इस्लाम
पछाडि

85. अल-बुरुज

1आकाशको कसम, जसमा तारामण्डल छ ।

2र त्यस दिनको कसम जसको वाचा छ ।

3उपस्थित हुनेवाला र उपस्थित गराइएकाहरूको कसम ।

4कि खाल्टो (खन्नेहरू) नष्ट गरिए ।

5त्यो एउटा आगो थियो (खाल्टोहरू) जसमा इन्धन (हालिएको थियो) ।

6जबकि उनीहरू त्यसका वरिपरि बसेका थिए ।

7र मुस्लिमहरूसँग जे गर्नेगरेका थिए त्यो आफ्नो सामु देखिरहेका थिए ।

8यिनीहरूले ती मोमिनहरूसँग (कुनै अन्य अपराधको) बदला लिइरहेका थिएनन्, मात्र यसको लागि कि उनीहरू अल्लाहमाथि ईमान राख्दथे जो अत्यन्त अधिपत्यशाली र प्रशंसनीय छ ।

9जसको निम्ति आकाशहरू र पृथ्वीहरूको सत्ता छ र अल्लाहको सामु हरेक वस्तु छ ।

10निःसंदेह ज–जसले ईमानवाला पुरुष र ईमानवाली स्त्रीहरूलाई दुःख दिए, अनि प्रायश्चित गरेनन्, त उनीहरूको निम्ति नर्कको यातना हुनेछ र पोलिने यातना छ ।

11निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।

12निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।

13उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।

14र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।

15सिंहासनको स्वामी, बडो गौरवशाली छ ।

16जे चाहान्छ गरिहाल्छ ।

17के तिमीलाई ती सेनाहरूको पनि समाचार पुगेको छ ।

18(अर्थात्) फिरऔन र समूदको ।

19केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।

20र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।

21बरु यो कुरआन धेरै गौरवशाली छ ।

22लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath