प्रकाश 4
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1त्यसपछि मैले देखेँ, स्वर्गमा एउटा खुला ढोका थियो। मैले पहिले सुनेको सोर तुरहीको आवाजमा मसँग यसरी बोलिरहेको थियो, “यहाँ माथि आऊ, र यसपछि के हुनुपर्छ, सो म तिमीलाई देखाउनेछु।”
2म तुरुन्तै आत्मामा भएँ; अनि स्वर्गमा मेरो सामु कोही बसिरहनुभएको एउटा सिंहासन थियो।
3अनि त्यहाँ विराजमान हुनुहुनेको मुहार बिल्लौर र लालमणिझैँ देखिन्थ्यो। त्यहाँ पन्नाजस्तै चम्केको इन्द्रेणीले सिंहासनलाई घेरिराखेको थियो।
4त्यस सिंहासनका वरिपरि चौबीस वटा अरू सिंहासनहरू थिए; अनि यसमाथि सेता वस्त्र लगाएका र शिरमा सुनका मुकुट लगाएका चौबीसजना प्रधानहरू बसेका थिए।
5सिंहासनबाट बिजुलीको चमक, गड्याङ-गुडुङ र मेघ गर्जनको आवाज निस्किरहेको थियो। सिंहासनको सामु सात वटा बत्तीहरू बलिरहेका थिए, जुन परमेश्वरका सात आत्माहरू हुन्।
6सिंहासनको अगाडि स्फटिकझैँ पारदर्शी काँचको समुद्रजस्तो थियो। सिंहासनको बीचमा चारैतिर चार वटा जीवित प्राणीहरू थिए, र तिनीहरूका अगाडि र पछाडि आँखाहरूले ढाकिएका थिए।
7पहिलो जीवित प्राणी सिंहजस्तै, दोस्रो गोरुजस्तै, तेस्रोको अनुहार मानिसको जस्तै, चौथोचाहिँ उडिरहेको गरुडजस्तै थियो।
8प्रत्येक जीवित प्राणीका छ वटा पखेटाहरू थिए; अनि ती चारैतिर, पखेटा भित्रपट्टि पनि आँखाहरूले ढाकिएका थिए। रातदिन तिनीहरूले नरोकीकन यसो भनिरहन्थे: “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् प्रभु परमेश्वर, जो हुनुहुन्थ्यो, जो हुनुहुन्छ, र जो हुनआउनुहुनेछ।”
9सिंहासनमा बस्नुहुने, र सदासर्वदा जिउनुहुनेलाई जब जीवित प्राणीहरूले महिमा, आदर र धन्यवाद चढाउँछन्,
10तब ती चौबीसजना प्रधानहरू सिंहासनमाथि बस्नुहुने अनि सदासर्वदा जिउनुहुनेको सामु घोप्टो पर्छन्, र दण्डवत् गर्छन्। तिनीहरूले आ-आफ्ना मुकुटहरू सिंहासनको सामु राखेर यसो भन्छन्:
11“हाम्रा प्रभु र परमेश्वर, तपाईं महिमा, आदर र शक्ति ग्रहण गर्ने योग्यका हुनुहुन्छ; किनकि तपाईंले सबै थोक सृष्टि गर्नुभयो; अनि तपाईंको इच्छाद्वारा नै ती सृष्टि गरिए; अनि ती अस्तित्वमा आए।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath