इस्लाम
पछाडि

100. अल-आदियात

1ती घोडाहरूको कसम जो तीव्र गतिले हाफ्दै दगुर्छन् ।

2अनि ढुङ्गामा नालको ठक्करबाट झिल्काहरू निकाल्नेवालाहरूको कसम ।

3अनि प्रातःको समय धावा बोल्नेहरूको कसम ।

4अनि जो त्यस समयमा धूलकणहरू उडाउँदछन् ।

5अनि त्यसबखत सेनाहरूभित्र पसी दिन्छन् ।

6निःसन्देह मानिस आफ्नो पालनकर्ताको बडो अकृतज्ञ छ ।

7र निश्चय नै ऊ स्वयम् पनि यस ऊपर साक्षी छ ।

8त्यो धनको मोहमा बडो दृढ छ ।

9के त्यसले त्यस समयलाई जान्दैन जब चिहानमा जे छन्, उनीहरू बाहिर निकालिनेछन् ।

10र जुन (रहस्य) हृदयहरूमा छन्, ती प्रकट गरिनेछन् ।

11निःसन्देह उनको पालनकर्ताले त्यसदिन उनको अवस्थासँग राम्ररी परिचित हुनेछ ।

स्रोत: Ahl Al Hadith Central Society Of Nepal

WEBREATH · 11:11

«If you are thankful, I will give you more» — Quran 14:7

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath