77. अल-मुर्सलात
1हृदय प्रसन्न गर्दै बग्ने वायुको कसम ।
2अनि अत्यन्त प्रचण्ड भइहाल्ने (हवा)को कसम ।
3र (बादलहरूलाई) उचालेर फिजाउँछन् त्यसको सौगन्ध ।
4फेरि सत्य र असत्यलाई अलग–अलग टुक्रा–टुक्रा गरिदिने
5र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
6जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
7जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
8अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
9र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
10र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
11र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
12कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
13फैसलाको दिनको निम्ति ।
14र तिमीलाई के थाहा कि फैसलाको दिन के हो
15बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
16के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं
17अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
18हामीले अपराधीहरूसित यस्तै गर्दैछौं ।
19त्यो दिन असत्य ठहराउनेहरूको निम्ति अफशोच छ ।
20के हामीले तिमीलाई तुच्छ जल(वीर्य) बाट सृष्टि गरेनौं
21अनि हामीले त्यसलाई बलियो र सुरक्षित ठाउँमा राख्यौं ।
22एउटा निश्चित समयसम्म ।
23फेरि हामीले अनुमान गर्यौं र हामी सर्वोत्तम अनुमान गर्नेवाला हौं ।
24विनाश छ त्यस दिन असत्य ठहरउनेहरूको निम्ति ।
25के हामीले धरतीलाई समेटनेवाला बनाएनौं
26जीवितलाई र मृतहरूलाई पनि ।
27र त्यसमाथि हामीले अग्ला–अग्ला पर्वतहरू स्थापित गर्यौं । र तिमीहरूलाई संतुष्ट गर्ने मीठो पानी पिलायौं
28त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी (विनाश) छ ।
29जुन कुरोलाई तिमीले असत्य ठहर्याउँथ्यौ सोही नर्कतिर हिंड
30त्यस छायाँतिर हिंड जसका तीनवटा हाँगाहरू छन्
31जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
32निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
33त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
34आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
35आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
36नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
37त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
38यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
39तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
40त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
41निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
42र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
43(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
44हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
45यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
46(हे नास्तिकहरू) तिमी अलि खाइहाल र आनन्द गरिहाल, वास्तवमा तिमी अपराधी हौ ।
47त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ठूलो विनाश छ ।
48जब उनीसित भनिन्छ कि (अल्लाहको अगाडि) नतमस्तक होऊ, त हुँदैनन् ।
49त्यस दिन असत्यवादीहरूको निम्ति बर्बादी छ ।
50अब यस कुरआन पश्चात उनीहरूले कुन कुरोमा ईमान ल्याउनेछन्
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath