इस्लाम
पछाडि

68. अल-कलाम

1नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।

2कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।

3र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।

4निःसन्देह तपाई उच्च आचरणवाला हुनुहुन्छ ।

5अब तिमीले देख्नेछौ र यिनीहरूले पनि देखिहाल्नेछन्

6कि तिमीमध्येबाट को भ्रमित भएको छ ।

7निःसंदेह तिम्रो पालनकर्ताले उसलाई राम्ररी जान्दछ, जो आफ्नो बाटोबाट विचलित भएका छन् र उनीहरूलाई पनि राम्ररी जान्दछ, जो सोझो मार्गमा हिडीराखेका छन् ।

8तसर्थ तिमीले असत्य ठहराउनेहरूको भनाई नमान्नु ।

9तिनीहरूले चाहन्छन् कि तिमी अली नरम भइहाल । अनि यिनीहरू नरम भइहाल्नेछन् ।

10र तिमीले कुनै यस्तो व्यक्तिको भनाई नमान्नु जसले धेरै कसम खाइरहन्छ ।

11बदनाम अर्काको दुर्गण वर्णन गर्नेवाला र चुक्ली गर्दै हिड्दछ ।

12(र जो)राम्रो कुराबाट रोक्नेवाला, सीमाको उल्लंघन गर्नेवाला, ठूलो अपराधी, (हो) ।

13घमण्डी र त्यो पनि जारज ।

14उसको अटेरीपना मात्र यसकारण छ कि त्यो धनवान र छोराहरूवाला छ

15जब उसका सामु हाम्रा आयतहरू पढेर सुनाइन्छन्, तब भन्छ कि यी त पहिलाका मानिसहरूका कथा हुन् ।

16हामीले पनि (शीघ्र नै) उसको नाकमा दाग लगाउनेछौं ।

17निःसंदेह हामीले उनीहरूको यस्तै प्रकारले परीक्षा लिएकाछौं जुन प्रकारले बागवालाहरूको परीक्षा लिएका थियौं, जबकि उनीहरूले कसम खाए कि प्रातःकाल हुनासाथ अवश्य त्यस बगैचाका फल टिप्नेछौं ।

18र ‘‘इन्शाअल्लाह’’(यदि अल्लहले चाह्यो) भनेनन्

19तसर्थ उनीहरूमाथि उनीहरू सुतिराखेकै बेलामा तिम्रो पालनकर्ताको तर्फबाट एउटा विपदाले चक्कर लगाइहाल्यो ।

20तब त्यो बगैचा यस्तो भइहाल्यो जस्तो कि काटिएको खेती

21जब बिहान भयो तब उनीहरूले एक अर्कालाई पुकार्न थाले

22कि यदि तिमीले फल टिप्नु छ भने आफ्नो खेतीमा बिहानै आइपुग ।

23फेरि तिनीहरू विस्तारै–विस्तारै यो कुरा गर्दै हिंडे ।

24कि आज यहाँ तिम्रो पासमा कोही गरिब आउन नपाओस्

25र उनीहरू लम्कदै बिहानै पुगे, कि हामी सामथ्र्यवान हुनेछौं ।

26जब उनीहरूले बागलाई देखे त भन्नथाले कि हामी निश्चयनै बाटो बिर्सिसकेका छौं

27होइन, होइन बरु हाम्रो भाग्य नै फेरीसक्यो ।

28एउटा जुन उनीहरूमध्ये बुद्धिमान थियो उसले भन्यो, के मैले तिमीसित भनेको थिएन कि तिमीले अल्लाहको पवित्रताको वर्णन किन गर्दैनौ

29तब उनीहरू सबैले भन्नथाले कि हाम्रो पालनकर्ता पवित्र छ, निश्चय नै हामी नै अत्याचारी थियौं

30अनि उनीहरू एक अर्कातिर मुख फर्काइ परस्पर धिक्कार्न थाले

31भन्न थाले, हाय अफशोच हामी नै हदभन्दा अगाडि गइसकेका थियौं ।

32आशा छ कि हाम्रो पालनकर्ताले यसको सट्टा हामीहरूलाई यसभन्दा राम्रो बदला प्रदान गरोस्, हामी त अब आफ्नो पालनकर्ताबाटै आशन्वित हुन्छौं ।

33(हेर) विपदा यस्तै आउँछ र परलोकको विपदा धेरै ठूलो छ, यदि यो कुरा उनीहरूले बुझ्नसक्ने भए ।

34निश्चय नै संयमीहरूको निम्ति उनीहरूको पालनकर्ताकहाँ उपहारवाला स्वर्गहरू छन् ।

35के हामी आज्ञाकारीहरूलाई अपराधीहरू जस्तो गरिदिनेछौं

36तिमीलाई के भएको छ, कस्तो निर्णय गर्दैछौ

37के तिम्रो पासमा कुनै किताब छ जसबाट तिमी (यो) पढ्छौ

38कि तिमीले रुचाउने कुराहरू त्यसमा होउन्

39वा तिमीहरूले हामीसित कुनै शपथ लिएकाछौ ? जुन कयामतको दिनसम्म बाँकी रहनेछ, कि तिम्रो निम्ति त्यो सबै छ जुन तिमीले आफ्नो तर्फबाट फैसला गर्दछौ ।

40उनीहरूसित सोध कि उनीहरूमध्ये यसको जिम्मावाला को हो

41के (यस भनाईमा) उनका अरु पनि साझेदार छन् ? यदि उनी साँचो छन् भने आफ्नो साझेदारहरूलाई ल्याई अगाडि उभ्याउन् ।

42जुन दिन घुँडा खोलिदिइनेछ र उनीहरू सजदाको निम्ति बोलाइने छन्, तब तिनीहरूले सिज्दा गर्नसक्ने छैनन् ।

43आँखाहरू तल झुकेका हुनेछन्, र उनीमाथि अपमान छाइराखेको हुनेछ । उनीहरूलाई त्यस बेला पनि ढोगको निम्ति बोलाइन्थ्यो जबकि उनीहरू ठीकठाक थिए ।

44अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।

45मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।

46के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।

47वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्

48अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।

49यदि उनको साथमा उनको पालनकर्ताको अनुकम्पा नभएको भए उनी खुल्ला मैदानमा फ्याँकिने थिए, र उनको अवस्था नराम्रो हुने थियो ।

50अन्ततः उनको पालनकर्ताले फेरि उनलाई रोजिहाल्यो र उनलाई राम्रा मानिसहरूमा शम्मिलित गरिदियो ।

51र नजिक छ कि काफिरहरूले आफ्नो तीव्र दृष्टिबाट तपाईलाई चिप्ल्याई दिनेछन्, जब उनी ‘‘कुरआन’’ सुन्दछन् र भनिदिन्छन् कि यिनी त अवश्य दिवाना छन् ।

52वास्तवमा यो (कुरआन) त सबै संसारवालाहरूको निम्ति पूरै उपदेश हो ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath