55. अर-रहमान
1रहमान (अल्लाह) ले
2कुरआन सिकायो ।
3उसैले मानिसहरूलाई सृष्टि गर्यो
4र उसलाई बोल्न सिकायो ।
5सूर्य र चन्द्र एक निर्धारित हिसाबले चलिराखेका छन्
6र तारा र वृक्ष दुबैले ढोगी राखेका छन् ।
7र उसैले आकाशलाई माथि उठायो र तुला (तराजु) स्थापित गर्यो ।
8ताकि तिमी तौल्दा सीमाको उल्लंघन (घटीबढी) नगर ।
9न्यायोचितरूपले ठीक तौल गर र तौलमा कम नदेऊ ।
10र उसैले प्राणीहरूको निम्ती धरती बिछाइदियो ।
11त्यसमा स्वादिष्ट फल र गुच्छावाला खजूरका रुखहरू छन् ।
12र भुसवाला अन्नका दाना छन् र सुगन्धित फलहरू पनि छन् ।
13तसर्थ (हे मानिस र जिन्न) तिमीले आफ्नो पालनकर्ताको कुन–कनु अनुकम्पालाई असत्य ठहराउँनेछौ
14उसले मनुष्यलाई कङक्रिट जस्ता खनखनाउँदो माटोबाट सृष्टि गर्यो ।
15र जिन्नलाई उसले आगोको रापबाट सृष्टि गर्यो ।
16तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य साबित गर्नेछौ ।
17ऊ दुई पूर्वको स्वामी हो र दुई पश्चिमको पनि ।
18अनि (हे जिन्न र मानव) तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पाहरूलाई असत्य ठहाराउनेछौ
19उसैले दुई समुन्द्र प्रवाहित गरिदियो जो आपसमा मिल्छन् ।
20ती दुवैको बीचमा एउटा पर्दा छ । जसको तिनीहरू अतिक्रमण गर्दैनन् ।
21त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
22ती दुवै समुन्द्रबाट मोती र मुँगा निस्कन्छ ।
23अतः तिमीले आफ्नो पालनकर्ताका कुन–कुन पुरस्कारहरूलाई झूठ भन्नेछौं
24र ती जहाजहरू पनि उसैका हुन् जो समुन्द्रमा पर्वतहरू झै अग्लो भई चलीराखेका छन् ।
25तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
26प्रत्येक प्राणी जो यस धरतीमा छ, नाशवान छ ।
27तर तिम्रो पालनकर्ताको अनुहार (व्यक्तित्व) जो प्रतिष्ठित र सम्मानित छ शेष रहनेवाला छ ।
28त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउने छौ
29आकाशहरू र धरतीमा जो कोही पनि छन् सबै उसैसित माँग्दछन्, प्रत्येक दिन ऊ नौलो शानमा छ ।
30अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
31हे दुवै समुदायहरू (जिन्न र मनुष्य) हामी शीघ्र तिम्रो निम्ति पूर्णरूपले ध्यान दिनेछौं ।
32अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
33हे जिन्न र मनुष्यका समुदायहरू यदि तिमीहरूमा आकाशहरू र धरतीका सीमाहरूलाई पार गर्ने शक्ति छ त निस्केर हेर तर बिना वर्चस्वता र शक्तिको तिमीले कहिल्यै पार गर्न सक्दैनौं ।
34अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
35तिमीमाथि आगोको ज्वाला र धुवाँ छोडिने छ, अनि तिमीले मुकाबिला गर्न सक्दैनौ ।
36अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
37अनि जब आकाश च्यातिएर रातो छाला जस्तो भइहाल्नेछ ।
38अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
39अनि त्यसदिन न कुनै मानिससित उसको पापको बारेमा सोधिनेछ र न कुनै जिन्नसित ।
40अनि तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
41गुनहगारहरू आफ्नो अनुहारबाट नै चिनिनेछन्, र उनका टाउकोको कपालहरू र खुट्टाद्वारा उनीहरूलाई समातिने छ ।
42अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
43यही त्यो जहन्नम हो, जसलाई गुनाहगारहरूले असत्य भन्दथे ।
44उनीहरू यसको र उम्लिराखकेको तातो पानीको बीचमा चक्कर लगाइरहनेछन् ।
45तसर्थ तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउनेछौ ।
46र जुन मानिस आफ्नो पालनकर्ताको सामु उभिनुबाट डर मान्यो, उसको निम्ति दुईवटा स्वर्गहरू छन् ।
47त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
48ती दुवै स्वर्गहरूमा धेरै हाँगाहरू हुनेछन् ।
49त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
50यी दुवै बगैंचाहरूमा दुईटा प्रवाहित झरनाहरू छन् ।
51त तिमीले आफ्नो पालनकर्ताको कुन– कुन अनुकम्पालाई असत्य ठहराउनेछौ
52ती दुवै बगैंचाहरूमा प्रत्येक स्वादिष्ट फलका दुई–दुई किसिम हुनेछन् ।
53अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
54स्वर्गमा रहनेहरू यस्ता ओछ्यानमा तकिया लगाएर बसेका हुनेछन्, जसको अस्तर बाक्लो रेशमका हुनेछन्, र दुवै बगैंचाका फलहरू नजिकै हुनेछन् ।
55त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
56त्यहाँ आँखा झुकाएका लज्जालु स्त्रीहरू (अप्सरा) हुनेछिन्, जसलाई जन्नतवालाभन्दा पहिला न कुनै मानिसले स्पर्श गरेको हुन्छ र न कुनै जिन्नले ।
57त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
58ती (अप्सरा) स्त्रीहरू याकूत र मूँगा जस्ती हुनेछिन् ।
59त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
60भलाईको बदला भलाई बाहेक अरु के हुनेछ
61त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
62र यी बगैंचाहरू बाहेक दुईवटा अरु बगैंचाहरू छन् ।
63त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
64दुवै निकै गाढा हरिया छन् ।
65त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पलाई असत्य ठहराउने छौ
66ती दुवै बगैंचाहरूमा दुईवटा बग्ने झरनाहरू प्रवाहित भइराखेका छन् ।
67त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
68यिनीहरूमा स्वादिष्ट फल, मेवाहरू खजूर र अनारहरू हुनेछन् ।
69अतः तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
70यिनीहरूमा चरित्रवान र सुन्दर स्त्रीहरू छिन् ।
71त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
72गोरो रंग भएकी ती स्त्रीहरू स्वर्गका खीमाहरूमा रहनेवाली हुन् ।
73त तिमीले (हे मानव र जिन्न) आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
74जसलाई पहिला न कुनै मनुष्यले छोएको हुन्छ र न कुनै जिन्नले ।
75त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
76उनीहरू हरिया रेशमी डसना र उत्कृष्ट र असाधारण गलैंचाहरूमा तकिया लगाएर बसेका हुनेछन् ।
77त तिमीले आफ्नो पालनकर्ताको कुन–कुन अनुकम्पालाई असत्य ठहराउने छौ
78ठूलै बरकतवाला नाम हो तिम्रो गरिमामय र उदार पालनकर्ताको ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath