छ ।

7जो पिठ्युँ र छातीको बीचबाट निस्कन्छ ।

8निश्चय नै ऊ उसलाई फर्काइदिने (अर्थात् पुनः जीवित पारिदिने) कुरोमा सामथ्र्यवान छ ।

9जुन दिन (मनमा) लुकाइएका कुराहरू जाँचिनेछन् ।

10त त्यसबेला मानिसको साथमा न त त्यसको शक्ति हुनेछ र न कोही सहायक ।

11आकाशको कसम जसले वृष्टि गर्दछ ।

12र धरतीको कसम जुन च्यातिनेवाला छ ।

13कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।

14त्यो कुनै ठट्टा होइन ।

15उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।

16र मैले पनि एउटा चालचली राखेको छु ।

17अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath