ईसाई धर्म
पछाडि

रोमी 4

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1अब शरीरअनुसार हाम्रा पुर्खा अब्राहामको बारेमा के भनौँ त, उनले यस सम्बन्धमा के बुझे त?

2यदि अब्राहाम आफ्ना कामले धर्मी ठहराइएका भए उनले यसको घमण्ड गर्न सक्थे, तर परमेश्‍वरको अगि त होइन।

3धर्मशास्त्रले के भन्दछ? “अब्राहामले परमेश्‍वरलाई विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।”

4काम गर्नेले पाउने ज्याला उसलाई उपहारको रूपमा दिइँदैन, तर हकको रूपमा दिइन्छ।

5तथापि जसले काम गर्दैन, तर अधर्मीलाई धर्मी ठहराउनुहुने परमेश्‍वरमाथि विश्‍वास गर्छन् भने तिनीहरूको विश्‍वास धार्मिकता गनिन्छ।

6कामविना नै परमेश्‍वरले धर्मी ठहराउनुहुने मानिसका बारेमा दावीदले पनि धन्यको भन्दछन्:

7“तिनीहरू धन्य हुन्, जसका अपराधहरू क्षमा भएका छन्, जसका पापहरू ढाकिएका छन्।

8त्यो मानिस धन्यको हो, जसको पापको लेखा प्रभुले कहिल्यै राख्नुहुन्‍न।”

9के यो आशिष् केवल खतनावालहरूका निम्ति मात्र हो कि खतना नभएकाहरूका निम्ति पनि हो? हामीले भन्दै आएका छौँ, अब्राहामले परमेश्‍वरमा विश्‍वास गरेका कारण यो उनका निम्ति धार्मिकता गनिएको थियो।

10अब्राहामको विश्‍वास कुन आधारमा धार्मिकता ठहरियो? उनले खतना गरेपछि कि खतना हुनुभन्दा अगि? उनको खतनापछि धर्मी ठहरिएको होइन, तर पहिले नै हो!

11उनको खतना नहुँदै विश्‍वासद्वारा पाइने धार्मिकताको छाप खतनाको चिन्हको रूपमा पाएका थिए। त्यसैले उनी खतनाविना नै विश्‍वासद्वारा धर्मी ठहरिएका सबैका आत्मिकी पिता हुन्।

12अनि उनी ती खतना भएकाहरूका पनि पिता हुन्, जसको खतना मात्र भएको होइन, तर जो त्यही विश्‍वासका पाइलामा हिँड्दछन्, जुन विश्‍वास खतना हुनुभन्दा अगि नै हाम्रा पिता अब्राहाममा थियो।

13अब्राहाम र उनका सन्तानहरूले संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा पाएका थिएनन्, तर विश्‍वासबाट आउने धार्मिकताद्वारा प्राप्‍त गरेका थिए।

14यदि व्यवस्थामा भर पर्नेहरू मात्र उत्तराधिकार हुन्छन् भने त विश्‍वास अनावश्यक र प्रतिज्ञा व्यर्थ हुन्छ।

15किनकि व्यवस्था भङ्ग गर्नाले परमेश्‍वरको क्रोध ल्याउँछ। अनि जहाँ व्यवस्था छैन, त्यहाँ अपराध पनि हुँदैन।

16यसकारण प्रतिज्ञा विश्‍वासबाट आउँदछ; ताकि अनुग्रहद्वारा अब्राहामका सबै सन्तानका निम्ति प्रतिज्ञा निश्‍चित होस्। व्यवस्था मान्‍नेहरूलाई मात्र होइन, तर अब्राहामजस्तै विश्‍वास गर्नेहरूलाई पनि हो। किनकि उनी हामी सबैका पिता हुन्।

17यस्तो लेखिएको छ: “मैले तँलाई धेरै जातिहरूका पिता तुल्याएको छु।” तिनी परमेश्‍वरका सामु हाम्रा पिता हुन्। तिनले उनै परमेश्‍वरमाथि विश्‍वास गरे, जसले मरेकाहरूलाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका वस्तुहरूलाई पनि बोलाएर अस्तित्वमा ल्याउनुहुन्छ।

18आशा नभएको अवस्थामा पनि अब्राहामले आशा राखेर विश्‍वास गरे; अनि उनलाई भनिएको जस्तै, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्,” उनी धेरै जातिहरूका पिता भए।

19प्रायः सय वर्ष पुगिसकेका अब्राहाम मरेतुल्य भइसकेको आफ्नो शरीर तथा साराको कोख बाँझो भएको बुझेर पनि विश्‍वासमा कमजोर भएनन्।

20परमेश्‍वरको प्रतिज्ञामा अविश्‍वास गरी विचलित भएनन्, तर परमेश्‍वरलाई महिमा दिँदै तिनी आफ्ना विश्‍वासमा झन् बलिया भए।

21परमेश्‍वर आफ्नो प्रतिज्ञा पूरा गर्नलाई सक्षम् हुनुहुन्छ भन्‍ने कुरामा अब्राहाम पूर्ण रूपले निश्‍चित थिए।

22अब्राहामको यस्तै विश्‍वासले गर्दा, “यो उनका निम्ति धार्मिकता गनियो।”

23“यो उनका निम्ति धार्मिकता गनियो” भन्‍ने वचन उनका निम्ति मात्र लेखिएको होइन,

24तर हाम्रा निम्ति पनि हो, जसले उहाँमाथि विश्‍वास गर्छौँ, जसलाई हाम्रा प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वरले धर्मी ठहराउनुहुन्छ।

25उहाँ हाम्रा अपराधहरूका निम्ति मारिनुभयो र हामीलाई धर्मी तुल्याउनलाई मृत्युबाट जीवित पारिनुभयो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath