श्रेष्ठगीत 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1रातभरि मैले मेरो ओछ्यानमा मेरा हृदयको प्रेमीलाई खोजेँ; मैले उहाँको खोजी गरेँ, तर उहाँलाई भेट्टाइनँ।
2अब म उठेर सहरतिर जानेछु, गल्ली र चोकहरूहुँदो; मेरा हृदयको प्रेमीलाई खोज्नेछु। मैले उहाँलाई खोजेँ, तर उहाँलाई भेट्टाइनँ।
3सहरमा घुम्दै गरेका पहरेदारहरूले मलाई भेट्टाए; मैले सोधेँ, “तपाईंहरूले मेरा हृदयको प्रेमीलाई देख्नुभयो?”
4म तिनीहरूबाट केही पर मात्र के गएको थिएँ; मैले मेरा हृदयको प्रेमीलाई फेला पारेँ। मैले उहाँलाई च्याप्पै समातेँ र कतै जान दिइनँ, मेरी आमाको घरमा, मलाई जन्माउने मेरी आमाको कोठामा नपुगुन्जेल सँगै लिएर आएँ।
5हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूलाई मैदानका मुडुली मृगीहरू र हरिणीहरूको नाममा शपथ खुवाएर आज्ञा गर्छु: उचित समय नभएसम्म प्रेमलाई नजगाओ, अथवा नबिउँझाओ।
6व्यापारीहरूका सबै मसलाहरूबाट बनिएका धूप र मूर्रको सुगन्धले धुवाँको मुस्लोजस्तै, उजाडस्थानबाट माथि आइरहेका को हुन्?
7हेर, सोलोमनको सवारी पालकी; इस्राएलका सुयोग्य, साठी जना योद्धाहरूको सुरक्षामा आइरहेका छन्।
8तिनीहरू सबैले तरवार भिरेका छन्, सबै जना युद्धकलामा पोख्त छन्; रातको हरेक खतरादेखि बचाउन, हरेकले आफ्ना कम्मरमा तरवार भिरेका छन्।
9सोलोमन राजाले आफ्नो निम्ति त्यो पालकी बनाएका हुन्; त्यो लेबनानको काठले बनिएको छ।
10त्यसका डण्डाहरू चाँदीले, र आधार सुनले बनिएका छन्। त्यसको आसन बैजनी लुगाले सजाइएको छ। अनि भित्री भागमा चाहिँ प्रेमसाथ यरूशलेमका छोरीहरूले बुट्टा भरेका छन्।
11हे सियोनका छोरीहरू हो, बाहिर आओ, सोलोमन राजाले मुकुट पहिरेका हेर; त्यो त्यही मुकुट हो, जुन तिनकी आमाले तिनको विवाहको दिनमा, तिनको हृदय आनन्दले पूर्ण भएको दिनमा, तिनको शिरमा लगाइदिएकी थिइन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath