इस्लाम
पछाडि

104. अल-हुमाजा

1बर्बादी छ, त्यस्तो प्रत्येक मानिसको जो अर्काको अवगुण खोज्ने गर्दछ र चुकुली गरिरहन्छ ।

2जसले मालसम्पत्ति थुपार्दै जान्छ र त्यसलाई गन्दै राख्छ ।

3उसले ठान्छ कि उसको सम्पत्ति उससँग सधैं रहनेछ ।

4कदापि होइन, यो त अवश्य टुक्रा–टुक्रा पारिदिने आगोमा फ्याँकिनेछ ।

5र तिमीलाई के थाह कि यस्तो (आगो) हुत्मा के हो

6त्यो अल्लाहद्वारा प्रज्वलित आगो हो ।

7जो छातीमाथि चढ्दै जानेछ ।

8र (त्यो आगो) उनीमाथि,सबै दिशाबाट बन्द हुन्छ ।

9ठूलाठूला स्तम्भहरूमा ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath