101. अल-कारिया
1(त्यो) खडखडाउने चर्को स्वर गर्नेवाला ।
2खडखडाउने के हो
3र तिमीलाई के थाहा कि त्यो खडखडाई दिने के हो
4जुन दिन मानिसहरू यस्ता हुन्छन् जस्तो कि छरिएका भुसुनाहरू ।
5र पहाडहरू धुनिएका रुङ्ग विरङ्गका ऊन, जस्ता हुनेछन् ।
6फेरि जसका (कर्महरूको) वजन गरुङ्गो हुनेछ
7ऊ त इच्छित आरामको जिन्दगीमा हुनेछन् ।
8र जसको वजन हलका हुनेछन्
9उनीहरूको फर्केर जाने ठाउँ ‘‘हाविया’’ (गहिरो खाल्डो) हो ।
10र तिमीलाई के थाहा कि ‘‘हाविया’’ के हो
11(त्यो) प्रज्वलित आगो हो ।
WEBREATH · 11:11
«If you are thankful, I will give you more» — Quran 14:7
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath