इस्लाम
पछाडि

70. अल-माआरिज

1एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।

2काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।

3अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।

4जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।

5अर्थात् तिमी राम्रो सँग धैर्य गर ।

6निःसन्देह उनीहरूको दृष्टिमा त्यो अजाब टाढा छ ।

7र हाम्रो दृष्टिमा नजीक छ ।

8जुन दिन आकाश जलेको तेल जस्तो भइहाल्नेछ ।

9र पहाडहरू रंगीन ऊनको जस्ता हुनेछन्

10र कुनै मित्रले कुनै मित्रलाई सोध्नेछैन ।

11(जबकि) एक अर्कालाई अगाडि देखिराखेका हुनेछन् । (त्यस दिन) अपराधीले इच्छा गर्नेछ कि (यातनाको सट्टामा) आफ्ना छोराहरू (देओस्) ।

12र आफ्नो पत्नी र आफ्नो भाइ

13र आफ्नो परिवार जसले उसलाई शरण दिन्थ्यो ।

14र जति मानिसहरू धरतीमा छन् सबै कुरा दिन चाहनेछ जसले उसलाई यातनाबाट मुक्त गराइहालोस् ।

15(तर) यस्तो कहिल्यै हुनेछैन, निःसंदेह त्यो प्रज्वलित आगो हो

16जसले अनुहार र टाउकोको छाला उप्काइदिनेछ

17उसले त्यस्तो प्रत्येक मानिसलाई आफूतिर बोलाउनेछ (जसले सत्य धर्मबाट) पिठ्युँ फर्काएर विमुख भए

18र धन एकत्रित गरेर थुपारेर राखे

19निःसन्देह मानिस काँचो मुटुवाला बनाइएको छ ।

20जब उसलाई कष्ट पुग्छ त आत्तिन्छ ।

21तर जब उसलाई राहत (सम्पन्नता) प्राप्त हुन्छ त उसले कन्जूसी देखाउँछ ।

22तर नमाज पढ्नेहरूको कुरा अर्कै छ ।

23जसले नमाज नियमित्ताकासाथ पढ्दछन्

24र जसको सम्पत्तिमा(अरुको) हक निश्चित छ

25(अर्थात्) माँग्नेवालाको र नमाँग्नेवालाको पनि

26जसले न्यायको दिन(कयामत) माथि ईमान राख्दछ ।

27र जो आफ्नो पालनकर्ताको यातनाबाट डराउछन्

28निःसन्देह उनीहरूको पालनकर्ताको यातना यस्तो छैन जसबाट निश्चिन्त रहन सकियोस् ।

29र जो आफ्नो गुप्ताङ्गहरूको रक्षा गर्दछन्

30तर आफ्ना पत्नीहरू वा दासीहरू बाहेक जुन उनको अधीनस्थ छन् त उनको लागि कुनै अफशोच छैन

31जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।

32र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्

33र जो आफ्नो गवाहीमा दृढ रहन्छन्

34र जो आफ्नो नमाजको रक्षा गर्दछन्

35यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्

36फेरि इन्कार गर्नेवालालाई के भएको छ कि दौड्दै आइरहेका छन्

37दायाँ र बायाँबाट समुहको रूपमा ।

38के उनीहरूमध्ये प्रत्येक व्यक्ति, यो लालसा राख्दैछ कि उनी अनुकम्पाबाट परिपूर्ण स्वर्गमा प्रवेश गर्नेछन्

39त्यस्तो कदापि हुनेछैन । बरु हामीले उनीहरूलाई जुन चिजबाट सृष्टि गरेका छौं, त्यसलाई उनीहरू जान्दछन् ।

40अतः केही छैन, म पूर्व र पश्चिमको पलनकर्ताको शपथ लिन्छु कि हामीलाई सामथ्र्य प्राप्त छ ।

41कि उनीहरूको ठाउँमा उनीहरूभन्दा राम्रो मानिसहरू ल्याऊँ र हामी परास्त हुनेवाला छैनौं ।

42अतः उनीहरूलाई लडाई–भिडाई गरेको अवस्थामा छाडिदिनुस् । यहाँसम्म कि आफ्नो त्यस दिनसम्म पुगी जाउन् । जसको वाचा उनीहरूसित गरिएको छ ।

43जुनदिन उनीहरू चिहानबाट तीव्रताको साथ दौड्दै निस्कनेछन् । मानौं कि, कुनै (विशेष) ठाउँतिर दौड्दै गइरहेका छन् ।

44उनीहरूको आँखा लज्जाले झुकिरहने छन् र अपमान उनीहरूमाथि घेरिराख्नेछ । यो नै त्यो दिन हो, जसको उनीरुसँग वाचा गरिदै थियो ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath