82. अल-इन्फितार
1जब आकाश क्षतविक्षत भइहाल्नेछ
2र जब ताराहरू झरिहाल्नेछन् ।
3र जब समुन्द्र बगेर जानेछन् ।
4र जब चिहानहरू उत्खनित हुनेछन् ।
5तब हर व्यक्तिले थाहा पाउनेछ कि उसले अगाडि के पठाएको थियो र पछाडि के छोडेको थियो
6हे मानव ! कुन कुराले तिमीलाई आफ्नो उदार पालनकर्ताको विषयमा भ्रममा पारेको छ
7(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
8र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
9केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
10जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
11प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
12तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
13निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
14र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
15(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
16र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
17र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ
18म फेरि भन्छु तिमीलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ ।
19जुन दिन कुनै व्यक्ति कसैको निम्ति कुनै कुराको अधिकारी हुनेछैन, र सबै आदेश त्यस दिन अल्लाहकै हुनेछन् ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath