इस्लाम
पछाडि

62. अल-जुमुआ

1आकाशहरू र धरतीमा भएका सबै कुराले अल्लाहको पवित्रताको गुणगान गर्छन् जो पवित्र सम्राट अधिपत्यशाली र तत्वदर्शी छ ।

2(ू२) उही हो जसले उम्मिहरूमा (अनपढहरूमा) तिनीहरूमध्येबाट एउटा रसूल पठायो । जसले उनको सामु उसका आयतहरू पढेर सुनाउँछ र उनीलाई पवित्र गर्दछ र उनीहरूलाई किताब र तत्वदर्शीता सिकाउँदछ, र निःसन्देह यसभन्दा पहिला यी मानिसहरू खुल्ला मार्गविचलनमा थिए ।

3र ती अन्य मानिसहरूको लागि पनि जो अझै उनीसित भेटेका छैनन्, उनीहरूमध्यकै हुनेछन् । र ऊ अधिपत्यशाली, तत्वदर्शी छ ।

4यो अल्लाहको उदार अनुग्रह हो, जसलाई चाहन्छ, त्यसलाई प्रदान गर्दछ । र अल्लाह अपार अनुग्रहको स्वामी छ ।

5जुन मानिसहरूलाई तौरेत अनुरूप आचरण कार्यान्वयन गर्न आदेश दिइयो अनि उनीहरूले त्यसको पालना गरेनन् । त उनको दृष्टान्त त्यस गदहाको जस्तो छ । जसले धेरै किताब बोकेको छ । साह्रै नै नराम्रो उदाहरण छ ती मानिसहरूको जसले अल्लाहका आयतहरूलाई झुठलाए । अल्लाहले यस्ता अत्याचारीहरूलाई सोझो मार्ग देखाउँदैनन् ।

6भनीदिनुस् कि हे यहूदीहरू ! यदि तिमीले यो दाबी गर्छौ कि अरु मानिसहरूभन्दा तिमी नै अल्लाहको प्रेमपात्र हौ भने मृत्युको कामना गर, यदि तिमी साँचो हौ ।

7यिनीहरूले आफ्नाकर्महरूको कारणले, जुन गरिसकेछन्, कहिल्यै यसको कामना गर्ने छैनन् र अल्लाह अत्याचारीहरूलाई राम्ररी जान्दछ ।

8भनिदिनुस् ! कि जुन मृत्युसित तिमी भाग्दछौ, त्यो त तिम्रो सामु आएर नै छाड्छ, अनि तिमी अदृश्य र प्रकटको जान्नेवाला (अल्लाह) तिर फर्काइनेछौ, अनि जे–जति तिमीले गरिराखेका छौ उसले तिमीलाई सबै बताउनेछ ।

9हे मोमिन्हरू ! जब शुक्रबारको दिन जुम्आको नमाजको निम्ति अजान दिइन्छ, तब तिमी अल्लाहको स्मरणको निम्ति दगुरिहाल र किन्न वा बेच्न छाडिदेऊ । यो तिम्रो निम्ति राम्रो छ यदि तिमीले बुझ्छौ ।

10अनि जब नमाज पूरा भइहालोस् तब आ–आफ्नो बाटो लाग र अल्लाहको उदार अनुग्रह खोज, र अल्लाहलाई धेरै स्मरण गर्नेगर ताकि तिमी सफल होऊ ।

11तर जब उनीहरूले व्यापार र खेल तमाशा देख्दछन् तब उसैतिर दगुरिहाल्छन् र तपाईलाई उभेको अवस्थामा छाडिदिन्छन् । भनिदिनुस् कि जे–जति अल्लाहको पासमा छ त्यो तमाशा र व्यापारभन्दा कैयौं गुणा राम्रो छ । र अल्लाह सबभन्दा राम्रो आजीविका प्रदान गर्नेवाला छ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath