इस्लाम
पछाडि

73. अल-मुज्जमिल

1हे (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) लुगामा बेरिएका

2राती उठेर (नमाजको निम्ति) उभिने गर्नु तर थोरै ।

3आधारात वा त्यसभन्दा केही कम गर्नुस् ।

4वा केही बढि, र विस्तारै रोकि–रोकि कुरआन पढ्ने गर्नु ।

5निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।

6निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।

7दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।

8तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।

9पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।

10र जे जति कुरा यिनी भन्दछन त्यसलाई सहँदै गर्नु र उनीहरूबाट राम्रोसित पन्छिदै गर्नु ।

11र मलाई झूठा ठहराउने सुख–सम्पन्न मानिसहरूलाई छोडिदिनु र उनीहरूलाई अलिकति मोहलत देऊ ।

12निःसन्देह हामीसँग कडा नेलहरू (हतकडी) छन् र प्रज्वलित आगोको नर्क छ

13र घाँटीमा अडकिने खाना छ र कष्टदायक यातना छ

14जुनदिन धरती र पहाड कम्पित हुनेछन् र पहाड बालुवाको ढिस्को झैं हुनेछन्

15(हे मक्कावालाहरू र) जुन प्रकारले हामीले फिरऔनको पासमा पैगम्बर पठाएका थियौं । तिम्रो पासमा पनि (मुहम्मद) रसूल पठाएका छौं, जो तिम्रो सम्बन्धमा साक्षी हुनेछन् ।

16फिरऔनले त्यस रसूलको अवज्ञा गर्यो त हामीले उसलाई कठोर यातनामा समातिहाल्यौं ।

17यदि तिमीले पनि मान्ने छैनौ भने त्यसदिनबाट कसरी बाँच्छौ, जुन दिन बच्चाहरूलाई वृद्ध बनाइदिनेछ ।

18जुन दिन आकाश फाटिहाल्नेछ । यो अल्लाहको वाचा पूरा भएर नै रहनेछ ।

19यो कुरआन त निश्चय नै एउटा उपदेश हो । अब जसले चाहन्छ, आफ्नो पालनकर्तातिर मार्ग ग्रहण गरोस् ।

20निःसन्देह तपाईको पालनकर्ताले जान्दछ कि तपाई र तपाईको, साथीहरूको एक समूह लगभग दुई–तिहाई रात, आधी रात र एक–तिहाई रातीसम्म (नमाजको निम्ति) उभिने गर्दछ । रात र दिनको पूरा अनुमान अल्लाहले गर्दछ । उसलाई राम्ररी थाहा छ कि तिमीहरू त्यसलाई सधैं निर्वाह गर्न सक्दैनौ, त उसले तिमीहरूमाथि कृपा गर्यो अतः तिमीहरूको लागि जति कुरआन पढ्नु सजिलो छ उत्तिकै पढ्ने गर । उसलाई थाहा छ कि तिमीमध्ये केही विरामी पनि होलान्, र केही अन्य मानिसहरू अल्लाहको आदर अनुग्रहलाई खोज्दै धरतीमा जीविकाको खोजी गर्नेछन्, र केही अन्य अल्लाहको मार्गमा युद्ध गर्नेछन् । अतः सजिलोसँग त्यस कुरआनबाट जति पढ्न सक्दछौ पढ र नमाज पढ र जकात दिंदै गर, र अल्लाहलाई राम्रो ऋण देऊ, र तिमीले जुन भलाई आफ्नो निम्ति अगाडि बढाउनेछौ त्यसलाई अल्लाहकहाँ अति उत्तम र प्रतिफलको दृष्टिले धेरै बढी पाउनेछौ । अल्लाहसित क्षमायाचना गरिराख । निःसन्देह अल्लाह, अत्यन्त क्षमादाता र अत्यन्त दयावान छ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath