ईसाई धर्म
पछाडि

रूथ 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1यसैबीच बोअज सहरको मूलढोकामा गएर त्यहाँ बसे। तिनले भनेका मोल तिरेर छुटाउनेवाला नातेदार त्यहाँ आएपछि बोअजले भने, “मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस्।” यसकारण तिनी त्यहाँ आएर बसे।

2बोअजले सहरका दश जना प्रधानहरूलाई लगेर भने, “यहाँ बस्‍नुहोस्,” अनि तिनीहरू त्यहाँ बसे।

3तब तिनले छुटाउनेवाला नातेदारलाई भने, “नाओमी, जो मोआबबाट फर्केर आएकी छिन्, र तिनले हाम्रा नातेदार एलीमेलेकको एक टुक्रा जमिन बेच्दैछिन्।

4यहाँ बसेकाहरू र हाम्रा मानिसका प्रधानहरूका उपस्थितिमा यो विषयलाई तपाईंहरूको ध्यानमा ल्याई त्यो जमिन किन्‍ने सल्‍लाह दिनुपर्छ भन्‍ने मैले विचार गरेको छु। यदि तपाईं त्यो किन्‍न चाहनुहुन्छ भने किन्‍नुहोस्। तर यदि किन्‍न चाहनुहुन्‍न भने मलाई भन्‍नुहोस्; ताकि म जान्‍न पाऊँ। किनकि यो अधिकार तपाईंबाहेक अरू कसैको छैन। अनि मचाहिँ तपाईंपछिको दोस्रो नातेदार हुँ।” “तिनले भने, म किन्‍नेछु।”

5तब बोअजले भने, “यो कुरा मनमा राख्नुहोस्; नाओमीबाट त्यो जमिन किनेको दिन मृतककी विधवा मोआबी रूथलाई पनि स्वीकार गर्नैपर्छ; ताकि त्यो सम्पत्ति ती मरिसकेका मानिसको सन्तानको नाममा रहोस्।”

6यो सुनेर ती छुटाउनेवाला नातेदारले भने, “त्यसो हो भने म किन्‍न सक्दिनँ। किनकि मैले मेरो आफ्नै सम्पत्तिलाई गुमाउन सक्छु। तपाईं किन्‍नुहोस्; म किन्‍न सक्दिनँ।”

7(अब पहिलेका समयहरूमा इस्राएलमा सम्पत्तिलाई छुटाउँदा र हस्तान्तरण गर्दा, एक पक्षले अर्को पक्षलाई आफ्नो जुत्ता खोलेर दिइन्थ्यो। इस्राएलमा लेनदेनको कार्यलाई कानुनी बनाउने प्रथा यस्तै थियो।)

8यसकारण छुटाउनेवाला नातेदारले बोअजलाई भने, “तपाईं आफैँ किन्‍नुहोस्।” अनि तिनले आफ्नो जुत्ता खोले।

9त्यसपछि बोअजले प्रधानहरू र सबै मानिसहरूलाई घोषणा गरे, “आज तपाईंहरू सबै मेरा साक्षी हुनुहुन्छ। मैले किल्योन, महलोन र एलीमेलेकका सबै सम्पत्ति नाओमीबाट किनेको छु।

10मैले महलोनकी विधवा मोआबी रूथलाई पनि मृतकको नाम र सम्पत्ति अटल राख्न र तिनको नाम परिवारबाट नहराओस् अथवा सहरबाट नहटोस् भनेर आफ्नी पत्नीको रूपमा प्राप्‍त गरेको छु। तपाईंहरू आज साक्षीको रूपमा हुनुहुन्छ।”

11अनि प्रधानहरू र मूलढोकामा हुनेहरूले भने, “हामीहरू साक्षी छौँ। राहेल र लेआ जसले मिलेर इस्राएलका घरानालाई निर्माण गरे, तपाईंको घरमा आउने स्त्रीलाई पनि याहवेहले त्यस्तै तुल्याऊन्। एप्रातामा तपाईंको महत्व बढोस् र बेथलेहेममा तपाईंको नाम चलोस्।

12यहूदाबाट तामारले जन्माएकी पेरेसको घरानाजस्तै याहवेहले तपाईंलाई दिनुभएको यी जवान स्त्रीद्वारा तपाईंका सन्तान होऊन्।”

13यसकारण बोअजले रूथलाई लगे, र तिनलाई आफ्नी पत्नी तुल्याए। त्यसपछि तिनीहरूको सहवास भयो। याहवेहले तिनलाई गर्भधारण गर्ने शक्ति दिनुभयो, र तिनले एउटा छोरालाई जन्माइन्।

14स्त्रीहरूले नाओमीलाई भने, “याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्।

15ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।”

16त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्।

17त्यहाँ बस्‍ने स्त्रीहरूले भने, “नाओमीको एउटा छोरा छ।” अनि तिनीहरूले त्यसको नाम ओबेद राखे। तिनी नै यिशैका पिता थिए। यिशैचाहिँ दावीदका पिता थिए।

18पेरेसको वंशावली यही नै हो: पेरेस हेस्रोनका पिता थिए,

19हेस्रोन आरामका पिता थिए; आराम अम्मीनादाबका पिता थिए;

20अम्मीनादाब नहशोनका पिता थिए, नहशोन सल्मोनका पिता थिए,

21सल्मोन बोअजका पिता थिए, बोअज ओबेदका पिता थिए;

22ओबेद यिशैका पिता थिए, अनि यिशै दावीदका पिता थिए।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath