प्रकाश 9
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1जब पाँचौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले आकाशबाट पृथ्वीमा खसेको एउटा तारालाई देखेँ। तिनलाई अतल कुण्डको साँचो दिइएको थियो।
2तिनले जब त्यस कुण्डलाई खोले, तब त्यहाँबाट विशाल भट्टीबाटझैँ धुवाँ निस्क्यो। त्यस कुण्डबाट निस्केको धुवाँद्वारा सूर्य र आकाश अँध्यारो भए।
3अनि त्यस धुवाँबाट सलहहरू निस्के, र पृथ्वीमा आए; अनि पृथ्वीमा भएका बिच्छीहरूको झैँ तिनीहरूलाई शक्ति दिइयो।
4ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो।
5तिनीहरूलाई मार्ने अख्तियार दिइएन, तर पाँच महिनासम्म यातना दिनू भनियो। अनि बिच्छीले डस्दा जस्तो पीडा हुन्छ, त्यो त्यस्तै थियो।
6ती दिनहरूमा मानिसहरूले मृत्यु खोज्नेछन्, तर भेट्टाउनेछैनन्; तिनीहरू मर्ने इच्छा गर्नेछन्, तर मृत्यु तिनीहरूदेखि भाग्नेछ।
7ती सलहहरू लडाइँका निम्ति तयार गरिएका घोडाहरूजस्तै थिए। तिनीहरूले आफ्ना टाउकामा सुनका मुकुटहरूझैँ केही लगाएका थिए। अनि तिनीहरूका अनुहार मानिसहरूका जस्ता थिए।
8तिनीहरूका केश स्त्रीहरूका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँतजस्ता थिए।
9तिनीहरूका छातीका कवचहरू फलामकाझैँ थिए; अनि तिनीहरूका पखेटाहरूका आवाज लडाइँ गर्न दगुरिरहेका धेरै घोडाहरू र रथहरूको गडगडाहटझैँ थियो।
10तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो।
11तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा अपोल्लियोन हो।
12पहिलो आतङ्क बितेर गयो; तर हेर, यसपछि अरू दुई आतङ्कहरू आउन बाँकी नै छन्!
13जब छैटौँ स्वर्गदूतले आफ्नो तुरही फुके, तब मैले परमेश्वरको सामु भएको सुनको वेदीका चार वटा सिङहरूबाट आएको आवाज सुनेँ।
14त्यो आवाजले तुरही बोकेका छैटौँ स्वर्गदूतलाई यसो भन्यो, “त्यस ठूलो नदी यूफ्रेटिसमा बाँधिराखेका चार जना स्वर्गदूतहरूलाई फुकाइदेऊ।”
15अनि मानिसहरूको एक तिहाइ भागलाई मारून् भनेर त्यस घडी, त्यस दिन, त्यस महिना र त्यस वर्षको निम्ति तयार पारिराखेका ती चार जना स्वर्गदूतहरूलाई छोडियो।
16मैले ती घोडसवार फौजको संख्या बीस करोड थियो भनेर सुनेँ।
17मैले मेरो दर्शनमा देखेका घोडाहरू र सवारहरू यस्ता थिए: तिनीहरूका छातीका कवचहरू आगोझैँ राता, गाढा, निला र गन्धकझैँ पहेँला थिए। ती घोडाहरूका शिर सिंहहरूका शिरझैँ थिए; तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्धक निस्कन्थ्यो।
18तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए।
19ती घोडाहरूको शक्ति तिनीहरूका मुखमा र पुच्छरहरूमा थिए; किनकि तिनीहरूका पुच्छरहरू सर्पजस्ता थिए, जसमा टाउको पनि भएकाले चोट पुर्याउँथे।
20ती रूढीहरूले नमरेका बाँकी मानिस जातिले तिनीहरूका हातले गरेका दुष्ट कामहरूबाट अझ पनि पश्चात्ताप गरेनन्; तिनीहरूले देख्न नसक्ने, सुन्न नसक्ने र हिँड्न नसक्ने, भूतप्रेतहरू र सुन, चाँदी, काँसा, ढुङ्गा र काठका मूर्तिहरू पुज्न छाडेनन्।
21तिनीहरू आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, र चोरीको लागि पश्चात्ताप गरेनन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath