83. अल-मुताफिफिन
1नाप र तौलमा कमी गर्नेहरूलाई ठूलो खराबी छ ।
2जब मानिसहरूसित नापेर लिन्छन्, त पूरा–पूरा लिन्छन् ।
3किन्तु जब उनीहरूलाई नापेर वा तौलेर दिन्छन् त घटाएर दिन्छन् ।
4के यिनीहरूलाई थाहा छैन कि उनीहरू मरेपछि पक्कै जीवित पारी उठाइनेछन् ।
5(अर्थात्) एउटा ठूलो दिनमा ।
6जुन दिन सबै मानिसहरू पालनकर्ताको सामुन्ने उभिनेछन्
7निःसन्देह दुराचारीहरूको किताब (कर्मपत्रहरू) ‘‘सिज्जीनमा’’ छ ।
8र तिमीलाई के थाहा कि सिज्जीन के हो
9यो त लेखिएको पंज्जिका हो ।
10त्यस दिन झूठा ठहराउनेहरूलाई ठूलो खराबी (धिक्कार) छ ।
11जसले निसाफको दिनलाई असत्य भन्दथे ।
12र त्यसलाई झूठो उनीहरूले मात्र ठहराउँछन्, जो सीमाअतिक्रमण गर्नेवाला अपराधी छन् ।
13जब उसलाई हाम्रा आयतहरू सुनाइन्छ त भन्दछ कि यो त पहिलाका मानिसहरूका कथाहरू हुन् ।
14यो होइन, अपितु जसले नराम्रो कर्महरू गर्दछन्, त्यसकारण उनका हृदयहरूमा खिया लागिसकेको हुन्छ ।
15निःसन्देह यिनीहरू त्यस दिन आफ्नो पालनकर्ताको दर्शनबाट वंचित हुन्छन् ।
16फेरि निःसन्देह यिनीहरू नर्कमा प्रवेश गर्नेछन् ।
17त्यसपछि (उनीसित) भनिनेछ कि यो त्यही कुरा हो, जसलाई तिमीहरूले असत्य ठहराउन्थ्यौ ।
18निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
19र तिमीलाई के थाहा कि इल्लीयीन के हो
20त्यो त लेखिएको किताब हो ।
21सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
22निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
23पलंगहरूमाथि हेरिराखेका मसहरीहरूबाट हेर्नेछन् ।
24उनीहरूको अनुहारबाटै तिमीलाई ती अनुग्रहहरूको ताजगी र आभाको बोध भइरहनेछ ।
25उनीहरूलाई शीलबन्दी विशुद्ध पेय पिलाइनेछ ।
26जसको शील कस्तुरी को हुनेछ । तसर्थ अनुकम्पा चाहनेले उसैलाई प्राप्त गर्नुमा प्रतिस्पर्धा गर्नुपर्छ ।
27र यसमा तसनीम (स्वर्गको एउटा छहरा) को पनि मिलावट हुनेछ ।
28त्यो एउटा झरना हो जसको पानी खास खास मानिसहरूले पिउनेछन् ।
29काफिरहरूले संसारमा मोमिनहरूको हाँसो गर्ने गर्दथे ।
30र उनको पासबाट आवत जावतगर्दा त आँखाबाट संकेत गर्दथे ।
31र जब आफ्नो घरतिर फर्कन्थे त ठट्टा गर्ने गर्दथे ।
32र जब ती (मोमिनहरूलाई) देख्दथे त भन्दथे कि यिनीहरू पक्कै मार्गविचलित छन्
33जबकि उनीहरूलाई यिनीहरूमाथि निरीक्षक बनाएर पठाइएको थिएन ।
34तसर्थ आज मोमिनहरूले ती काफिरहरूमाथि हाँसो गर्नेछन् ।
35मसनदहरूमाथि (बसी उनीहरूको अवस्था) देखिराखेका हुनेछन् ।
36अतः काफिरहरूलाई उनीहरूका कर्महरूको (पूरा–पूरा) प्रतिफल प्राप्त भइहाल्यो ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath