69. अल-हक्का
1वास्तवमा भएर नै छाड्नेवाला
2प्रमाणित हुनेवाला के हो
3र तिमीलाई के थाहा छ कि त्यो वास्तविक प्रमाणित हुनेवाला के हो
4त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
5जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
6र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
7जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।
8के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ
9‘‘फिरऔन’’ उसभन्दा पहिलाका मानिसहरू र जसको गाउँ बस्तीहरू उलटपलट भए, उनीहरूले पनि अपराध गर्दथे ।
10र उनीहरूले आफ्नो पालनकर्ताको पैगम्बरको अवज्ञा गरे, तब अल्लाहले उनलाई पनि कठोर पकडमा लिइहाल्यो ।
11जब पानीमा हलचल आयो तब त्यस बेला हामीले तिमीलाई नौकामा सवार गरायौं ।
12ताकि त्यसलाई तिम्रो निम्ति शिक्षा बनाइदिऔं र यादगर्ने कानले सुरक्षित राखुन् ।
13तसर्थ जब सूरमा एकफूँक फूँकिनेछ
14र धरती र पहाड दुवै उठाइनेछन्, र एकैचोटी क्षतविक्षत गरिनेछन् ।
15त त्यसदिन घटित हुनेवाला कयामत भइहाल्ने छ ।
16र आकाश फाटिने छ अनि त्यो त्यसदिन एकदम कमजोर भइहाल्नेछ ।
17र फरिश्ताहरू उसको किनारमा हुनेछन् र त्यसदिन तिम्रो पालनकर्ताको सिंहासनलाई आठ फरिश्ताहरूले आफूमाथि उचालेका हुनेछन् ।
18त्यसदिन तिमी सबै सामुन्ने प्रस्तुत गरिनेछौ, (र) तिम्रो कुनै भेद लुकिरहने छैन ।
19अनि जोसुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ, त्यसले (अरुसित) भन्नेछः कि लिनुस् मेरो कर्मपत्र पढ्नुस् ।
20मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
21अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
22उच्चा, भव्य स्वर्गमा
23जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
24(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
25तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
26र मलाई थाहा नभएको भए कि मेरो हिसाब के छ ।
27ऐ काश, मृत्युले मेरो काम नै समाप्त गरिसक्ने थियो ।
28(आज) मेरो सम्पत्ति पनि मेरो केही काम लागेन ।
29(आह) मेरो वर्चस्व मबाट गइहाल्यो ।
30(आदेश हुनेछ कि) यसलाई समात र यसलाई बाँधिहाल छल्ला पहिराइदिनु ।
31अनि यसलाई नर्कमा हालिदेऊ ।
32अनि जंजीरले जसको नाप सत्तरी हाथ छ, जकडिदेऊ ।
33निश्चितरूपले यसले महिमावान अल्लाहमाथि ईमान राख्दैनथ्यो
34र न गरिबलाई खाना खुवाउन प्रोत्साहित गर्दथ्यो
35अतः आज यसको यहाँ न कोही मित्र छ ।
36र न पीप बाहेक उसको निम्ति आज कुनै खाना छ ।
37जसलाई अपराधीहरू बाहेक कसैले खाने छैन ।
38अतः हामीलाई ती कुराहरूको कसम छ जुन तिमीले देख्दछौ
39र (कसम छ) ती कुराको जुन तिमीले देख्दैनौ ।
40कि यो कुरआन एक प्रतिष्ठित रसूलबाट ल्याइएको वाणी हो ।
41र यो कुनै कविको वाणी होइन । परन्तु तिमीहरूले बहुत कम विश्वास गर्दैछौ
42र न यो कुनै ज्योतिषीको वाणी हो, तर तिमीहरूले थोरै शिक्षा प्राप्त गर्दछौ ।
43(यो त) सम्पूर्ण संसारको पालनकर्ताबाट अवतरित गरिएको हो ।
44र यदि यस पैगम्बरले हाम्रो बारेमा कुनै झूठा कुरा बनाएर ल्याएको भए
45त हामीले उनलाई दाहिने हातबाट समातिहाल्थ्यौं ।
46अनि उनको हृदयको धमनी काटिदिंथ्यौं ।
47अनि तिमीमध्ये कोही पनि हामीलाई यसबाट रोक्नेवाला हुँदैनथ्यो ।
48र निःसन्देह यो (कुरआन) परहेजगारहरूको (अमात्मसयंमीहरूको) निम्ति एउटा उपदेश हो ।
49र हामीलाई थाहा छ कि तिमीमध्ये केही यसलाई असत्य भन्नेवाला छन् ।
50साथै (यो झूठा मान्नु) अपसोच छ काफिरहरूको लागि ।
51यो निःसंदेह बिल्कुल विश्वासनीय सत्य हो ।
52अतः तिमीले आफ्नो महिमावान् पालनकर्ताको नामको गुणगान गर ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath