इस्लाम
पछाडि

74. अल-मुद्दाथिर

1हे (मुहम्मद !) लुगा बेर्नेवाला

2उठ र सावधान गरीदिनु ।

3र आफ्नो पालनकर्ताको गरिमा वर्णन गर्नु ।

4र आफ्ना कपडाहरूलाई पाक–पवित्र राख्नु ।

5फोहोरपनालाई छाडिदिनु ।

6र भलाई गरेर यसभन्दा बढीलिने इच्छा नगर्नु ।

7र आफ्नो पालनकर्ताको निम्ति धैर्य गर्नु ।

8जब सूरमा फूँक मारिनेछ ।

9त्यो दिन बडो कठोर दिन हुनेछ ।

10काफिरहरूको लागि सजिलो हुनेछैन ।

11मलाई र त्यसलाई छाडिदेऊ जसलाई मैले एक्लो सृष्टि गरेको छु ।

12र प्रशस्त माल–सम्पत्ति दियौं ।

13हरेक समय उसको पासमा उपस्थित रहने सन्तानहरू पनि ।

14मैले उसलाई हरेक प्रकारको सामग्रीमा प्रशस्तता प्रदान गरें ।

15अझै उसले इच्छा गर्दछ कि मैले उसलाई अरु बढी प्रदान गरूँ ।

16यस्तो कदापि हुनेछैन । यो हाम्रो आयतहरूको शत्रु रहदै आएको छ

17शीघ्र नै मैले उसलाई कठिन उकालोमा उक्लन लगाउने छु ।

18उसले सोच्यो र अड्कलले एउटा कुरा बनायो ।

19नष्ट होस् उसले कस्तो अड्कल गर्यो

20फेरि त्यो नष्ट होस्, उसले कस्तो अड्कल गर्यो

21उसले फेरि देख्यो ।

22फेरि निधार खुम्च्यायो र मुख बिगारिहाल्यो ।

23अनि पिठ्युँ फर्काइ हिंड्यो र घमण्ड गर्यो ।

24अनि भन्नथाल्यो कि यो त मात्र जादू हो, जुन नक्कल गरिएको छ ।

25यो मात्र मानिसको वाणी नै हो ।

26हामीले शीघ्र नै उसलाई नर्कमा हाल्नेछौं ।

27र तिमीलाई के थाहा कि ‘‘नर्क’’ के हो

28(आगो हो) जो न बाँकी राख्नेछ न त छोड्दछ ।

29र शरीरको छालालाई पोलेर कालो बनाइदिनेछ ।

30त्यसमा उन्नाइस (फरिश्ता) कार्यकर्ताहरू नियुक्त छन् ।

31र हामीले नर्कको द्वारपालहरू फरिश्ताहरूलाई बनाएका छौं र हामीले उनीहरूको संख्या काफिरहरूको परीक्षाको निम्ति निर्धारित गरेका छौं, यसकारण कि किताबवालाले विश्वास गरुन् र मोमिनहरूको ईमान अरु धेरै बढोस् र किताब मान्नेहरू र मोमिनले शंका नगरुन् र जुन मानिसहरूको हृदयमा रोग छ, उनी र काफिरहरूले भनुन् कि यस दृष्टान्तबाट अल्लाहको के उद्देश्य छ ? यस्तै प्रकारले अल्लाहले जसलाई चाहन्छ, मार्गविचलित गर्दछ र जसलाई चाहन्छ मार्गदर्शन गर्दछ । तिम्रो पालनकर्ताका लस्करहरूलाई उस बाहेक कोही जान्दैन र यो त आदमको सन्ततिको लागि उपदेश र शिक्षा सामग्री हो ।

32साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।

33र रातको जब कि त्यसले पछाडि हट्दछ ।

34र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।

35निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।

36मानिसहरूको निम्ति भयको कारण ।

37तीमध्ये त्यस व्यक्तिको निम्ति जो अगाडि बढ्न चाहन्छ वा पछाडि हट्न चाहन्छ ।

38हरेक व्यक्ति आफ्नो कर्मको बदलामा धितो राखिएको छ ।

39तर दायाँ हात वालाहरू ।

40उनीहरू स्वर्गहरूमा बसेका हुनेछन् र प्रश्न गर्नेछन् ।

41अपराधीहरूसँग

42(कि) तिमीलाई कुन कुरोले नर्कमा ल्यायो

43उनीहरूले जवाफ दिनेछन् कि हामी नमाजी थिएनौं ।

44र न निमुखाहरूलाई (मिस्कीनहरूलाई) खाना खुवाउँथ्यौ

45र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।

46र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।

47यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।

48अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।

49उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।

50जस्तो कि तर्सेको गधहा हुन् ।

51जो बाघ देखेर भागेका छन् ।

52बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।

53यस्तो कहिल्यै हुनेछैन । (सत्यता यो छ कि) उनीहरू कयामतबाट निर्भीक छन् ।

54साँचो कुरा त यो हो कि कुरआन एउटा उपदेश हो ।

55अब जसले चाहन्छ त्यसबाट उपदेश हासिल गरोस् ।

56र त्यतिखेर नै उपदेश हासिल गर्छन् जब अल्लाहले चाहन्छ, ऊ यस योग्य छ कि उसको भय गरियोस् र यस योग्य पनि कि क्षमा गरोस् ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath