इस्लाम
पछाडि

67. अल-मुल्क

1त्यो जसको हातमा राज्यसत्ता छ, बडो कल्याणकारी छ, र जो हरेक कुरामा सामथ्र्यवान छ ।

2जसले मृत्यु र जीवनलाई यसकारण सृष्टि गरेको छ, कि तिम्रो परीक्षा गरोस्, कि तिमीमध्ये राम्रो काम को गर्दछ ? र ऊ अधिपत्यशाली र क्षमाशील छ ।

3जसले माथि सातवटा आकाशहरू बनायो त हेर्नेवाला अल्लाह–रहमानको रचनामा कुनै विसंगति देख्ने छैन । दोस्रो पटक दृष्टि उठाएर हेर के कुनै चिरा दृष्टिगोचर हुन्छ

4फेरि दोहोर्याएर दुई–दुई पटक देखिलेऊ, तिम्रो दृष्टि तिम्रो तर्फ अपमानित र कमजोर भएर फर्की आउनेछ ।

5निःसन्देह हामीले आकाशलाई संसारको प्रकाशका लागि भव्य दीपबाट सजायौं, र उनीहरूलाई शैतानलाई हान्ने माध्यम बनायौं, र शैतानहरूको लागि हामीले नर्कको सजाय तयार गरिराखेका छौं ।

6र जसले आफ्नो पालनकर्तासित कुफ्र गरे, उनीहरूको निम्ति नर्कको यातना छ, र त्यो धेरै नराम्रो ठाउँ हो ।

7जब त्यसमा यिनीहरू हालिनेछन्, तब त्यसको चित्कारको आवाज सुन्नेछन् र त्यसले भडकिरहेको हुनेछ ।

8यस्तो लाग्छ कि क्रोधले च्यातिजान्छ जब यसमा कुनै समूह हालिनेछ ऊसित नर्कका द्धारपालेहरूले सोध्नेछन्, ‘‘के तिम्रो पासमा कोही सावधान गर्नेवाला आएन ?’’

9उनीहरूले भन्नेछन्ः (किन होइन), अवश्य सावधान गर्नेवाला आएको थियो । तर हामीले उसलाई असत्य ठहरायौं र भन्यौं कि अल्लाहले त कुनै कुरा अवतरित गरेकै छैन । तिमी त ठूलो भ्रममा परिराखेका छौ ।

10र भन्नेछन्ः यदि हामीले सुन्ने र बुझ्ने भएको भए नारकीहरूमध्येका हुने थिएनौं ।

11यसप्रकार उनीहरूले आफ्ना अपराधहरूलाई स्वीकार गर्नेछन् । तसर्थ अब यी नारकीहरू टाढा रहुन् ।

12निःसंदेह जुन मानिसहरू परोक्षमा आफ्नो पालनकर्तासित डरने गर्दछन् । उनीहरूको निम्ति क्षमा र ठूलो प्रतिफल छ ।

13तिमीहरूले कुरा लुकाएर भन वा प्रकटरूपले, उसले हृदयका रहस्यहरूसमेत जान्दछ ।

14के उसले जान्ने छैन जसले सृष्टि गरेको छ ? जबकि ऊ सूक्ष्मदर्शी र हरेक कुराबाट अवगत पनि छ ।

15उही त हो जसले तिम्रो निम्ति धरतीलाई नरम र अधीनस्थ गर्यो । ताकि तिमीले उसका बाटोहरूमा हिंड्डुल गर्नेगर र अल्लाहद्धारा प्रदान गरिएको जीविका उपभोग गर, र तिमीले उसैको पासमा दोस्रोपटक जीवित भएर जानुपर्नेछ ।

16के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीलाई धरतीमा गाडिदेओस् अनि त्यसबेला पृथ्वीमा कम्पन हुनथालोस् ।

17वा के तिमी यस कुराबाट निश्चिन्त छौ कि आकाशवालाले तिमीमाथि पथरको वर्षा गरिदेओस् ? अनि तिमीलाई थाहा भइहाल्नेछ कि मेरो चेतावनी कस्तो थियो ।

18र यिनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा ठहराएका थिए, अतः हेरिहाल कि उनीमाथि मेरो यातना कस्तो भयो

19के यिनीहरूले आफ्ना टाउकाहरूमाथि पखेटा फैलाएर वा खुम्च्याएर उडिराखेका पंक्षिहरूलाई देखेनन् ? अल्लाहले नै उनीहरूलाई हावामा थामी राखेको हुन्छ । निःसन्देह त्यसले हरेक कुरालाई देखिराखेको छ ।

20अल्लाह बाहेक तिम्रो कुन चाहिं सेना छ, जसले तिम्रो सहायता गर्न सकोस् । काफिरहरू त भ्रममा छन् ।

21यदि अल्लाहले आफ्नो जीविका बन्द गरिदिन्छ भने भन त्यो को हो जसले तिमीलाई जीविका दिन्छ ? तर यिनीहरू अटेरीपना र घृणामा अल्झेका छन् ।

22त्यो व्यक्ति बढी मार्गदर्शन प्राप्त गरेको छ जो टाउको टेकेर हिँडछ वा त्यो व्यक्ति जसले सोझो (खुट्टा टेकेर) बाटोमा हिंड्छ

23भनिदिनुस् त्यो अल्लाह नै हो, जसले तिमीलाई पैदा गर्यो र तिम्रा कान, आँखा र हृदयको रचना गर्यो तर तिमीले कम कृतज्ञता देखाउँछौ ।

24भनिदिनुस् कि उही हो, जसले तिमीलाई धरतीमा फैलायो र उसैको सामु तिमीहरू एकत्रित गरिनेछौ ।

25काफिरहरूले भन्दछन्ः कि यदि तिमी साँचो हौ भने त्यो वाचा कहिले हुनेछ बताऊ

26तपाई भनिदिनुस् कि यसको ज्ञान त मात्र अल्लाहलाई नै छ र म स्पष्टरूपले डर सुनाउनेवाला हूँ ।

27जब उनीहरूले त्यस वचालाई नजिकबाट हेर्नेछन् त काफिहरूको अनुहार त्यसबेला बिग्रीहल्नेछ र उनीहरूसित भनिनेछ कि यो त्यही हो जसको तिमीले मांग गर्ने गर्दथ्यौ ।

28तपाई भनिदिनुस् कि हेर यदि अल्लाहले मलाई र मेरा साथीहरूलाई नष्ट गरिदेओस् वा हामीमाथि दया गरोस्, त को छ जसले काफिरहरूलाई दुःखद यातनाबाट बचाउन सक्दछ

29तपाई भनिदिनुस् कि उही अल्लाह–रहमान हो, हामीले उसैमाथि ईमान ल्याएका छौं र उसैमाथि भरोसा गर्दछौं । तिमीलाई छिट्टै थाहा भइहाल्ने छ कि खुल्ला मार्ग विचलिनमा को छ

30तपाई भनिदिनुस् कि यो त बताऊ कि यदि तिम्रो (पिउने) पानी सुखिहाल्छ भने को छ जसले तिमीलाई निर्मल जल प्रवाहित गरिदिनेछ

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath