ईसाई धर्म
पछाडि

प्रकाश 20

तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै

1त्यसपछि मैले एक जना स्वर्गदूतलाई स्वर्गबाट निस्केर तल आइरहेको देखेँ। तिनको हातमा अतल कुण्डको साँचो र एउटा ठूलो साङ्लो थियो

2तिनले त्यस अजिङ्गर अर्थात् त्यो पुरानो सर्प, जो दियाबलस वा शैतान हो, त्यसलाई पक्रेर एक हजार वर्षसम्म बाँधेर राखे।

3तिनले त्यसलाई त्यस नरक कुण्डमा फालिदिए; अनि एक हजार वर्ष नबितुन्जेल राष्ट्रहरूलाई नछलोस् भनेर त्यो अतल कुण्ड बन्द गरी त्यसमाथि छाप लगाइदिए। त्यसपछि केही समयको लागि त्यसलाई फुक्‍का गरिनुपर्छ।

4तब मैले सिंहासनहरू देखेँ; अनि ती सिंहासनहरूमा मैले न्याय गर्ने अख्तियार पाएकाहरूलाई बसिरहेको देखेँ। अनि मैले येशूको गवाहीको निम्ति र परमेश्‍वरको वचनको निम्ति शिर काटिएकाहरूका आत्माहरूलाई देखेँ। तिनीहरूले त्यस पशु वा त्यसको मूर्तिको आराधना गरेका थिएनन्; अनि आफ्ना निधारहरू र हातहरूमा त्यसको छाप लगाएका थिएनन्। तिनीहरू फेरि जीवित भए, र ख्रीष्‍टसित एक हजार वर्षसम्म राज्य गरे।

5(अरू बाँकी मरेकाहरूचाहिँ एक हजार वर्ष नबितुन्जेल जीवित भएनन्।) यो पहिलो पुनरुत्थान हो।

6पहिलो पुनरुत्थानमा सहभागी हुनेहरू धन्य र पवित्र हुन्। तिनीहरूमाथि दोस्रो मृत्युको शक्तिले केही अधिकार गर्न सक्दैन, तर तिनीहरू परमेश्‍वरका र ख्रीष्‍टका पुजारीहरू हुनेछन्, र उहाँसित एक हजार वर्षसम्म राज्य गर्नेछन्।

7एक हजार वर्ष बितेपछि त्यो शैतानलाई त्यसको कैदबाट छोडिनेछ;

8अनि पृथ्वीका चारै दिशामा भएका राष्ट्रहरूलाई अर्थात् गोग र मागोगलाई लडाइँको लागि बहकाउन र भेला गर्न त्यो निस्केर जानेछ। संख्यामा तिनीहरू समुद्रको किनारमा भएका बालुवा जतिकै हुनेछन्।

9तिनीहरूले पृथ्वीको परिक्रमा गरेर परमेश्‍वरका जातिका छाउनी अर्थात् उहाँको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म पार्‍यो।

10अनि तिनीहरूलाई ठग्ने त्यो दियाबलसलाई, गन्धक जल्दैगरेको अग्निकुण्डमा फालियो, जहाँ त्यो पशु र झूटा अगमवक्ता पनि फालिएका थिए। त्यहाँ तिनीहरूले दिनरात सदासर्वदा यातना भोग्नेछन्।

11तब मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ। पृथ्वी र आकाश उहाँको उपस्थितिबाट बिलाएर गए; अनि तिनीहरू कतै पाइएनन्।

12अनि मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामु उभिरहेका देखेँ, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका तिनीहरूका कामका आधारमा मृतकहरूको न्याय गरियो।

13समुद्रले त्यससित भएका मुर्दाहरू दिइहाल्यो, र मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरू दिइहाले; अनि प्रत्येकले गरेका कामअनुसार तिनीहरूलाई न्याय गरियो।

14मृत्यु र पाताल अग्निकुण्डमा फालिए। त्यो अग्निकुण्ड दोस्रो मृत्यु हो।

15जसको नाम जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन, त्यसलाई अग्निकुण्डमा फालियो।

स्रोत: Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण

WEBREATH · 11:11

«He himself gives everyone life and breath and everything else» — Acts 17:25

Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.

WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath