इस्लाम
पछाडि

51. अध-धारियत

1कसम छ उडाएर छरिदिने (वायु) को ।

2अनि भारी उचाल्नेहरूको ।

3फेरि विस्तारै चल्नेहरूको ।

4अनि कामहरूलाई वितरित गर्नेहरूको ।

5विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।

6र अवश्य न्याय इन्साफ हुनेछ ।

7त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

8(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।

9यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।

10अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।

11जो भ्रममा छन् र बिर्सेका छन् ।

12सोध्छन् कि प्रतिफलको दिन कहिल्ये आउनेछ

13हो, यो त्यो दिन हो (जब) उनलाई आगोमा तताइनेछ ।

14अब आफ्नो उपद्रवको स्वाद चाख । यो त्यही हो, जसको निम्ति तिमीले हतार गर्ने गर्दथ्यौ ।

15निश्चय नै संयमीहरू स्वर्गका बगैंचाहरूमा हुनेछन् ।

16र जुन जुन कुराहरू उनको पालनकर्ताले दिइराखेको हुन्छ उनीले लिइराखेका हुनेछन् । निश्चय नै उनीहरू त यसभन्दा पहिला नै असल कार्य गर्नेहरू थिए ।

17उनीहरू रातको थोरै भागमा सुत्ने गर्दथे ।

18र रातको अन्तिम पहर (भोर)मा क्षमा प्रार्थना गर्नेगर्दथे ।

19र उनको सम्पत्तिमा माँग्नेवाला र निर्धनहरूको हक थियो ।

20र ईमान राख्नेवालाहरूको निम्ति धरतीमा धेरै निशानीहरू छन् ।

21र स्वयं तिम्रो व्यक्तित्वमा पनि, त के तिमीले देख्दैनौ

22र तिम्रो रोजी र जुन कुराको तिमीलाई वचन दिइएको छ सबै आकाशमा छ ।

23तसर्थ आकाशहरू र धरतीको स्वामीको कसम त्यो विश्वास योग्य छ त्यसतै जुन प्रकारले तिमी कुरा गर्दछौ ।

24के इब्राहीमका प्रतिष्ठित अतिथिहरूको वृत्तान्त पनि तिमीछेउ पुगेको छ ।

25जब उनीहरू उनको पासमा आए तब भनेः ‘‘सलाम छ तिमीमाथि’’ उनले पनि भने ‘‘सलाम छ तपाईहरूलाई पनि’’ । (देखेपछि) मनमा भने (यी त) अपरिचित मानिसहरू हुन् ।

26तब आफ्नो घर गई एउटा (पोलिएको) मोटो बाछो(को मासु) ल्याए ।

27र (खानाको निम्ति) उनीहरूको अगाडि राखिदिए । र भन्न थाले कि तपाईहरू किन खानुहुन्न

28अनि उनले मनैमनमा उनीहरूसित डर महसूस गरे । उनीहरूले भने कि डर नमान्नुस् र उनलाई (इब्राहीमलाई) एउटा ज्ञानवान केटोको मंगलसूचना दिए ।

29अनि उनकी स्वास्नी आश्चार्यचकित भई अगाडि बढिन् र आफ्नो निधारमा पिट्दै भनिन् कि म त एक बूढी र बाँझ हूँ

30उनीहरूले भने हो यस्तै नै तिम्रो पालनकर्ताको आदेश छ । निःसंदेह ऊ बडो तत्वदर्शी र ज्ञानवान छ ।

31(इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’

32उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।

33ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।

34जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’

35अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।

36र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।

37र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।

38र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।

39तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना

40तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याकिहाल्यौं र त्यसको काम नै निन्दनीय थियो ।

41यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।

42त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।

43र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।

44तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।

45अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।

46र यसभन्दा पहिला (हामीले) ‘‘नूह(अलैहिस्सलाम)को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।

47र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामथ्र्य छ ।

48र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।

49र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।

50अतः तिमी अल्लाहतिर छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।

51र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।

52यस्तै यिनीहरूभन्दा पहिलेका मानिसहरूको पासमा जुन पैगम्बर आउँथ्यो उनीहरूले उनलाई जादूगर वा दीवाना भन्दथे ।

53के यिनीहरूले एकअर्कालाई यस कुराको निम्ति इच्छाउँदै (उपदेश दिदै) गएका छन् ? (होइन) बरु यिनीहरू सबै अवज्ञाकारी हुन् ।

54तपाईले यिनीहरूबाट पन्छिनुस् । तपाईलाई दोषारोपण हुनेछैन ।

55र उपदेश गर्दैगर्नुस् किनकि उपदेशले मोमिनहरूलाई लाभ पुर्याउँछ ।

56मैले जिन्न र मानिसहरूलाई यसकारण मात्र सृष्टि गरेको छु ताकि मेरो उपासना गरुन् ।

57म उनीहरूबाट जीविका चाहन्न र न यो चाहन्छु कि मलाई खुवाउन् ।

58अल्लाह आफै जीविका प्रदान गर्नेवाला शक्तिशाली, दृढ छ ।

59अतः जसले अत्याचार गरेका छन् उनीहरूको निम्ति पनि सजायको भाग निर्धारित छ, जुन प्रकार उनीहरूका साथीहरूको निम्ति निर्धारित थियो । अतः उनीहरू मसित हतार नगरुन् ।

60जुन दिनको यी काफिरहरूसित वाचा गरिन्छ, त्यसबाट उनको निम्ति खराबी छ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath