इस्लाम
पछाडि

75. अल-कियामा

1म कियामतको दिनको कसम खान्छु

2र म कसम खान्छु त्यस नफ्सको (आत्मा) जो निन्दा गर्नेवाला हो ।

3के मानिसले यो ठान्दछ कि हामीले कदापि उसका हाडहरूलाई एकत्र गर्नेछैनौं

4अवश्य गर्नेछौं (र) हामी यस कुरामा सामथ्र्यवान छौं कि उसका औंलाका टुप्पाहरू दुरुस्त गरिदेऔं।

5(होइन) बरु मानिसले चाहन्छ कि आफ्नो अगाडि–अगाडि अवज्ञा गर्दै जाओस् ।

6सोध्छ कि कियामतको दिन कहिले आउँछ

7जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।

8र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।

9र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।

10त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ

11निःसन्देह कुनै शरणस्थल छैन ।

12आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।

13मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।

14बरु मानिस स्वयं आफ्नो साक्षी छ ।

15यद्यपि उसले जति क्षमायाचना गर्न खोजोस् ।

16र (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) कुरआनलाई छिटै कण्ठस्थ गर्न आफ्नो जिब्रो नचलाउनुस् ।

17त्यसलाई एकत्रित गर्नु र उसलाई पठनीय बनाउनु हाम्रो जिम्मा छ ।

18अतः जब हामीले त्यसलाई पढ्छौ तब तपाईले त्यस पढाईको अनुशरण गर्नुस् ।

19अनि हाम्रो जिम्मामा छ उसको स्पष्टिकरण गर्नु ।

20होइन, होइन तिमी शीघ्र प्राप्त हुने कुरासित प्रेम गर्दछौ ।

21र आखिरतलाई (परलोकलाई) छोडिराखेका छौ

22त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्

23आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।

24र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।

25बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।

26होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।

27र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ

28र त्यसले जान्दछ कि अब सबैबाट विदाईको समय छ ।

29र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।

30आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।

31तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।

32बरु झूठो ठहरायो र विमुख भयो ।

33अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।

34अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।

35धिक्कार छ र खराबी छ तिमीमाथि ।

36के मानिसले यो ठान्दछ कि उसलाई यस्तै छाडिदिइनेछ

37के ऊ एउटा बाक्लो पानीको (वीर्यको) एक थोपा थिएन? जसलाई टपकाइएको थियो

38फेरि ऊ रगतको डल्लो भयो, अनि अल्लाहले उसलाई पैदा गरी ठिकठाक गर्यो ।

39अनि उसका जोडाहरू बनायो, पुरुष र स्त्री ।

40त के उसलाई यस कुरामा सामथ्र्य छैन कि मृतकहरूलाई जीवित पारिहलोस् ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath