जकरिया 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि मसँग कुरा गर्ने स्वर्गदूत फेरि आए, र सुतिरहेको मान्छेलाई बिउँझाएझैँ तिनले मलाई बिउँझाए।
2तिनले मलाई सोधे, “तिमी के देख्छौ?” मैले जवाफ दिएँ, “म ठोस सुनको एउटा सामदान देख्छु, जसको टुप्पोमा एउटा कचौरा र त्यसमा सात वटा बत्तीहरू छन्; अनि ती बत्तीहरूमा सात वटा नलीहरू गाँसिएका छन्।
3अनि त्यहाँ दुई वटा जैतुनका रूखहरू पनि छन्; एउटा रूख कचौराको दायाँपट्टि र अर्को बायाँपट्टि।”
4मसँग कुरा गर्ने स्वर्गदूतलाई मैले सोधेँ, “मेरा प्रभु, यी के हुन्?”
5तिनले जवाफ दिए, “के तिमी जान्दैनौ यी के हुन्?” मैले जवाफ दिएँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”
6यसकारण तिनले मलाई भने, “यो यरुबाबेलको निम्ति याहवेहको वचन हो: ‘न शक्तिले, न त बलले, तर मेरो पवित्र आत्माले,’ सेनाहरूका याहवेह भन्नुहुन्छ।
7“ए शक्तिशाली पर्वत, तँ के होस्? यरुबाबेलको सामु तँ समतल भूमि हुनेछस्! तब त्यसले अन्तिम शिर ढुङ्गालाई निकालेर ल्याउँदा मानिसहरूले चिच्याउनेछन्, ‘परमेश्वरले यसलाई आशिष् देऊन्! परमेश्वरले यसलाई आशिष् देऊन्!’ ”
8त्यसपछि याहवेहको यो वचन मकहाँ आयो:
9“यरुबाबेलका हातहरूले यस मन्दिरको जग बसालेका छन्; अनि त्यसकै हातले यसलाई पूरा पनि गर्नेछन्। तब तैँले जान्नेछस्, कि सेनाहरूका याहवेहले नै मलाई तँकहाँ पठाउनुभएको हो।
10“सानो सुरुवातका दिनहरूलाई कसले तुच्छ ठान्न सक्छ? जबकि यी सात वटा याहवेहका आँखाहरू हुन्, जसले पृथ्वीभरि चारैतिर हेरिरहन्छन्; अनि यरुबाबेलका हातमा नाप्ने फित्ता देखेर मानिसहरू रमाउनेछन्।”
11त्यसपछि मैले स्वर्गदूतलाई सोधेँ, “सामदानका दायाँपट्टि र बायाँपट्टिका यी दुई जैतुनका रूखहरू के हुन्?”
12मैले स्वर्गदूतलाई फेरि सोधेँ, “सुनौलो तेल खन्याउने यी दुई सुनका नलीहरूका छेउमा भएका दुई वटा जैतुनका हाँगाहरू के हुन्?”
13तिनले जवाफ दिए, “यी के हुन्, तिमीलाई थाहा छैन?” मैले भनेँ, “मेरा प्रभु, अहँ, म जान्दिनँ।”
14यसैकारण तिनले भने, “यी ती दुई हुन्, जसलाई सारा पृथ्वीका प्रभुको सेवा गर्नलाई अभिषेक गरिएको छ।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath