इस्लाम
पछाडि

80. आबासा

1उसले रूखापनागरेर मुख फर्कायो ।

2किनकि उसको पासमा एउटा अन्धो आयो ।

3तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।

4अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।

5तर जो लापरवाही गर्दछ ।

6उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।

7हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।

8र जो तिम्रो पासमा दगुर्दै आयो ।

9र ऊ (अल्लाहसित) डर्छ पनि ।

10उसलाई तिमीले बेवास्ता गर्दछौ ।

11हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।

12तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।

13यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।

14जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।

15यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।

16जो प्रतिष्ठित र पवित्र छन् ।

17अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।

18अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो

19वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।

20र उसको निम्ति मार्ग सरल बनाइदियो ।

21अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।

22फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ

23केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।

24अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।

25हामीले नै धेरै पानी वर्षायौं ।

26फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।

27त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।

28र अंगूर र तरकारी ।

29र जैतून र खजूरहरू ।

30र बाक्ला घना बगैंचाहरू ।

31र फल र चाराहरू ।

32(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।

33तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।

34त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।

35र आफ्नो आमा र बाबुबाट ।

36र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।

37यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।

38कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।

39हाँस्दै खुशी र आनन्दित हुनेछन् ।

40र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।

41जसमाथि कालोपना छाएको हुनेछ

42यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath