81. At-Takwir
1जब सूर्यलाई बेरिहालिनेछ
2र ताराहरूले आफ्नो चमक गुमाउनेछन् ।
3र जब पहाडहरू चलाइनेछन् ।
4र जब १० महिने गर्भवती ऊँटनीहरू भगाई हालिनेछिन् ।
5र जब जंगली जनावरहरू एकत्रित गरिनेछन ।
6र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
7जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
8र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
9कि कुन पापको कारण उसलाई मारिएको थियो ।
10र जब कर्मपत्र खोलिनेछन् ।
11र जब आकाशको छाला उघारिनेछ ।
12र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
13र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
14तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
15म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
16र जो घुम्ने र हराइहाल्ने छन् ।
17र रातको कसम, जब समाप्त हुनथाल्छ ।
18र प्रातःको कसम जब उदय हुनथाल्छ ।
19निश्चय नै यो एक आदरणीय सन्देशवाहकले ल्याएको वाणी हो ।
20जो शक्तिवाला छ, सिंहासनको मालिककहाँ जसको उच्च दर्जा छ ।
21जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
22र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
23उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
24उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
25र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
26फेरि तिमी कता गइरहेका छौ
27यो त सम्पूर्ण संसारको लागि मार्गदर्शन हो ।
28खासगरी उसको लागि जो तिमीहरूमध्ये सोझो बाटोमा हिंड्न चाहोस् ।
29र तिमीले विश्वको पालनकर्ताले नचाहिकन केही पनि चाहन सक्दैनौ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath