रोमी 3
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसो भए यहूदी हुनुमा के फाइदा छ र? अथवा खतनाको के महत्त्व छ?
2वास्तवमा धेरै फाइदाहरू छन्। सर्वप्रथम त परमेश्वरको प्रकाश यहूदीहरूलाई सुम्पिएको हो।
3केही व्यक्तिहरू विश्वासयोग्य भएनन् त के भयो? के तिनीहरूका अविश्वासयोग्यताले परमेश्वरको विश्वसनीयतालाई रद्द तुल्याउँछ र?
4वास्तवमा होइन! परमेश्वर सत्य ठहरिऊन्, र सबै मानिसहरू झूटा साबित होऊन्। यस्तो लेखिएको छ: “तपाईं जब बोल्नुहुन्छ, आफ्ना कुरामा साँचो प्रमाणित ठहरिनुहोस्, र तपाईंले न्याय गर्नुहुँदा विजयी हुनुहोस्।”
5तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई अझ प्रष्ट गराउँछ भने त हामीले के भन्ने? परमेश्वरको क्रोध हामीमा पर्दा के उहाँ अन्यायी हुनुहुन्छ र? म मानवीय तर्क प्रयोग गरिरहेछु।
6पक्कै पनि होइन! यदि त्यस्तो हो भने त, धर्मी परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
7कसैले तर्क गर्ला, “यदि मेरो झूटद्वारा परमेश्वरको सत्यताले उहाँको महिमालाई बढाउँछ भने म किन पापीझैँ दोषी ठहरिन्छु त?”
8त्यसो भए किन हामी यसो नभनौँ, “हामी खराब काम गरौँ, ताकि यसबाट असल आउन सकोस्?” केही मानिसहरूले हामीले यस्तो भन्छौँ भन्दै हाम्रो निन्दा गर्छन्। यस्ता कुरा गर्नेहरू दोषी ठहरिन योग्यका हुन्छन्।
9त्यसो हो भने के हामी यहूदीहरू उनीहरूभन्दा असल छौँ त? कदापि छैनौँ! हामीले अगि नै यहूदी र गैरयहूदीहरू दुवै पापको शक्तिको अधीनमा भएको प्रमाणित गरिसकेका छौँ।
10यसरी लेखिएको छ: “धर्मी कोही छैन, एक जना पनि छैन;
11बुझ्ने कोही छैन, परमेश्वरलाई खोज्ने पनि कोही छैन।
12सबै परमेश्वरदेखि तर्किगएका छन्, ती सबै एकसाथ काम नलाग्ने भएका छन्; भलाइ गर्ने कोही छैन, एक जना पनि छैन।”
13“तिनीहरूका घोक्रो खुल्ला चिहानहरू हुन्; तिनीहरूका जिब्राले झूटा कुरा बोल्छन्।” “तिनीहरूका ओठमा विषालु सर्पका विष छ।”
14“तिनीहरूका मुख श्राप र तितोपनाले भरिएका छन्।”
15“तिनीहरूका खुट्टा रगत बगाउन सदा तयार छन्;
16तिनीहरूका मार्गहरू विनाश र दुर्दशाले भरिएका छन्,
17तिनीहरूले शान्तिको मार्गलाई चिनेकै छैनन्।”
18“तिनीहरूका आँखामा परमेश्वरको डर छैन।”
19अब हामी जान्दछौ, व्यवस्थाले जे भन्दछ, व्यवस्थाका अधीनमा हुनेहरूलाई नै भन्दछ, ताकि सबैको मुख बन्द रहोस् र सारा संसारलाई परमेश्वरको अगि जवाफदेही बनाइयोस्।
20यसैकारण व्यवस्था पालन गरेर कोही पनि परमेश्वरको दृष्टिमा धर्मी ठहरिँदैन। व्यवस्थाले हामीलाई हाम्रा पापको बारेमा सचेतचाहिँ गराउँदछ।
21तर अब व्यवस्थाविना नै परमेश्वरबाट धार्मिकता प्रकट भएको छ, जसको गवाही व्यवस्था र अगमवक्ताहरूले दिन्छन्।
22यो धार्मिकताचाहिँ येशू ख्रीष्टमा विश्वास गर्ने सबैले विश्वासद्वारा प्राप्त गर्दछन्। यसमा यहूदी र गैरयहूदी बीचमा कुनै भिन्नता छैन।
23किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमाबाट टाढा भएका छन्;
24र परमेश्वरको अनुग्रहले ख्रीष्ट येशूबाट आउने उद्धारद्वारा सबै जना सित्तैँमा धर्मी ठहराइएका छन्।
25परमेश्वरले ख्रीष्टलाई उहाँको रगत बगाइद्वारा पाप क्षमाको बलिदानको रूपमा प्रस्तुत गर्नुभयो; जुन विश्वासद्वारा ग्रहण गर्नुपर्दछ। यो उहाँले आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभएको थियो; किनकि उहाँको सहनशीलतामा पहिले गरिएका पापहरू उहाँले दण्ड दिनुभएन।
26परमेश्वरले वर्तमान समयमा आफ्नो धार्मिकता प्रकट गर्नलाई यसो गर्नुभयो, ताकि उहाँले आफैँलाई र येशूमा विश्वास गर्नेहरूलाई धर्मी ठहराउन सक्नुभएको होस्।
27अब के कुरामा घमण्ड गर्ने त? किनकि घमण्ड गर्ने ठाउँ नै छैन। कुन नियमको आधारमा घमण्ड गर्ने? कामको व्यवस्थाद्वारा हो? होइन, तर विश्वासको सिद्धान्तद्वारा हो।
28यसकारण हामी यो मान्छौ, मानिस व्यवस्थाको कामविना विश्वासद्वारा नै धर्मी ठहरिन्छ।
29के परमेश्वर यहूदीहरूका मात्र परमेश्वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका चाहिँ परमेश्वर हुनुहुन्न र? उहाँ गैरयहूदीहरूका पनि परमेश्वर हुनुहुन्छ।
30किनभने परमेश्वर एउटै हुनुहुन्छ, जसले खतना भएकाहरूलाई पनि विश्वासद्वारा र खतना नभएकाहरूलाई पनि त्यही विश्वासद्वारा धर्मी ठहराउनुहुनेछ।
31त्यसो भए के हामी विश्वासद्वारा व्यवस्थालाई व्यर्थ तुल्याउँछौँ त? कदापि होइन! बरु हामीले त व्यवस्थालाई समर्थन गर्छौँ।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath