रोमी 14
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1विश्वासमा कमजोर भएका अरू विश्वासीहरूलाई स्वीकार गर, तर उनीहरूका विचारमा विवाद र झगडा नगर।
2कसैले हरेक थोक खान हुन्छ भनी विश्वास गर्छन्, तर कमजोरहरूले सागसब्जी मात्र खान्छन्।
3सबै चीज खाने व्यक्तिले नखानेलाई तुच्छ नठानोस्, र सबै नखाने व्यक्तिले पनि सबै खानेलाई दोष नलाओस्। किनकि तिनीहरूलाई परमेश्वरले ग्रहण गर्नुभएको छ।
4अर्काको सेवकलाई न्याय गर्ने तिमी को हौ र? त्यस सेवकको स्थिरता वा पतन त्यसको मालिकको हातमा निर्भर हुन्छ। तिनीहरू स्थिर रहनेछन्; किनकि प्रभु तिनीहरूलाई स्थिर गराउन सक्षम् हुनुहुन्छ।
5कुनै व्यक्तिले कुनै दिनलाई अर्को दिनलाई भन्दा बढ्ता पवित्र ठान्छ भने अर्को व्यक्तिले चाहिँ प्रत्येक दिनलाई बराबर ठान्न सक्छ। प्रत्येक व्यक्ति यसबारे आफ्नो मनमा आफैँ पूरा निश्चिन्त हुनुपर्छ।
6जसले एक दिनलाई अरू दिनभन्दा विशेष दिन ठान्छ, त्यसले त्यो प्रभुको निम्ति गर्दछ। जो मांसहारी छ, त्यसले त्यो प्रभुको निम्ति खान्छ, र प्रभुलाई धन्यवाद दिन्छ; र जो शाकाहारी छ, त्यसले त्यो प्रभुको निम्ति खाँदैन, र प्रभुलाई धन्यवाद दिन्छ।
7किनकि हामी कोही पनि आफ्नो लागि मात्र जिउँदैनौँ र हामी कोही पनि आफ्नो लागि मात्र मर्दैनौँ।
8यदि हामी जिउँछौँ त प्रभुको निम्ति जिउँछौँ; यदि मर्छौँ त प्रभुको निम्ति मर्छौँ। यसकारण हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ।
9किनकि यही विशेष कारणले ख्रीष्ट मर्नुभयो, र फेरि पुनर्जीवित हुनुभयो, ताकि उहाँ जीवित र मृतक दुवैका प्रभु होऊन्।
10तब तिमी किन आफ्नो दाजुभाइ वा दिदीबहिनीको न्याय गर्दछौ? अथवा तिनीहरूलाई किन तुच्छ ठान्दछौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको अगि उभिनेछौँ।
11धर्मशास्त्रमा यसरी लेखिएको छ: “ ‘म जीवित भएझैँ,’ प्रभु भन्नुहुन्छ, ‘मेरो सामु हरेक घुँडा टेकिनेछ; हरेक जिब्रोले परमेश्वरलाई स्वीकार गर्नेछ।’ ”
12यसकारण हामी प्रत्येकले आफ्नो हिसाब परमेश्वरलाई दिनुपर्नेछ।
13यसकारण हामी एक-अर्काको न्याय गर्न छोडौँ। बरु आफ्नो मनमा दाजुभाइ वा दिदीबहिनीको बाटोमा बाधा हुने वा ठेस लाग्ने कुनै चीज नराख्ने सोच गरौँ।
14म जान्दछु, र प्रभु येशूमा निश्चित छु, कि कुनै पनि भोजन आफैँमा अशुद्ध हुँदैन। तर कसैले त्यो अशुद्ध देख्छ भने त्यसको निम्ति त्यो अशुद्ध हुनेछ।
15यदि तिमीले खाएको कुराले तिम्रो दाजुभाइ वा दिदीबहिनीलाई उदास बनाउँछ भने तिमी प्रेममा जिएका छैनौ। तिमीहरूको भोजनको कारणले कसैलाई नाश नगर, जसको निम्ति ख्रीष्ट मर्नुभयो।
16यसकारण तिमीलाई जे असल लाग्छ, त्यसलाई खराबीको रूपमा बोल्न नदेऊ।
17किनकि परमेश्वरको राज्य खाने र पिउने कुराको बारेमा होइन, तर पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द हो।
18किनभने जसले ख्रीष्टलाई यस प्रकारले सेवा गर्दछ, त्यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ र मानिसहरूबाट स्वीकृत हुन्छ।
19हामी हर प्रयासले ती कुराहरूमा लागौँ, जसले शान्तिमा डोर्याउँछ र पारस्परिक उन्नति गराउँछ।
20परमेश्वरको कामलाई भोजनको कारणले नाश नगर। सबै भोजन शुद्ध छन्, तर त्यो अर्को व्यक्तिलाई ठक्करको कारण बन्छ भने उसले यो खानु गलत हो।
21मासु नखानू वा मद्य नपिउनू अथवा तिम्रो दाजुभाइ-दिदीबहिनीलाई ठेस लाग्ने कुनै पनि काम नगर्नू उचित हो।
22यसकारण यसबारे तिमीहरू जे विश्वास गर्छौ, त्यो कुरा तिमी र परमेश्वरको बीचमा राख। त्यो मानिस धन्य हो, जसले आफूले स्वीकार गरेको कुराले आफूमाथि दोष ल्याउँदैन।
23तर यदि कसैले शङ्का गरेर खायो भने त्यो दोषी ठहरिन्छ। किनकि उसले विश्वासद्वारा खाएको हुँदैन। जे कुरा विश्वासद्वारा आउँदैन, त्यो पाप हो।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath