78. अन-नाबा
1(यी) मानिसहरूले कुन कुराको बारेमा सोधपूछ गरिराखेका छन्
2(के) त्यस ठूलो समाचारको बारेमा
3जसमा यिनीहरूले मतभेद गरिराखेका छन्
4हेर, यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
5अनि यकिनको साथ यिनीहरूले शीघ्र नै थाहा पाउनेछन् ।
6के हामीले धरतीलाई ओछ्यान बनाएनौं
7र पहाडहरूलाई मेख खम्बा
8र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
9र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
10र रातलाई पर्दा बनायौं ।
11र दिनलाई जीविकोपार्जनको समय बनायौं ।
12र तिमीमाथि हामीले सातवटा सुदृढ आकाश निर्मित गर्यौं
13र एक चम्किलो प्रकाशमान सूर्य बनायौं ।
14र बादलहरूबाट हामीले पानीको बृष्टि गरायौं ।
15ताकि त्यसबाट अन्न र सब्जी उत्पन्न गरौं
16र बाक्ला घना बगैंचाहरू
17निःसन्देह फैसलाको दिन निश्चित छ
18जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
19र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
20र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
21निःसंदेह जहन्नम घातमा छ ।
22अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
23त्यसमा तिनीहरू वर्षौंवर्षसम्म रहनेछन् ।
24उनीहरू न त्यसमा शीतलताको स्वाद चाख्नेछन् र न कुनै पेयको ।
25उम्लिराखेको पानी र बगिराखेको पीप मात्र हुनेछ ।
26उनीहरूले पूरा–पूर प्रतिफल पाउनेछन् ।
27उनीहरूलाई त हिसाबको आशा नै थिएन ।
28र निडर भएर उनीहरूले हाम्रा आयतहरूको उपहास गर्दथे ।
29हामीले प्रत्येक कुरालाई लेखेर गन्तीमा राखेका छौं ।
30तसर्थ (अब) तिमीले आफ्नो कर्मको स्वाद चाख । हामीले तिमीमाथि यातनाको वृद्धि गर्दै जानेछौं ।
31निःसन्देह संयमीहरूको निम्ति ठूलो सफलता छ ।
32बगैचाहरू छन्, र अँगूरहरू छन् ।
33नौयवना कुमारी युवतीहरू छिन् ।
34र शराबका (मदिराका) टनाटन्न भरिएका गिलासहरू ।
35उनीहरूले त्यहाँ न त कुनै व्यर्थका कुरा सुन्नेछन्, नत झूठ कुरो सुन्ने छन् ।
36तिम्रो पालनकर्ताको तर्फबाट (उनीहरूको राम्रो) कर्मको प्रतिफल हुनेछ
37उसको तर्फबाट जो आकाशहरू र पृथ्वीको र तिनको बीचमा जे छ त्यसको पालनकर्ता हो । र धेरै कृपाशील छ । कसैलाई उनीसित कुराकानी गर्ने अधिकार छैन ।
38जुन दिन आत्मा र फरिश्ताहरू पंक्तिबद्ध भएर उभिनेछन् तर कोही कुरो गर्न सक्दैन परन्तु जसलाई अललाहले आज्ञा दिन्छ र उसले ठीक कुरो मुखबाट निकाल्नेछ ।
39त्यो दिन सत्य (सुनिश्चित) छ । अब जसले चाहन्छ (सत्कर्म गरेर) आफ्नो पालनकर्ताकहाँ राम्रो ठेगाना बनाओस् ।
40हामीले तिमीसित छिटै आउनेवाला सजायबाट डरायौं । जुनदिन मान्छे आफूले गरेको कमाई देख्नेछ र काफिर भन्ने छन् कि काश हामी माटो भइहालेको भए ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath