79. अन-नाजीआत
1डुबेर शक्तिले तान्नेहरूको कसम ।
2गाँठोलाई खोलेर छुटाइदिनेवालाहरूको कसम ।
3र तैर्ने फिर्ने वालाहरूको सौगन्ध ।
4फेरि दगुरेर अगाडि हिड्ने वालाहरूको सौगन्ध ।
5फेरि काम सम्पन्न गर्न उपाय गर्नेवालाहरूको सौगन्ध ।
6जुन दिन काम्नेवाली कम्ने छिन ।
7त्यसको पछि–पछि पछाडि आउनेवाली आउनेछिन् ।
8धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
9जसको दृष्टि तल हुनेछन् ।
10भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
11के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
12भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
13थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
14कि जसको प्रकट हुनासाथै तिनीहरू एकदमै मैदानमा एकत्रित हुनेछन् ।
15के ‘‘मूसा(अलैहिस्सलाम)को’’ सूचना तिमीलाई प्राप्त भएको छ
16जबकि उनीलाई उनको पालनकर्ताले पवित्र मैदान ‘‘तोआ’’ मा बोलायो ।
17कि तिमी फिरऔनको समक्ष जाऊ, त्यसले आत्याचार गरिराखेकोछ ।
18उसलाई भनकि के तिमी सुर्धन चाहन्छौ
19र यो कि म तेरो पालनकर्ताको बाटो देखाऊँ कि तिमी डरनेगर ।
20त्यसपछि उनले उसलाई ठूलो निशानी देखाए ।
21तर उसले झूठो भन्यो र अवज्ञा गर्यो ।
22अनि दगुर्दै फर्किहाल्यो ।
23फेरि सबलाई एकत्रित गर्यो र पुकार्यो ।
24अनि भन्यो तिमी सबैको पालनकर्ता म नै हूँ ।
25तब(सबभन्दा उच्च) अल्लाहले पनि परलोक र दुनियाँको सजायमा उसलाई समातिहाल्यो ।
26जो अल्लाहसित डर मान्छ, उसको निम्ति यसमा पाठ छ ।
27तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
28त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
29र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
30र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
31यसबाट पानी र चारा उमार्यो ।
32र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
33यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
34अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
35जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
36र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
37त जसले अटेरी गर्यो ।
38र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
39त उसको ठेगाना नर्क हुनेछ ।
40र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
41त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
42मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
43त्यसको वर्णनसँग तपाईको के सम्बन्ध
44त्यो घटित हुने समयको जानकारी त तपाईको पालनकर्तालाई नै छ ।
45जो व्यक्ति उसित डर मान्छ तपाई त उसैलाई सावधान गर्नेवालासम्म हौ ।
46जब उनीहरूले उसलाई देख्नेछन्, तब यस्तो ठान्नेछन् कि मानौं संसारमा एक साँझ वा एक बिहानसम्म मात्र बसेका थिए ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath