प्रकाश 21
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1तब मैले “एउटा नयाँ आकाश र एउटा नयाँ पृथ्वी देखेँ;” किनकि पहिलो आकाश र पहिलो पृथ्वी त बितिसकेका थिए; अनि त्यहाँ समुद्र पनि थिएन।
2अनि मैले पवित्र सहर अर्थात् नयाँ यरूशलेमलाई आफ्ना पतिको निम्ति दुलहीझैँ सिँगारिएर स्वर्गदेखि परमेश्वरबाट तल झरिरहेको देखेँ।
3तब मैले सिंहासनबाट चर्को सोरले यसो भनिरहेको सुनेँ, “हेर! अब परमेश्वरको बास मानिसहरूसित भएको छ, र उहाँ तिनीहरूसित बस्नुहुनेछ। तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफैँ नै तिनीहरूसित तिनीहरूका परमेश्वर हुनुहुनेछ।
4उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। अब फेरि त्यहाँ न मृत्यु, न शोक, न विलाप अथवा न कष्ट नै हुनेछ; किनकि पुराना कुराहरू बितिसकेका छन्।”
5सिंहासनमा विराजमान हुनुहुनेले भन्नुभयो, “म सबै थोक नयाँ बनाउँछु!” तब उहाँले भन्नुभयो, “यी वचनहरू लेख; किनकि यी वचनहरू विश्वासयोग्य र सत्य छन्।”
6उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा र ओमेगा हुँ; आदि र अन्त्य म नै हुँ। जो तिर्खाउँछ, म त्यसलाई जीवनको पानीको मूलबाट पिउनलाई सित्तैँमा दिनेछु।
7जो विजयी हुन्छन्, तिनीहरू सबैले उत्तराधिकार पाउनेछन्; अनि म तिनीहरूका परमेश्वर र तिनीहरू मेरा सन्तान हुनेछन्।
8तर डरपोकहरू, अविश्वासीहरू, घिनलाग्दा काम गर्नेहरू, हत्याराहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, तन्त्रमन्त्र गर्नेहरू, मूर्तिपूजकहरू र सबै झूटाहरूको ठाउँ गन्धक जलिरहेको अग्निकुण्ड हुनेछ। यो दोस्रो मृत्यु हो।”
9सात वटा अन्तिम विपत्तिहरूले भरिएका सात वटा कचौरा लिएका सात स्वर्गदूतहरूमध्ये एक जनाले मकहाँ आएर यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी हुन गइरहेकी दुलहीलाई देखाउनेछु।”
10अनि तिनले मलाई आत्मामा एउटा ठूलो र अग्लो पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तल झरिरहेको पवित्र सहर यरूशलेम देखाए।
11त्यो परमेश्वरको महिमाले चम्किरहेको थियो; त्यसको चमक बहुमूल्य रत्नहरू, बिल्लौर र स्फटिकजस्तो सफा थियो।
12त्यसको विशाल र अग्लो पर्खाल थियो, जसमा बाह्र वटा मूलढोकाहरू थिए, र प्रत्येक ढोकामा एक-एक स्वर्गदूत थिए। ती प्रत्येक ढोकामा एक-एक कुलका नाम गरेर इस्राएलका बाह्र कुलका नाम लेखिएका थिए।
13पूर्वमा तीन वटा, उत्तरमा तीन वटा, दक्षिणमा तीन वटा र पश्चिममा तीन वटा ढोकाहरू थिए।
14सहरका पर्खालमा बाह्र वटा शिलाहरूका जग थिए, र तिनीहरूमा थुमाका बाह्र प्रेरितहरूका नामहरू थिए।
15मसित बोल्ने स्वर्गदूतसित सहर, ढोकाहरू र त्यसका पर्खालहरू नाप्ने सुनको लट्ठी थियो।
16त्यो सहर वर्गाकार थियो; त्यसको लम्बाइ र चौडाइ बराबर थियो। तिनले त्यस लट्ठीले सहरहरूलाई नापे, र त्यो दुई हजार दुई सय किलोमिटर पाए। त्यसको लम्बाइ, चौडाइ र उचाइ एकसमान थियो।
17स्वर्गदूतले मानिसको नापअनुसार त्यो पर्खाल पनि नापे; त्यो पैँसट्ठी मिटर मोटो थियो।
18त्यो पर्खाल बिल्लौरले बनिएको थियो; अनि सहरचाहिँ निखुर सुनले बनिएको थियो, जुनचाहिँ काँचजस्तै निखुर थियो।
19सहरको पर्खालका जगहरू प्रत्येक किसिमका बहुमूल्य पत्थरले सिँगारिएका थिए। पहिलो जग बिल्लौर, दोस्रो नीलमणि, तेस्रो लालमणि, चौथो पन्ना;
20पाँचौँ सार्डियसमणि, छैटौँ गोमेद, सातौँ पीतमणि, आठौँ फिरोजा, नवौँ पुष्पराग, दशौँ हरितमणि, एघारौँ धूम्रकान्त र बाह्रौँचाहिँ मर्तिसमणि थियो।
21ती बाह्र ढोकाहरू बाह्र मोती थिए; प्रत्येक ढोका एउटै मोतीले बनिएको थियो। सहरका ठूला सडकचाहिँ छर्लङ्गै देखिने काँचजस्तै निखुर सुनको थियो।
22मैले सहरमा कुनै मन्दिर देखिनँ; किनकि सर्वशक्तिमान् परमप्रभु परमेश्वर र थुमा नै त्यसको मन्दिर हुनुहुन्छ।
23त्यस सहरमा उज्यालो दिनको लागि घाम र चन्द्रमाको आवश्यकता थिएन; किनकि परमेश्वरको महिमाले त्यसलाई प्रकाश दिन्छ, र थुमा नै त्यसको बत्ती हुनुहुन्छ।
24त्यहाँकै प्रकाशमा राष्ट्रहरू हिँड्डुल गर्नेछन्, र पृथ्वीका राजाहरू आफ्ना वैभवसहित त्यस सहरमा प्रवेश गर्नेछन्।
25त्यसका ढोकाहरू कहिल्यै बन्द हुनेछैनन्; किनकि त्यहाँ कहिल्यै रात हुनेछैन।
26सबै राष्ट्रहरूका महिमा र सम्मान त्यसमा ल्याइनेछन्।
27त्यसमा कुनै अशुद्ध कुरा पस्न पाउनेछैन, न त शर्मका र छलका काम गर्ने कोही पस्न पाउँनेछ; तर तिनीहरूले मात्र प्रवेश पाउनेछन्, जसको नाम थुमाको जीवनको पुस्तकमा लेखिएका छन्।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath