इस्लाम
पछाडि

15. अल-हिजर

1अलिफ. लाम. रा. यी अल्लाहको किताबका आयतहरू हुन् र खुल्ला र स्पष्ट कुरआनको ।

2त्यो बेला पनि आउनेछ जब कि काफिर आफ्नो मुसलमान हुने इच्छा प्रकट गर्नेछन् ।

3(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) तपाईले तिनीहरूलाई तिनीकै अवस्थामा रहन दिनुस् ताकि तिनीहरूले उपभोग गरुन र आनन्द लिउन र (झूठो) आशाले उनीहरूलाई (संसारमा) अल्मलाई राखोस् । शीघ्रनै तिनीहरूलाई थाहा भइहाल्नेछ ।

4कुनै बस्तीलाई हामीले नष्ट पारेनौं परन्तु त्यसको समय निर्धारित र निश्चित थिए ।

5कुनै समूह आफ्नो निर्धारित समयभन्दा न आगडि बढ्न सक्छ न पछाडि रहन सक्छ ।

6उनीहरूले ‘‘भनेः ‘‘कि हे त्यो मानिस ! जसमाथि कुरआन उतारिएको छ निःसन्देह तिमी त दिवाना हौ ।’’

7यदि तिमी साँचो छौ भने ‘‘हाम्रो नजिक फरिश्ताहरूलाई किन ल्याउँदैनौ ?’’

8(भनिदिनुस्) हामीले फरिश्ताहरूलाई सत्यको साथमै पठाउँदछौं र त्यतिखेर तिनीहरूलाई फुर्सद दिइएको हुँदैन ।

9(निःसन्देह) हामीले नै कुरआनलाई उतारेका छौं र हामीनै यसको संरक्षक हौं ।

10हामीले तपाईभन्दा पहिलाका विभिन्न सम्प्रदायहरूमा रसूलहरू पठाएका थियौं ।

11र तिनीहरू समीप जुन रसूल पनि आउँथ्यो तिनीहरूले उसको उपहास गर्ने गर्दथे ।

12यसैप्रकार हामीले त्यस (उपहास) लाई अपराधीहरूको हृदयहरूमा प्रवेश गराइदिन्छौं ।

13(तसर्थ) तिनीहरूले यसमाथि ईमान ल्याउँदैनन्, र तिनीहरूभन्दा अघिका मानिसहरूको तरिका बितिसकेको (तरिका) हो ।

14र यदि हामीले तिनीहरूका लागि आकशहरूको ढोका खोलिदेऔं र तिनीहरू त्यहाँ उक्लिन पनि थालुन् ।

15तैपनि यही भन्नेछन्ः ‘‘कि हाम्रा आँखाहरूलाई मात लागेको छ, बरु हामीमाथि जादू गरिदिइएको छ ।’’

16निःसन्देह हामीले नै आकाशहरूमा सौर्यमण्डल बनाएका छौं र दर्शकहरूको निम्ति सिंगारेका छौं ।

17र यसलाई प्रत्येक तिरस्कृत शैतानबाट सुरक्षित गरेका छौं ।

18तर हो यदि कुनै (शैतानले) लुकिछिपी सुन्न चाहन्छ भने उसको पछाडी प्रज्वलित लाग्दछ ।

19र पृथ्वीलाई पनि हामीले नै विस्तारित गरेका हौं, र त्यसमाथि अटल पहाड़हरू अवस्थित गर्यौं, र त्यसमा विभिन्न प्रकारका चीजहरू सन्तुलित रूपमा उत्पन्न गर्यौं ।

20र यसैमा हामीले तिम्रो निम्ति र तिनीहरूको लागि, जसलाई तिमीले जीविका दिदैंनौं, त्यसमा जीविकाका साधनहरू जुटायौं ।

21र हामीकहाँ हरेक कुराका खजाना छन् र हामीले तिनलाई निर्धारित मात्रामा पठाउँछौं ।

22र हामीले नै भारी हावाहरूमा गति उत्पन्न गराउँछौ र हामीले नै आकाशहरूबाट पानी बर्साउँछौ र हामीले नै तिमीहरूलाई त्यसको पानी पिलाउँछौं, र तिमी त त्यसको भण्डार गर्ने पनि होइनौं ।

23र हामीले नै जीवन प्रदान गर्दछौं र हामीले नै मृत्यु दिन्छौं, र हामी नै सबैका संरक्षक हौं ।

24जुन मानिसहरू तिमीभन्दा पहिले बितिसकेका छन् हामीलाई तिनीहरूको बारेमा थाहा छ, र जो पछि आउनेवाला छन् उनीहरूको बारेमा पनि हामीलाई थाहा छ ।

25तपाईको पालनकर्ताले (कियामतको दिन) सबैलाई एकत्रित गर्नेछ । निःसन्देह ऊ त बडो बुद्धिमत्तापूर्ण र ठूलो ज्ञाता छ ।

26निःसन्देह हामीले मानिसहरूलाई कट्कटिएर आवाज आउने सडेको कालो र ठोस माटोबाट बनाएका छौं ।

27र जिन्नहरूलाई त्यसभन्दा पनि अघि धुँवा नभएको प्रज्वलित आगोबाट सृष्टि गरेका थियौं ।

28र तिम्रो पालनकर्ताले फरिश्ताहरूसित भन्योः ‘‘कि म कट्कटिएर अवाज आउने सडेको माटोेबाट एउटा मानिसको सृष्टि गर्न गइराखेको छुँ ।’’

29जब उसलाई पूरा बनाइसक्छु र त्यसमा आफ्नो रूह (आत्मा) फुँकिसक्छु तब उसको अगाडि सिज्दा गर्नु (ढोग्नु) ।

30तसर्थ सबै फरिशताहरूले ढोग्न थाले ।

31तर इब्लीसले ढोग गरेन । उसले ढोग्नेहरूमध्ये शामिल हुनबाट इन्कार गर्यो ।

32(अल्लाहले) भन्नुभयोः कि इब्लीस तिमीलाई के भएको छ कि तिमी ढोग्नेहरूमा शम्मिलित भएनौ ।

33उसले भन्योः म यस्तो छैन, कि तपाईले कट्कटिएर आवाज आउने सडेको माटोले बनाएको मानिस अगाडि झुकेर ढोगूँ ।

34अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।

35र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।

36(त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।

37आदेश भयो कि तँलाई छूट दिइन्छ ।

38निर्धारित समय (कियामत) को दिनसम्म ।

39(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’

40तर, तिनीहरू बाहेक जो तिम्रो ईमानदार भक्त छन् ।

41(अल्लाहले) आदेश गर्नुभयोः कि मसम्म पुग्न यही सोझो बाटो हो ।

42जो मेरा (सच्चा) भक्त छन् तिनीहरूमाथि तिम्रो कुनै अधिकार हुनेछैन तर ती दिग्भ्रम व्यक्तिहरू बाहेक जो नराम्रो बाटोमा तिम्रो पछि पछि लाग्नेछन् ।

43निःसन्देह ती सबैलाई वचन दिएको ठाउँ नर्क हो ।

44त्यसका सातवटा ढोकाहरू छन् । प्रत्येक ढोकाको लागि तिनीहरूमध्येबाट समूहहरू विभाजित गरिएका छन् ।

45जो आत्मसंयमी छन्, तिनीहरू बगैचाहरू र झरनाहरूको माझमा बस्नेछन् ।

46(भनिनेछ कि) तिमीहरू शान्ति र सुरक्षासाथ प्रवेश गर ।

47र तिनीहरूको हृदयमा जे जति रिस र डाह छ, त्यसलाई हामीले सफा गरिदिनेछौं, तिनीहरू भाइ–भाइको रूपमा आसनहरूमा एक अर्काको सामु बसेका हुनेछन् ।

48तिनीहरूलाई त्यहाँ नकुनै कष्ट हुनेछ र नत तिनीहरू त्यहाँबाट कहिले निष्कासित गरिनेछन् ।

49(हे पैगम्बर !) मेरा भक्तजनहरूलाई भनिदिनुस्ः कि म बडो क्षमादाता र दयावान छुँ ।

50र साथै योः कि मेरो सजाय पनि धेरै कष्टदायक हुनेछ ।

51र तिनीहरूलाई इब्राहीमका अतिथिहरूको बारेमा सुनाइदिनुस् ।

52कि जब तिनीहरूले इब्राहीमको सामु आएर ‘‘सलाम’’ भने त उनले भने कि हामीलाई तिमीसित डर लाग्छ ।

53(अतिथिहरूले) भनेः ‘‘कि, न तर्सनुस्, हामीले तपाईलाई एउटा ज्ञानी छोरोको शुभसन्देश दिन्छौं ।’’

54(उनले) भनेः कि ‘‘मलाई बृद्ध अवस्थाले समातेपछि तिमीहरूले मलाई शुभसमाचार दिन्छौ ? कुन कुरोको आधारमा तिमीले यो शुभसमाचार दिन्छौ ?’’

55तिनीहरूले भनेः कि हामी तपाईलाई एकदम साँचो शुभसमाचार दिएका छौं । तपाई निराश नहुनुहोस् ।

56(इब्राहीमले) भनेः कि अल्लाहको कृपाबाट निराश हुनु त पथविचलित हुनेहरूको काम हो ।

57अनि सोधे कि अल्लाहले पठाएको फरिश्ताहरू ! तिमीहरूलाई यस्तो के महत्वपूर्ण काम छ

58तिनीहरूले भने कि हामी एउटा अपराधी समुदायतिर पठाइएका हौं ।

59तर ‘‘लूतको’’ परिवार बाहेक कि उनीहरूलाई हामीले बचाइहाल्नेछौं ।

60तर लूतकी स्वास्नी बाहेक जसको निम्ति निश्चित गरेकाछौं कि त्यो पछि रहनेछे ।

61अनि जब पठाइएका फरिश्ताहरू ‘‘लूतको’’ घर नजिक आइपुगे ।

62तब लूतले भनेः ‘‘तिमीहरू त अन्जान मानिस जस्तै छौ ।’’

63तिनीहरूले भनेः कि होइन, बरु हामी तपाईको सामु त्यो कुरा लिएर आएका छौं जसमा मानिसहरूले शंका गर्दथे ।

64र हामी तपाईको सामु वास्तविक कुरो लिएर अएका छौं र हामी सत्य भन्दछौं ।

65तसर्थ तपाई रात्रीको केही अंश शेष रहँदा घरका मानिसहरूलाई लिएर निस्कनुस् र स्वयम् उनीहरूको पछाडि हिंड्नुस् र तपाईहरूमध्ये कुनै पनि व्यक्तिले पछि फर्केर नहेरोस् र जहाँ तपाईहरूलाई आदेश हुन्छ त्यहाँ गइहाल्नुस् ।

66र हामीले लूततिर यो आदेश पठाएका छौं, कि यी अपराधिहरूको जरा विहान हुँदाहुँदै काटिनेछ ।

67र शहरका मानिसहरूले खुशियाली मनाउँदै आइपुगे

68लूतले भने कि यी मेरा अतिथिहरू हुन्, तिमीले मलाई अपमानित नगर्नु ।

69अल्लाहसित डरमान र मलाई लज्जित नगर्नु ।

70तिनीहरूले भनेः के हामीले तिमीलाई सम्पूर्ण संसारको सत्कारबाट मनाही गरेनौं

71(उनले) भनेः कि यदि तिमीले गर्नु नै छ भने यी मेरो छोरीहरू हुन्, (विवाह गरिहाल) ।

72(हे मुहम्मद !) तिम्रो प्राणको कसम ! तिनीहरू त नशामा उन्मक्त थिए ।

73तसर्थ तिनीहरूलाई सूर्य उदाइराखेकै बेलामा ठूलो धामाकाले आई समात्यो ।

74र हामीले त्यस शहरलाई उल्टाई विनाश गरिहाल्यौं र तिनीहरूमाथि ढुंङ्गा बर्षायौं ।

75निःसन्देह यस घटनामा बुझ्नेहरूका निम्ति धेरै निशानी छन् ।

76यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।

77र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।

78एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।

79तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।

80र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।

81हामीले तिनीहरूलाई आफ्ना निशानीहरू पनि दियौं तर तिनीहरू त्यसबाट विमुख हुँदै गए ।

82तिनीहरूले निडर भएर पहाडहरूलाई काटेर घर बनाउँदथे ।

83तर शक्तिशाली बिस्फोटले तिनीहरूलाई पनि समातिहाल्यो ।

84तिनीहरूको कुनै कार्य र उपाय तिनीहरूको काम लागेन ।

85र हामीले आकाशहरू र धर्तीलाई र जुन तिनीहरूमा छन्, तिनलाई एउटा उद्देश्यले सृष्टि गरेका हौं र कियामत त अवश्य नै आउनेछ, तसर्थ तिमीले तिनीहरूलाई दयापूर्ण तरिकाले क्षमा गरिदेऊ ।

86यसमा कुनै शंका छैन कि तिम्रो पालनकर्ता नै सृष्टि गर्नेवाला सर्वज्ञाता छ ।

87र निःसन्देह हामीले तपाईलाई सात आयतहरू प्रदान गरेका छौं जुन कि (नमाजमा) दोहोर्याएर पढिन्छन् र गरिमापूर्ण कुरआन पनि प्रदान गरेका छौं ।

88तपाईले त्यसतर्फ निश्चितरूपले आँखा न गाड्नुस् जुन हामीले काफिरहरूका कैयन् समूहलाई, (सांसरिक लाभहरू) प्रदान गरेका छौं, र नत उनीहरूको दशामाथि दुःखी हुनुस् र मोमिनहरूसित (विनम्रमा) आफ्नो हातहरू तल राखिराख्नुस् ।

89र भनिदिनुस् म त खुल्लम खुल्ला चेतावनी दिनेवाला हूँ ।

90जस्तो हामीले किताब टुक्रा–टुक्रा गर्नेहरूको लागि (सजाय) पठायौं ।

91अर्थात जिनीहरूले ‘‘कुरआनलाई’’ (केही मान्नु र केही नमान्नुबाट) टुक्रा–टुक्रा गरिहाले ।

92तिम्रो पालनकर्ताको शपथ छ ! हामीले तिनीहरूसित अवश्य नै सोधपूछ गर्नेछौं ।

93ती कामहरूको बोरमा, जुन तिनीहरू गर्दै आएका छन् ।

94तसर्थ जुन आदेश तपाईलाई प्राप्त भएको छ त्यो स्पष्टरूपमा सुनाइदिनुस् र मुश्रिकहरूसंग मुख फर्काइलिनुस् ।

95जो तपाईसँग मजाक गर्छन् उनीहरूको सजायको लागि हामी पर्याप्त छौं ।

96जसले अल्लाहको साथमा अरुलाई पूजनीय ठान्दछन्, तिनीहरूलाई छिटै थाहा भइहाल्ने छ ।

97हामीलाई राम्ररी थाहा छ, कि तिनीहरूको कुराबाट तपाईको मन कति दिक्क हुन्छ

98तपाईले आफ्नो पालनहारको गुणगान गर्दै गर्नुस् र सज्दा (ढोग) गर्नैहरूमा शम्मिलित रहनुस् ।

99र आफ्नो पालनकर्ताको उपासना गर्दै जानुस्, जबसम्म तपाईको मृत्यु हुँदैन ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath