इस्लाम
पछाडि

23. अल-मुमिनुन

1निःसन्देह ईमानवालाहरू सफल भइहाले ।

2जसले आफ्नो नमाजमा विनम्रता अपनाउँछन् ।

3र जो अनर्गल कुराहरूबाट पन्छिन्छन् ।

4र जो जकात दिन्छन् ।

5र जो आफ्ना गुप्ताङ्गहरूको रक्षा गर्दछन् ।

6तर आपल्नो पत्नीहरू र आफ्नो अधीनस्थ दासी स्वास्नीहरूसँग सम्बन्ध राख्दा उनीहरू निन्दनीय छैनन् ।

7जो कोही यस बाहेक अरु केही चाहन्छन् त्यस्ता मानिसहरू सीमाको उल्लघंन गर्नेवाला हुनेछन् ।

8र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।

9र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।

10यीनै (मानिसहरू) वारिस हुनेछन् ।

11जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।

12र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।

13अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।

14फेरि शुक्रको एउटा डल्लो बनायौं, फेरि डल्लोबाट भ्रुण बनायौं, अनि भ्रुणबाट हाडहरू बनायौं, अनि हाडहरूमाथि मासुको पत्र राख्यौं, अनि त्यसलाई नयाँ आकारमा बनाइदियौं तसर्थ अल्लाह साह्रै नै बर्कतवाला,(कल्याणकारी) सबभन्दा उत्तम स्रष्टा हो ।

15अनि यस पश्चात निश्चितरूपले तिमी सबै मर्छौ ।

16अनि कियामतको दिन तिमी निश्चय नै उठाइने छौ ।

17हामीले तिमीमाथि सात आकाशहरू सृष्टि गरेका छौं र हामी प्राणीहरूबाट असावधान छैनौं ।

18र हामीले आकाशबाट एउटा ठीक अन्दाजले पानी बर्षाउँछौं, अनि हामीले त्यसलाई धर्तीमा रोक्छौं, र त्यसलाई विलुप्त गर्ने सामथ्र्य पनि हामीमा छ ।

19अनि हामीले त्यसै पानीबाट तिम्रो निम्ति खजूर र अङ्गूरका बगैंचाहरू उत्पन्न गर्यौं । तिम्रो निम्ति त्यसमा धेरै फल–फूल छन् र तिनैबाट तिमीले खान्छौ ।

20र त्यो रुख (पनि हामीले नै सृष्टि गरेका छौं ।) जुन ‘‘तूरे सीना’’ पहाडबाट उत्पन्न हुन्छ जुन खानेहरूको लागि तेल र सालन लिएर उम्रन्छ ।

21र निश्चय नै तिम्रा निम्ति चौपायहरूमा पनि धेरै शिक्षा छ, तिनीहरूको पेटबाट हामीले तिमीलाई दूध खुवाउँछौं । र तिम्रो निम्ति तिनीहरूमा धेरै फाइदाहरू छन् र तिनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।

22र तिनीहरूमाथि र डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।

23निःसन्देह हामीले नूहलाई उनको समुदायतिर रसूल बनाएर पठायौं, र उनले तिनीहरूसित भनेकि हे समुदायका मानिसहरू ! अल्लाहकै पूजा गर, उस बाहेक तिम्रो अरु कोही पूज्य छैन, के तिमी डर्दैनौ ।

24तब उनको समुदायको नायकले जो काफिर थिए, स्पष्टसंग भन्नथालेः कि यो त तिमी जस्तै मानिस हो, तिमीमाथि श्रेष्ठता प्राप्त गर्न चाहन्छ र यदि अल्लाहले चाहेको भए कुनै फरिश्ताहरूलाई (स्वर्गदूतहरूलाई) पठाउने थियो । हामीले त आफ्नो पूर्वजहरूबाट यो कुरा कहिल्यै पनि सुनेनौं ।

25यो त पक्कै उन्मादग्रस्त व्यक्ति हो अतः एक निश्चित अवधिसम्म तिमीले यसलाई छूट देऊ ।

26(नूहले) प्रार्थना गरे कि हे पालनकर्ता ! उनीहरूले मलाई झूठा भनेका छन्, तिमीले मेरो मद्दत गर ।

27तब हामीले उनीतिर ‘‘वह्य’’ पठायौं कि हाम्रो आँखाको अगाडि र हाम्रो ‘‘वह्य’’ अनुसार एउटा डुङ्गा बनाऊ, अनि जब हाम्रो आदेश आउँछ र जब पानीको बाढी आउँछ तब प्रत्येक प्रजातिहरूमध्येबाट एक–एक जोडी त्यसमा राखिहाल, र आफन्तहरूलाई पनि, तर उनी बाहेक जसको विरुद्ध हामीले निर्णय दिइसकेका छौं र अत्याचारीहरूको विषयमा मसित कुरा नगर्नु । तिनीहरू त डुबाइने नै छन् ।

28र जब तिमी र तिम्रा साथीहरू डुङ्गामा राम्रोसंग बसिहाल्छौ तब (अल्लाहप्रति आभार प्रकट गर्नु र) भन्नु कि प्रशंसा अल्लाहकै लागि हो, जसले कि हामीलाई अत्याचारीहरूबाट छुटकारा प्रदान गर्यो ।

29र त्यो पनि प्रार्थना गर्नु कि हे पालनकर्ता ! हामीलाई कल्याणकारी ठाउँमा उर्तानु र तिमी नै सबैभन्दा राम्रो उतार्नेवाला हौ ।

30निःसन्देह यस (घटना) मा निशानीहरू छन् र हामीले त परीक्षा गर्नुछ ।

31फेरि उनीहरू पश्चात हामीले अरु समुदायहरू पनि सृष्टि गर्यौं ।

32फेरि उनीहरूमध्येबाटै पैगम्बर सन्देष्टा पठायौं, कि तिमीहरू सबै अल्लाहको पूजा गर, उस बाहेक तिम्रो कोही पूज्य छैन । अनि के तिमी डर्दैनौ

33अनि उनको समुदायका सरदारहरूले जो काफिर थिए र आखिरतको आगमनलाई झूठा ठान्दथे र जसलाई हामीले सांसारिक जीवनमा सुख प्रदान गरेका थियौं, तिनीहरूले जवाफ दिन थालेः कि यो त तिमी जस्तै एउटा मानिस हो । जुन किसिमले खाना तिमीले खान्छौ, त्यस्तै प्रकारको खाना यसले पनि खान्छ, र जुन पानी तिमी पिउँदछौ, त्यस्तै यसले पनि पिउँछ ।

34यदि तिमीले आफू जस्तै एउटा मानिसले भनेको मान्यौ भने तिमी धेरै घाटामा परिहाल्छौ ।

35के यसले तिमीसित यस कुराको वचन गर्दछ कि जब तिमी मरेर हाँड र माटो भइहाल्छौ तब तिमी फेरि जिन्दा (जीवित) गरिने छौ

36होइन–होइन जुन कुराको तिमीलाई वचन दिइन्छ, त्यो धेरै धेरै टाढा छ ।

37जिन्दगी भनेको यही हाम्रो संसारिक जीवन नै हो, हामी मर्दै र बाँच्दै रहनेछौं र हामी फेरि उठाइने छैनौं ।

38यो त यस्तो मान्छे हो जसले कि अल्लाहको बारेमा मनगढन्ते कुरा गर्दछ र यसको कुरामाथि हामीले ईमान ल्याउने छैनौं ।

39(पैगम्बरले) भनेः कि पालनकर्ता ! उनीहरूले मलाई झूठा ठान्दछन्, तिमीले मेरो सहायता गर ।

40जवाफ आयो यिनीहरूले शीघ्र नै लज्जित हुनेछन् ।

41अन्ततः गत्वा न्यायको माँग अनुसार तिनीहरूलाई एउटा प्रचण्ड चित्कारले समातिहाल्यो र तिनीहरूलाई कूडा–करकट बनाइहाल्यौ । अतः धिक्कार छ यस्ता अत्याचारीहरूलाई ।

42अनि हामीले तिनीहरू पश्चात अन्य धेरै समुदायहरू (नस्ल)लाई सृष्टि गर्यौं ।

43न कुनै पनि समुदाय आफ्नो निर्धारित समयभन्दा अगाडि जान सक्तछ न पछाडि रहन सक्तछ ।

44अनि हामीले (एकपछि अर्को) निरन्तर आफ्नो रसूलहरू पठायौं । जहिले पनि कुनै समुदायमा उसको रसूल आयो त्यसका मानिसहरूले त्यसलाई असत्य भने । अतः हामीले एकलाई अर्काको पछाडि (विनाशको लागि) लगाउँदै गर्यौं र हामीले उनीहरूलाई यस्तो गरिहाल्यौं, कि उनीहरू कथाहरूको रूपमा मात्र बाँकी रहे । तसर्थ धिक्कार छ तिनीहरूमाथि जसले ईमान ल्याउँदैनन् ।

45अनि हामीले ‘‘मूसा’’ र उनको भाइ ‘‘हारून’’ लाई आफ्ना निशानीहरू र स्पष्ट प्रमाणहरू दिएर पठायौं ।

46फिरऔन र त्यसका सरदारहरूतिर तब उनीहरूले घमण्ड गरे, र उनीहरू अट्टेरी नै थिए ।

47(अनि तिनीहरू) भन्न थालेः कि के हामीले आफू जस्तै दुईजना मानिसहरूमाथि ईमान ल्याउँछौं, जबकि उनको समुदाय पनि हाम्रो अधीनमा छ ।

48अतः उनीहरूले ती दुईटैलाई झूठा भने र अन्तमा तिनीहरू पनि नष्ट हुनेहरूमा शम्मिलित भइहाले ।

49र हामीले त मूसालाई किताब प्रदान गर्यौं ताकि उनीहरू सही मार्गदर्शन प्राप्त गर्न सकुन् ।

50हामीले ‘‘मरियम’’ र उनको छोरा (ईसा) लाई एउटा निशानी बनाएका थियौं र उनीहरूलाई एउटा उच्च ठाउँमा जुन बस्न लायक थियो र जहाँ स्वच्छ पानी बगिराखेको थियो, त्यहाँ शरण प्रदान गर्यौं ।

51हे पैगम्बरहरू ! पवित्र कुरा खाऊ र असल कर्म गर । जुन क्रियाकलाप तिमीले गर्दछौ, त्यो मलाई थाहा छ ।

52तिम्रो यो धर्म निश्चितरूपले वास्तवमा एउटै धर्म हो । र म तिम्रो पालनकर्ता हूँ, तसर्थ मसित डर ।

53किन्तु उनीहरूले स्वयम् आफ्नो काम (धर्म) लाई परस्पर टुक्रा–टुक्रा गरिहाले । प्रत्येक समूह त्यसैमा मग्न छ जुन उसको पासमा छ ।

54तसर्थ तपाईले उनीहरूलाई एउटा निश्चित समयसम्म उनीहरूकै अज्ञानतामा रहनदिनुस् ।

55के यिनीहरूले यो सम्झनछन् कि, हामीले जुन तिनीहरूको सन्तान र धन बढाइरहेका छौं ।

56त यो उनीहरूको हितको निम्ति शीघ्रता गरिराखेका छौं । होइन, बरु उनीहरूलाई यसको अनुभूति छैन ।

57निःसन्देह जुन मानिसहरू आफ्नो पालनकर्तासित तर्सन्छन् ।

58र जसले आफ्नो पालनकर्ताका प्रतीकहरूमाथि आस्था राख्दछन् ।

59र जसले आफ्नो पालनकर्तासित अरु कसैको साझेदारी ठहराउँदैनन् ।

60र जे दिन सक्दछन् दिन्छन् र उनीहरूको हृदय यस कुराबाट काम्ने गर्दछन् कि उनीहरूलाई आफ्नो पालनकर्तातिर फर्केर जानुछ ।

61यी नै ती मानिसहरू हुन्, जसले भलोको काममा शीघ्रता गर्दछन् र यही त्यसमा अग्रसर रहनेवाला छन् ।

62हामीले कुनैपनि व्यक्तिलाई उसको क्षमताभन्दा बढी कष्ट दिदैनौं । र हाम्रो साथमा यस्तो किताब छ जुन सत्य बोल्दछ र ती (मानिसहरू) माथि केही अत्याचार गरिनेछैन ।

63तर उनीहरका हृदय यी (कुराहर) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महर छन् जुन् कि यिनीहर गर्दै गर्नेछन् ।

64तर उनीहरूका हृदय यी (कुराहरू) तिर अज्ञानतामा परिराखेका छन्, र यस बाहेक अरु कर्महरू छन् जुन् कि यिनीहरू गर्दै गर्नेछन् ।

65आज विलाप नगर, निश्चय नै तिमीले हाम्रो विरुद्ध कुनै सहायता पाउने छैनौ’’ ।

66मेरा आयतहरू तिम्रो सामु पढेर सुनाइन्थे, तैपनि तिमीले उल्टै फर्किहाल्थ्यौ ।

67अकडका साथ र बकवास गर्दै त्यसलाई छाडि दिन्थ्यौ ।

68के उनीहरूले यस कुरामाथि ध्यानै दिएनन् ? वा उनीहरू नजिक त्यो आयो जुन उनको बाबु बाजे नजिक आएको थिएन

69वा यिनीहरूले आफ्नो पैगम्बरलाई चिनेनन् यसकारण उसलाई मान्दैनन् ।

70वा यो भन्छन् कि यो उन्मादी हो । जबकि उसले उनीहरूको सामु सत्य कुरा लिएर आएको छ । हो, उनीहरूमध्ये अधिकांशलाई सत्य अप्रिय छ ।

71यदि सत्य, उनीहरूको इच्छाको पछि– पछि हिँड्ने भएको भए समस्त आकाश र धर्ती र जे जति उनीहरूको बीचमा छ, सबैमा विगार उत्पन्न भइहाल्ने थियो । होइन, बरु सत्य यो हो कि हामीले उनीहरूको सामु उनीहरूको (भागको) उपदेश पुर्याइदिएका छौं । तर उनीहरू आफ्नो उपदेशबाट मुख फर्काइरहेका छन् ।

72के तपाईले उनीहरूसित केही पारिश्रमिक माँगी रहनुभएको छ ? यादराख्नुस् तपाईको स्वामीबाट प्रदान गरिएको कुरा नै उत्तम छ र त्यो सबभन्दा राम्रो जीविका प्रदान गर्नेवाला हो ।

73र वास्तवमा तपाईले उनीहरूलाई सोझो मार्गमा बोलाइरहनु भएको छ ।

74निश्चितरूपले जुन मानिसहरू आखिरतमाथि आस्था राख्दैनन् उनीहरू यस मार्गबाट विचलित भई हिड्नेवाला छन् ।

75र यदि हामीले उनीहरमाथि दया गथ्र्यौ र उनीहरको कष्ट हटायांै भने उनीहर आफ्नो अट्टेरीपनामा अरु बहकी रहनेछन् ।

76यद्यपि हामीले उनीहरूलाई यातनामा समात्यौं तैपनि उनीहरू न आफ्नो पालनकर्ताको अगाडि नतमस्तक भए नत उनीहरू याचना नै गरे ।

77यहाँसम्म कि हामीले जब उनीहरूमाथि तीव्र सजायको ढोका खोलिदियौं तब त्यसबेला उनीहरू निराश भइहाले ।

78र त्यही अल्लाह हो जसले तिम्रो लागि कान र आँखाहरू तथा हृदयहरू बनायो । तर तिमीले थोरै कृतज्ञता प्रकट गर्दछौ ।

79र उही त हो जसले तिमीलाई सृष्टि गरेर पृथ्वीमा फैलाइदियो र उसैतिर तिमी एकत्रित गरिने छौ ।

80र उही हो जसले जीवन प्रदान गर्दछ, र मृत्यु दिन्छ र एकपछि अर्को आउने रात र दिन उसैको अधिकारमा छ, के तिमीले बुझ्दैनौ

81कुरा यो छ कि जुन कुरा अघिकाले भन्दथे, उस्तै प्रकारको कुरा यिनीहरूले पनि भन्दछन् ।

82(भन्दछन्ः) कि जब हामी मरेर माटो र हड्डीहरू भइहाल्नेछौं तै पनि के हामी फेरि उठाइने छौं र

83यो वाचा हामीसित र हामीभन्दा पहिला हाम्रा बाबु बाजेहरूसित पनि हुँदै आएको छ, यो त मात्र अघिका मानिसहरूका कथाहरू हुन् ।

84सोध्नुस् त जमिन, र जेजति जमिनमा छन् (सबै) कसका सम्पत्ति हुन् बताऊ यदि थाह छ

85तुरुन्त जवाफ दिनेछन्ः कि अल्लाहको । भन्नुस् त्यसो भए तिमी किन उपदेश मान्दैनौ

86सोध्नुस् किः सात आकाशहरूको स्वामी को हो र महान सत्तासनको मालिक को हो

87उनीहरूले जवाफ दिनेछन्ः कि अल्लाह नै हो, भन्नुस् कि त्यसो भए किन डर मान्दैनौ

88सोध्नुस् कि यदि तिमी जान्दछौ भने भनकि त्यो कोहो जसको हातमा हरेक कुराको आधिपत्य छ र उसले शरण दिन्छ र उसको दाँजोमा कसैले कसैलाई शरण दिन सक्दैन ।

89यही जवाफ दिनेछन्ः कि अल्लाह नै हो । भन्नुस् किः त्यसो भए तिमीमाथि जादू कहाँबाट चल्छ

90सत्य यो छ कि हामीले उनीहरूको सामु सत्य कुरा पुर्याइदिएका छौं र यिनीहरू निःसन्देह झूठा छन् ।

91अल्लाहले नत कसैलाई छोरा बनाएको छ र नत उसको साथमा अरु कोही पूज्य छ, अन्यथा प्रत्येक पूज्यले आफ्नो सृष्टिलाई लिएर अलग अलग हिड्ने थियो, र प्रत्येक एक अर्कामाथि आक्रमण गरिहाल्थ्यो । महान र उच्च छ अल्लाह ती कुराहरूबाट जुन उनीहरूले वर्णन गर्छन ।

92ऊ लुकेको र प्रकट कुरा जान्दछ र जो उसको साथमा अन्यलाई साझेदार ठहराउँदछन् त्यसभन्दा ऊ उच्च छ ।

93(हे मुहम्मद !) तपाईले प्रार्थना गर्नुस् कि हे पालनकर्ता ! जुन (सजाय) को वचन यिनीहरूसित भएको छ, यदि तिमीले मेरो जिन्दगीमा नै उनीहरूमाथि उतारेर देखाउँछौ ।

94भने हे पालनकर्ता ! मलाई यी अत्याचारीहरूको समूहमा शम्मिलित नगर्नु ।

95निश्चय नै हामी यस कुराको सामथ्र्य राख्दछौं कि हामीले उनीहरूसित जुन वचन गरिराखेका छौं त्यो तपाईलाई देखाइहालौं ।

96र नराम्रो कुराको उत्तरमा यस्तो कुरा भन जुनकि धेरै राम्रो होस् यिनीहरूले जेजति वर्णन गर्छन हामीलाई सबै थाहा छ ।

97र भन्नुस् हे पालनकर्ता म शैतानहरूको उकसाहटबाट तिम्रो शरण चाहन्छु ।

98हे पालनकर्ता ! यसकारण पनि तिम्रो शरण माँग्दछु ताकि तिनीहरू मेरो सामु उपस्थित नहोउन् ।

99यहाँसम्म कि जब उनीबाट कसैको मृत्यु नजिक हुन्छ त भन्छन्ः मेरो पालनकर्ता मलाई फर्काइदेऊ ।

100ताकि जुन (संसार)लाई म छोडेर आएको छु त्यसमा म राम्रो काम गरूँ, कदापि यस्तो हुनेछैन । यो त खाली एउटा कुरा हो जुन उसले भन्नेछ (त्यो पूरा हुनेछैन) र उनीहरूको पछाडि एक प्रकारको पर्दा छ, त्यो दिनसम्म जबकि पुनः उठाइनेछन् ।

101अनि जब सूर फूँकिन्छ, तब त्यहाँ तिनीहरूमा नत रिश्ता, नातेदारी रहनेछ नत एक अर्काबीच सोधपूछ ।

102जसको कर्मको भार गर्हुङ्गो हुनेछ, उनीहरू सफलता प्राप्त गर्नेछन् ।

103र जसको भार हर्लुङ्गो हुनेछ, उनीहरू त्यस्ता मानिस हुन् जसले आफूलाई हानिमा पारे, सधैंको लागि नर्कमा रहनेछन् ।

104आगोले उनीहरूको अनुहारलाई पोलिरहने छ, र त्यसमा उनीहरूको अनुहार विकृत भइराखेका हुन्छन् ।

105के तिम्रो अगाडी मेरा आयतहरू पढेर सुनाइन्नथे ? र तैपनि तिमीले तिनलाई झूठो मान्थ्यो ।

106(तिनीहरू) भन्नेछन, हे हाम्रो पालनकर्ता । हाम्रो दुर्भाग्य हामीमाथि प्रभावित भयो र हामी पथविचलित मानिस थियौं ।

107हे हाम्रो पालनकर्ता ! हामीलाई यहाँबाट मुक्ति देऊ अनि यदि तैपनि हामीले पुनः यस्तो गर्छौं भने निश्चय नै हामी अत्याचारी हुनेछौं ।

108अल्लाहबाट आदेश हुनेछ, कि यसैमा तिरस्कृत भई बसिराख र मसित कुरा नगर ।

109मेरा भक्तहरूमा केही यस्ता मानिसहरू थिए जसले भन्दैथिएः कि हे हाम्रो पालनकर्ता हामीहरूले ईमान ल्याइसकेका छौं तिमीले हामीलाई क्षमा गरिदेऊ, र हामीमाथि दया गर र तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।

110तर तिमीले उनको उपहास गर्यौ, यहाँसम्म कि उनको कारण तिमीले मेरो सम्झना पनि बिर्सिहाल्यौ र तिमीेले उनीमाथि हाँस्दै गर्यौ ।

111आज मैले उनीहरूको धैर्यको प्रतिफल प्रदान गरेकोछु । उनीहरू आफ्नो लक्ष्य प्राप्त गरेका छन् ।

112अल्लाह सोध्नेछः कि तिमी धर्तीमा कति वर्ष बस्यौ

113उनीहरूले भन्नेछन् कि हामी एक दिन वा एकदिनभन्दा पनि कम बस्यौं । गणना गर्नेवालाहरूसित सोधिहाल्नुस् ।

114अल्लाहले भन्नेछः कि (त्यहाँ) तिमी साह्रै नै कम बस्यौं । कति राम्रो हुनेथियो यदि तिमीले जानेको भए ।

115के तिमीले यो ठानेका छौ, कि हामीले तिमीलाई व्यर्थमा सृष्टि गरेका छौं र यो कि तिमीलाई हामीतिर फर्काइनेछैन

116अल्लाह, सच्चा सम्राट हो ऊ धेरै उच्च छ । उसबाहेक कोही अन्य सत्य पूज्य छैन, उही स्वामी हो, महिमाशाली सिंहासनको ।

117जोसुकै व्यक्तिले अल्लाहको साथमा कुनै अर्को पूज्यलाई पुकार्दछ, जसको बारेमा उसको साथमा कुनै प्रमाण छैन, त उसको हिसाब उसको पालनकर्तासित छ । निश्चय नै अवज्ञाकारीहरू कहिल्यै सफल हुने छैनन् ।

118र भन्नुस् कि हे मेरो पालनकर्ता ! मलाई क्षमा गरिदिनुस् र दया गर्नुस् तिमी सबैभन्दा राम्रो दया गर्नेवाला हौ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath