84. अल-इन्शिकाक
1जब आकाश छिया–छिया परिहाल्नेछ ।
2र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
3र जब धरतीलाई समतल पारिदिइनेछ ।
4र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
5र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
6हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
7अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
8त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
9र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
10र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
11त त्यसले मृत्युलाई पुकार्ने छ ।
12र प्रज्वलित नर्कमा (दोजखमा) प्रवेश गर्नेछ ।
13त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
14र ठानी राख्थ्यो कि अल्लाहतिर फर्केर जानेछैन ।
15हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
16मलाई कसम छ डुब्ने बेलाको प्रकाशको ।
17र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
18र चन्द्रको, जबकि त्यो पूर्ण भइहाल्छ ।
19कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
20त उनीहरूलाई के भएको छ कि ईमान ल्याउँदैनन् ।
21र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
22बरु काफिरहरूले झुठ्लाउँछन् ।
23यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
24तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
25हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath