26. अश-शुआरा
1ता–सीन्–मीम् ।
2यी स्पष्ट किताबका आयतहरू (श्लोकहरू) हुन् ।
3(हे पैगम्बर !) शायद तपाईले (यस दुःखबाट कि) यी मानिसहरूले ईमान ल्याउँदैनन् आफ्नो प्राण नै त्यागिदिनु हुनेछ ।
4यदि हामीले चाहेको भए उनीहरूमाथि अकाशबाट एउटा यस्तो निशानी उतार्न सक्थ्यौं । कि जसको अगाडि उनीहरूका टाउको दीनताले झुकिरहुन् ।
5र उनीहरूको पासमा रहमानको तर्फबाट जुन नवीन नसिहत पनि आउँछ, उनीहरू त्यसबाट विमुख हुने भइहाले ।
6अब जबकि उनीहरूले झूठो भनिसकेका छन् त शीघ्र नै उनीहरूले गरेको उपहासको वास्तविकता जानी हाल्नेछन् ।
7के उनीहरूले धरतीलाई देखेनन् कि त्यसमा कसरी हामीले सबै प्रकारका उत्तम जोडाहरू उमारेका छौं ।
8निश्चय नै यसमा ठूलो निशानी छ, (यसपछि पनि) उनीहरूमध्ये अधिकांश मान्नेवाला छैनन् ।
9र निश्चय नै तिम्रो पालनकर्ता नै हो, जो अधिपत्यशाली, अत्यन्त दयावान छ ।
10र जब तपाईको पालनकर्ताले ‘‘मूसालाई’’ भन्यो कि अत्याचारी मानिसहरूको पासमा जाऊ ।
11‘‘फिरऔनको’’ जातिबन्धुको पासमा, के यिनीहरू आत्मसंयम् अपनाउँदैनन्
12मूसाले भनेः कि मेरो पालनकर्ता मलाई त भय छ कि कतै यिनीहरूले मलाई झूठा नठानुन् ।
13र मेरो छाति उकुसमुकुस हुन्छ र मेरो बोली रोकिन्छ, तसर्थ तिमी हारूनतिर पनि सन्देश (वह्य) पठाइदेऊ ।
14र उनीहरूको ममाथि मेरो एउटा कसूरको दावी पनि छ, तसर्थ मलाई यो पनि भय छ कि मलाई मारिहाल्नेछन् ।
15अल्लाहबाट आदेश भयो कदापि यस्तो हुनेछैन तिमी दुवैजना हाम्रा निशानीहरू लिएर जाऊ, हामी तिम्रो साथमा सुन्नेवाला छौं ।
16(अतः) तिमी दुवै फिरऔनको पासमा जाऊ र भनः कि निश्चितरूपले हामी संसारको पालनकर्ताको तर्फबाट पठाइएका हौं ।
17र (यसकारण आएका हौं) कि तिमीहरू बनी इस्राईललाई हाम्रो साथमा जाने अनुमति देऊ ।
18फिरऔनले (मूसासित) भन्यो कि के हामीले तिमीलाई तिम्रो बाल्यकालमा आफूकहाँ पालेका थिएनौं ? र तिमीले तिम्रो जीवनका धेरै वर्ष हामीकहाँ बिताएका थिएनौ
19फेरि तिमीले आफ्नो त्यो काम गर्यौ जुन तिमीलाई थाहा छ । तिमी साह्रै नै कृतघ्न छौ ।
20(मूसाले) भनेः कि (हो) त्यो काम मैले त्यस बेला गरेको थिएँ जब म बाटो बिर्सिएकाहरूमध्येका थिएँ ।
21अनि जब मलाई तिम्रो भय लाग्यो त म तिमीकहाँबाट भागिहालें, अनि मेरो पालनकर्ताले मलाई आदेश र ज्ञान प्रदान गर्यो र मलाई आफ्ना सन्देशवाहकमध्येको बनायो ।
22के ममाथि तिम्रो यही भलाई हो जुन तिमीले देखाइरहेका छौ कि तिमीले बनि इस्राईललाई दास बनाएर राखेका छौ ।
23फिरऔनले भन्योः कि सारा संसारको मालिक भनेको के हो
24उनले भनेः कि ऊ आकाशहरू र पृथ्वी र जे जति त्यसको बीचमा छन् सबैको पालनकर्ता हो । यदि तिमी ईमानवाला छौ भने
25फिरऔैनले आफ्नो वरिपरिका मानिसहरूलाई भन्यो कि तिमीहरू सुनिरहेका छैनौ ।
26मूसाले भने कि ऊ तिम्रो र तिम्रा बाबुबाजेको पालनकर्ता हो ।
27फिरऔनले भन्योः कि मानिसहरू हो यो संदेष्टा (पैगम्बर) जुन तिमीहरूतिर पठाइएको छ, बिलकुल्लै पागल छ ।
28मूसाले भनेः कि पूर्व र पश्चिम र जे–जति यी दुवैको बीचमा छन् सबैको रब (पालनकर्ता) पनि उही हो, यदि तिमीमा बुझ्ने बुद्धि छ भने ।
29फिरऔनले भन्योः कि सुन यदि तिमीले म बाहेक अरु कसैलाई पूज्य बनायौ भने म तिमीलाई बन्दी बनाएर राख्छु ।
30मूसाले भने कि यदि म तिम्रो पासमा कुनै स्पष्ट कुरा ल्याऊँ तैपनि
31फिरऔनले भन्यो, यदि तिमी साँचो हौ भने त्यसलाई (ल्याएर) पेश गर ।
32अनि उनले (मूसाले) आफ्नो लठ्ठी त्यतिबेला (जमिनमा) फ्याँके जुन त्यतिखेरै एउटा प्रत्यक्ष अजिङ्गर बनिहाल्यो ।
33र आफ्नो हात जब बाहिर निकाले तब त्यतिखेरै त्यो हेर्नेहरूको अगाडि सेतो टल्कने देखिनथाल्यो ।
34फिरऔनले आफ्नो वरिपरिका नायकहरूसित भन्योः कि निश्चय नै यो त ठूलो जादूगर हो ।
35यसले चाहन्छ, कि आफ्नो जादूको शक्तिले तिमीलाई तिम्रो भूमिबाट निकालिदेओस् तसर्थ तिम्रो के विचार छ
36उनीहरूले भनेः कि तपाईले यसलाई र यसको भाइलाई समय दिनुस् र सबै शहरहरूमा अग्रदूतहरूलाई पठाइदिनुहोस् ।
37ताकि सबै प्रविण जादूगरलाई तपाईको पासमा ल्याउन् ।
38अनि एक निश्चित दिनको समयमा सबै जादूगरहरू एकत्रित गरिए ।
39र सर्वसाधारण मानिसहरूसित भनियोः कि तिमी (सबै) भेला हुनुपर्दछ ।
40ताकि यदि जादूगरहरू विजयी हुन्छन् भने हामी उनकै अनुयायी भइहाल्छौं ।
41जादुगरहरू आएर फिरऔनसित भन्न थालेः कि यदि हामी विजयी भयौं भने के हामीलाई पुरस्कार पनि प्राप्त हुनेछ
42पिरऔनले भन्योः, हो र निश्चय नै तिमी त्यसबेला मेरो दरबारिया मानिसहरूमध्येबाट भइहाल्नेछौ ।
43मूसाले उनीहरूसित (जादूगरहरूसित) भनेः कि जे कुरा फ्याँक्नु छ फ्याँक ।
44तब उनीहरूले आफ्नो डोरी र लठ्ठीहरू फ्याँके र भन्न थालेः कि फिरऔनको प्रतापले हामी विजयी हुनेछौं ।
45अनि मूसाले पनि आफ्नो लठ्ठी (भूईंमा) फ्याँके जसले ती कुराहरूलाई, जुनकि जादुगरहरूले बनाएका थिए, निल्न थाल्यो ।
46यो हेरेर स्वस्फूर्ति ढंगले सिज्दा (ढोग) गरे ।
47(र) भन्न थाले कि हामीले सारा संसारको पालनहारमाथि ईमान ल्यायौं ।
48अर्थात् मूसा र हारूनको पालनलहारमाथि ।
49फिरऔनले भन्योः, कि मेरो आज्ञा बेगैर तिमीहरूले उसमाथि ईमान ल्यायौ ? निश्चय नै यही तिमी सबैको प्रमुख नायक हो, जसले तिमीलाई जादू सिकाएको छ । तसर्थ शीघ्र नै तिमीहरूले थाहा पाइहाल्ने छौ । म शपथ लिन्छु कि म तिम्रा हात र खुट्टाहरू विपरित दिशाहरूबाट कटाइदिनेछु र तिमी सबैलाई फाँसीमा झुन्ड्याइदिनेछु ।
50उनीहरूले भनेः केही डर छैन । निःसंदेह हामी त आफ्नो पालनकर्तातिर नै फर्केर जानेवाला छौं ।
51हामीलाई मात्र यो नै आशा छः कि हाम्रो पालनकर्ता हाम्रो त्रुटिहरूलाई क्षमा गरिदिनेछ, किनभने हामीले सबभन्दा पहिला ईमान ल्यायौं ।
52र हामीले ‘‘मूसातिर’’ ‘‘वह्य’’ (अल्लाहको वाणी) पठायौं कि मेरा भक्तहरूलाई लिएर रातै–रात निस्किहाल, निश्चय नै तिमीलाई पछ्याइनेछ ।
53यसपछि फिरऔनले शहरहरूमा दूतहरू पठायो ।
54किन ‘‘कि यिनीहरू एकदम सानो संख्यामा छन् ।’’
55र यिनीहरूले हामीलाई क्रोधित पारिराखेका छन् ।
56र निश्चयनै हामी संख्यामा धेरै र सबै सर–सामानसहित सजग छौं ।
57अन्ततः हामीले उनीहरूलाई बगैंचा र पानीका श्रोतहरूबाट निष्कासित गरिदियौं ।
58र खजाना र राम्रा ठाउँहरूबाट पनि ।
59(उनीहरूको साथमा हामीले) यस्तो गर्यौं र यी सबै कुराहरूको उत्तराधिकारी हामीले बनी इस्राईलको सन्ततिलाई बनाइदियौं ।
60तसर्थ फिरऔनीहरूले सूर्योदय हुनासाथ तिनीहरूलाई खोज्न हिंडे ।
61जब दुवै समूहले एक अर्कालाई देखिहाल्यो, तब मूसाका साथीहरूले भन्नथाले कि हामी त निश्चय नै समातियौं ।
62मूसाले भने, कदापि होइन मेरो पालनकर्ता मेरो साथमा छ, उसले पक्कै मलाई बाटो देखाउनेछ ।
63त्यसबखत हामीले मूसातिर ‘‘वह्य’’ पठायौं कि आफ्नो लठ्ठीले समुद्रमाथि प्रहार गर अनि त्यसै बेला समुद्र फाटिहाल्यो र पानीको हरेक टुक्रा ठूलो पहाड जस्तो भइहाल्यो ।
64र हामीले अर्को समूहलाई पनि त्यहीं निकट ल्याएर उभ्याइदियौं ।
65र हामीले ‘‘मूसा’’ र उनको साथमा भएका सबैलाई बचाइहाल्यौं ।
66अनि अर्को समूहलाई डुबाइदियौं ।
67निःसन्देह यसमा ठूलो निशानी छ, तापनि उनीहरूमध्ये अधिकतर ईमानवाला छैनन् ।
68र निश्चय नै तपाईको पालनकर्ता अधिपत्यशाली, अत्यन्त दयावान छ ।
69र उनीहरूलाई इब्राहीम (अलैहिस्सलाम) को वृतान्त पनि सुनाइदिनुस् ।
70जब उनले आफ्नो पिता र आफ्नो जातिबन्धुका मानिसहरूसित भनेः कि तिमी कुन कुराको पूजा गर्दछौ
71उनीहरूले जवाफ दिए कि हामी मूर्तिहरूको पूजा गर्दछौं र उनीहरूको सेवामा लागिरहने छौं ।
72(इब्राहीमले) भनेः कि, जब तिमी उनीहरूलाई पुकार्दछौ, त के उनीहरूले तिम्रो सुन्दछन्
73वा तिमीलाई फाइदा दिन वा नोक्सानी पुर्याउन सक्दछन्
74उनीहरूले भने, (यो हामी केही जान्दैनौं) बरु हामीले आफ्ना बाबु बाजेलाई यस्तै गरेको देखेका छौं ।
75(इब्राहीमले) भने, के तिमीले देख्यौ कि जसलाई तिमी पूजिराखेका छौ ।
76तिमी पनि र तिम्रा अघिका बाबुबाजे पनि ।
77उनीहरू मेरा शत्रु हुन्, अल्लाह बाहेक जो ब्रह्माण्डको स्वामी हो ।
78जसले मलाई सृष्टि गर्यो र उसैले मलाई मार्गदर्शन गर्दछ ।
79उही नै हो जसले मलाई खुवाउँछ र पिलाउँछ ।
80र जब म विरामी पर्दछु त उसैले मलाई निको पार्छ ।
81र उसैले मलाई मार्नेछ (र) पुनः जीवित गर्नेछ ।
82र (उही नै हो) जोसित म आशा राख्दछु, कि कियामतको दिन मेरा पापहरूलाई क्षमा गर्नेछ ।
83हे ब्रह्माण्डको पालक ! मलाई निर्णय गर्ने शक्ति प्रदान गर र असल मानिसहरूमा शम्मिलित गर ।
84र पछि आउनेहरूमा पनि मेरो राम्रो चर्चा बाँकी राख ।
85र मलाई उपकारहरूले भरिएको जन्नत (स्वर्ग) का उत्तराधिकारीहरूमा शम्मिलित गर ।
86र मेरो बाबुलाई क्षमा गरिदेऊ । निश्चय नै ऊ पथभ्रष्ट मानिसहरूमध्येको थियो ।
87र जुन दिन मानिसहरू पुनः जीवित भई उठाइनेछन् मलाई अपमानित नगर्नु ।
88जुन दिन धन सम्पत्ति र सन्तानहरू कुनै काम लाग्ने छैनन् ।
89तर फाइदावाला उही हुनेछ जो मानिस अल्लाहको पासमा पवित्र हृदय लिई जानेछ ।
90र जन्नत संयमीहरूको एकदम समीपमा ल्याइनेछ ।
91र मार्ग विचलितहरूको लागि नर्क अगाडि ल्याइनेछ ।
92र उनीहरूसित सोधिनेछः कि जसलाई तिमी पूज्दथ्यो, उनीहरू कहाँ छन्
93अल्लाह बाहेक जो पूज्य थिए, के उनीहरू तिम्रो केही सहायता गर्नसक्दछन् ? वा कुनै बदला लिन सक्दछन्
94अनि तिनीहरू र सबै मार्गविचलितहरू टाउको निहुर्याई नर्कमा हालिनेछन् ।
95र शैतानका सेनाहरू सबै (नर्कमा जानेछन्) ।
96(त्यहाँ) उनीहरू एकआपसमा झगाडा गर्दै भन्नेछन् ।
97किः ‘‘अल्लाहको शपथ ! हामी त खुल्लारूपमा मार्गविचिलित थियौं ।’’
98जबकि हामीले तिमीलाई ब्रह्माण्डको पालनकर्ता अल्लाह बराबर ठान्दथ्यौं ।
99र हामीलाई यी अपराधीहरू बाहेक अरुले पथभ्रष्ट गरेनन् ।
100अब हाम्रो सिफारिश गर्नेवाला कोही छैन ।
101र न कोही घनिष्ट मित्र छ ।
102कति राम्रो हुने थियो, यदि हामीलाई (संसारमा) पुनः एक पटक जानमिल्ने भए, त हामी पक्का र सच्चा मोमिनहरूमध्येका भैहाल्थ्यौं ।
103यस घटनामा निश्चय नै एउटा ठूलो निशानी छ तैपनि उनीहरूमध्ये धेरैजसोले ईमान ल्याउने छैनन् ।
104र निःसन्देह तपाईको पालनकर्ता नै अधिपत्यशाली अत्यन्त दयावान छ ।
105नूहको जातिबन्धुले पनि रसूलहरूलाई झूठा भने ।
106जब कि उनीहरूसित उनका भाइ नूहले भनेः कि के तिमीलाई अल्लाहको डर छैन
107सुन म तिम्रो लागि अल्लाहको विश्वासनिय संदेष्टा हूँ ।
108तसर्थ तिमीहरूले अल्लाहसित डर मान्नु र मेरो भनाई मान्नु ।
109म यस कामको निम्ति तिमीबाट कुनै पारिश्रमिक माग्दिन । मेरो पारिश्रमिक त सम्पूर्ण संसारको पालनकर्ताको जिम्मामा छ ।
110अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।
111उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।
112(नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए
113उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।
114र म मोमिनहरूलाई धपाउनेवाला होइन ।
115म त स्पष्टरूपले सचेत गर्नेवाला मात्र हूँ ।
116उनीहरूले भने कि हे ‘‘नूह’’ यदि तिमीले (आफ्नो यस कुराबाट) पछि हटेनौ भने तिमी ढुंगा हानी मारिनेमध्येका हुनेछौ ।
117(नूहले) भनेः कि हे मेरो पालनकर्ता ! मेरो जातिबन्धुले त मलाई असत्य भनिदियो ।
118तसर्थ तिमीले मेरो र उनीहरूको बीचमा कुनै स्पष्ट निर्णय गरिदेऊ र मलाई र जुन मोमिन मेरो साथमा छन्, उनीहरूलाई बचाइहाल ।
119अतः हामीले उनलाई र उनका साथीहरूलाई भरेको डुङ्गामा सवार गराएर बचाइहाल्यौं ।
120तत्पश्चात शेष सबै मानिसहरूलाई हामीले डुबाइदियौं ।
121निःसन्देह यसमा ठूलो निशानी छ । तापनि यिनीहरूमध्ये अधिकतर ईमान ल्याउनेवाला थिएनन् ।
122र निःसन्देह तिम्रो रब सर्वशक्ति सम्पन्न (र) अत्यन्त दयावान छ ।
123आदको समुदायले पनि संदेष्टाहरूलाई झूठा भने ।
124जबकि उनीसित उनको भाइ ‘‘हूदले’’ भनेः, के तिमी (अल्लाहबाट) डराउँदैनौ
125म त तिम्रो ईमानदार संदेष्टा (पैगम्बर) हूँ ।
126तसर्थ अल्लाहसित भयगर र मेरो भनाई मान ।
127र म यसको तिमीबाट कुनै पारिश्रमिक माँग्दिन । मेरो बदला त विश्वको पालनकर्ताको जिम्मामा छ ।
128के तिमीले प्रत्येक उच्च स्थानमा खेल तमाशाको लागि व्यर्थ एउटा स्मारकको निर्माण गर्दैछौ
129र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
130र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
131त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
132र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
133उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
134र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
135मलाई तिम्रो बारेमा एउटा ठूलो दिनको यातनाको भय छ ।
136उनीहरूले भन्न थालेः कि हामीलाई उपदेश गर वा नगर, बराबर छ ।
137यो त मात्र पहिलाका मानिसहरूको चल्दै आएको रीति हो ।
138र हामीलाई कहिले पनि यातना दिइनेछैन ।
139उनीहरूले ‘‘हूदलाई’’ असत्य भने, त हामीले उनीहरूलाई नष्ट गरिहाल्यौं । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
140निःसंदेह तपाईको पालनकर्ता उही हो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान ।
141समूदको समुदायले पनि रसूलहरूलाई असत्य भने ।
142(जबकि) उनीसित उनको भाइ ‘‘सालेहले’’ भने कि तिमीहरू अल्लाहसँग डराउँदैनौ
143निःसंदेह म त तिम्रोलागि अल्लाहको विश्वसनीय पैगम्बर (दूत) हूँ ।
144अतः तिमी अल्लाहसित डर र मेरो कुरा मान ।
145(र) म यस कामको लागि तिमीसित कुनै प्रतिफल माँग्दैन । मेरो प्रतिफल त सम्पूर्ण जगतको स्वामीको जिम्मामा छ ।
146के जुन कुराहरू यहाँ उपलब्ध छन्, त्यसमा तिमी निश्चिंत छोडिदिइनेछौ
147(अर्थात) बगैंचा र श्रोतहरूमा ।
148र खेती र यी खजूरका बगैचाहरू जसको झुप्पाहरू ताजा र कोमल हुन्छन् ।
149र तिमीले पहाडहरूलाई काटी सुन्दर घर बनाउँदैछौ ।
150तसर्थ अल्लाहसित डर र मैले भनेको मान ।
151र सीमाउल्लघंन गर्नेहरूको कुरा नमान ।
152जो देशमा दंगा फसाद मचाउँछन् र सुधार गर्दैनन् ।
153उनीहरूले भने कि तिमी त जादूले मोहित पारिएकामध्येबाट हौ ।
154तिमी त हामी जस्तै मानिस हौ । यदि तिमी साँचो हौ भने कुनै चमत्कार प्रस्तुत गर ।
155(सालेहले) भने (हेर) यो ऊँटनी हो, एक दिन यसको पानी पिउने पालो हो, र एक निश्चित दिन पानी लिने पालो तिम्रो हो ।
156खबरदार यसलाई कुनै कष्ट नपुर्याउनु, अन्यथा तिमीलाई एकबडो दिनको यातनाले समात्ने छ ।
157तैपनि उनीहरूले त्यसको घुँडा काटिदिए, अनि पछि लज्जित भए ।
158तसर्थ उनलाई यातनाले समातिहाल्यो । निःसन्देह यसमा निशानी छ र यिनीहरूमध्ये अधिकांश ईमानवाला थिएनन् ।
159र निःसंदेह तपाईको पालनकर्ता सर्वशक्ति सम्पन्न र अत्यन्त दयावान छ ।
160‘‘लूतको’’ जातिबन्धुले पनि रसूलहरूलाई असत्य भने ।
161(जब) उनीहरूसित उनका भाइ ‘‘लूतले’’ भने कि तिमी अल्लाहसित किन डराउँदैनौ
162निःसंदेह म तिम्रो लागि विश्वसनीय रसूल हूँ ।
163तसर्थ तिमी अल्लाहसित डर र मेरो भनाई मान ।
164र म तिमीसित यसको प्रतिफल माँग्दिन । मेरो प्रतिफल त विश्वको पालनकर्ताको जिम्मामा छ ।
165के संसारमा तिमी यस्ता हौ जो पुरुषसंग व्यभिचार (गुदामैथुन) गर्दछौ
166र तिम्रो पालनकर्ताले तिम्रो निम्ति जुन महिलाहरूलाई तिम्रो पत्नीहरू बनाएको छ, उनीहरूलाई परित्याग गरिदिन्छौ । सत्य कुरा त यो हो कि तिमी सीमाउल्लघंन गर्नेवालाहरू नै हौ ।
167उनीहरूले जवाफ दिए कि हे ‘‘लूत’’! यदि तिमी मान्ने छैनौ भने देश निकाला गरिनेछौ ।
168उनले भने कि म तिमीहरूको कामबाट अत्यन्त अप्रसन्न छु ।
169हे मेरो पालनकर्ता ! मलाई र मेरो परिवारलाई (मान्नेवालाहरूलाई) जुन काम यिनीहरूले गर्दछन्, त्यसको परिणामबाट बचाऊ ।
170तसर्थ हामीले उनलाई र उनका साथदिने सबैलाई बचायौं ।
171तर एउटी बृद्धा (बाहेक) जुन पछि रहनेहरूमध्येकी थिई ।
172त्यस उपरान्त हामीले अरु सबैलाई नष्ट गरिहाल्यौं ।
173र हामीले उनीहरूमाथि एउटा विशेष प्रकारको वर्षा गरायौं, जुन वर्षा अत्यन्त नराम्रो थियो र ती चेताइएका मानिसहरूमाथि पर्यो ।
174यो घटना पनि पूरै निशानी छ र उनीहरूमध्ये पनि अधिकांश ईमान ल्याउनेवाला थिएनन् ।
175र निःसंन्देह तिम्रो पालनकर्ता उही हो अधिपत्यशाली र अत्यन्त दयावान
176‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
177जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।
178निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।
179तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।
180र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।
181(हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।
182र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
183र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।
184उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।
185उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।
186र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।
187यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।
188(शुऐबले) भने कि, जुन काम तिमीले गर्दछौ, मेरो पालनकर्ता त्यसलाई राम्ररी जान्दछ ।
189किन भने उनीहरू उनलाई झूठा भनिहाले । त्यसकारण छायाँवाला दिनको यातनाले उनीहरूलाई समातिहाल्यो । निश्चय नै त्यो ठूलो (दिनको) यातना थियो ।
190निःसन्देह यसमा ठूलो निशानी छ तर यिनीहरूमध्ये धेरै ईमानवाला थिएनन् ।
191र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।
192र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
193यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
194तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
195(र) स्पष्ट अरबी भाषामा छ ।
196र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।
197के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।
198र यदि हामीले यसलाई अरबी भाषा बाहेक अरु कुनै भाषाभाषीमाथि अवतरण गरेको भए ।
199र उसले यिनीहरूलाई त्यो पढेर सुनाउँदा यिनीहरूले यसलाई मान्दैनथे ।
200यसै प्रकार हामीले अपराधीहरूका हृदयमा त्यस इन्कारीलाई बसालिदियौं ।
201र उनीहरूले जबसम्म कष्टदायी यातना देख्दैनन् ईमान ल्याउने छैनन् ।
202त्यो कष्ट उनीहरूमाथि एक्कासी आइपर्नेछ र उनीहरूलाई थाहा पनि हुनेछैन ।
203त्यो बेला भन्नेछन्ः के हामीले केही मोहलत पाउनेछौं
204त के उनीहरूले हाम्रो यातनालाई शीघ्र चाहिराखेका छन्
205अच्छा, यो पनि बताऊ कि यदि हामीले उनीहरूलाई वर्षौसम्म फाइदा उठाउन दियौं ।
206तै पनि उनीमाथि त्यो यातना आइपुग्यो, जसको बारेमा उनीहरूलाई वाचा गरिन्थ्यो ।
207तसर्थ जुन फाइदा यिनीहरूले लिइराखेका थिए, उनीहरूलाई केही काम आउनेछैन
208र हामी कुनै बस्ती नष्ट गरेनौ तर त्यसको निम्ति सावधान गर्नेवालाहरू पठाउने गरेका थियौं ।
209सावधान गराइदिनुको लागि, र हामी अत्याचारी होइनौं ।
210यस कुरआनलाई शैतानहरूले लिएर अवतरित भएका होइनन् ।
211उनीहरू न यसकामको लागि योग्य छन् र न उनीहरू यसको क्षमता राख्दछन् ।
212बरु उनीहरू त यसलाई सुन्नेबाट पनि बञ्चित गरिएका छन् ।
213तसर्थ तिमीले अल्लाह बाहेक कुनै अरु पूज्यलाई नपुर्कानु, अन्यथा तिमी पनि यातना पाउनेमध्येका हुनेछौ ।
214र आफ्ना नजिकका आफन्तहरूलाई सावधान गरिदिनु ।
215ईमान ल्याएर तपाईको अनुयायी भइसकेकाहरूसित नम्रतापुर्वक व्यवहार गर्नु ।
216यदि यी मानिसहरूले तपाईको अवज्ञा गर्दछन् भने भनिदिनुस् कि मेरो तिम्रो कर्महरूसित कुनै सरोकार छैन ।
217आफ्नो सम्पर्ण भरोसा सर्वशक्ति सम्पन्न (र) दयावान अल्लाहमाथि गर ।
218जसले तिमीलाई देखिरहन्छ (तहज्जुदको बेला) जब तिमी उठ्दछौ ।
219र सिज्दा गर्नेहरूमा तिम्रो आवत जावतलाई पनि ।
220ऊ सबै सुन्नेवाला जान्नेवाला छ ।
221के मैले तिमीलाई भनू“ कि शैतानहरू कसमाथि ओर्लन्छन्
222तिनीहरू प्रत्येक झूठा अपराधीमाथि ओर्लन्छन् ।
223जसले सुनेको कुरा भन्छन् र उनीहरूमध्ये अधिकांश झूठा छन् ।
224कविहरूको अनुशरण त मार्गविचलित मानिसहरूले नै गर्ने गर्दछन् ।
225के तपाईले देख्नु भएन कि उनीहरू हरेक क्षेत्रमा बहकिरहन्छन् ।
226र उनीहरू भन्दछन् त्यो कुरा, जुन गर्दैनन् ।
227ती मानिसहरू बाहेक जसले ईमान ल्याए र असल काम गरे र अल्लाहलाई धेरै स्मरण गरे । र आफूमाथि अत्याचार भएपछि प्रतिकार गरे, अत्याचारीहरूले शीघ्र नै थाहा पाउनेछन् कि कतातिर फर्कनु पर्नेछ ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath