प्रकाश 19
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसपछि मैले स्वर्गमा एउटा ठूलो भीडले यसरी चिच्याएको सोर सुनेँ: “हल्लेलूयाह! मुक्ति, महिमा र शक्ति हाम्रा परमेश्वरका हुन्;
2किनकि उहाँका न्यायहरू सत्य र न्यायपूर्ण छन्। आफ्ना व्यभिचारद्वारा पृथ्वीलाई भ्रष्ट पार्ने त्यस महावेश्यालाई उहाँले दण्ड दिनुभएको छ। अनि परमेश्वरले त्यससित आफ्ना सेवकहरूका रगतको बदला लिइसक्नुभएको छ।”
3अनि तिनीहरू फेरि चिच्याए: “हल्लेलूयाह! त्यस स्त्रीबाट निस्केको न्यायको धुवाँ सदासर्वदाको लागि उँभोतिर गइरहन्छ।”
4ती चौबीस प्रधानहरू र ती चार जीवित प्राणीहरूले घोप्टो परेर सिंहासनमा बस्नुहुने परमेश्वरलाई आराधना गरे। अनि तिनीहरू यसो भन्दै कराए: “आमेन, हल्लेलूयाह!”
5तब सिंहासनबाट यसो भनिरहेको एउटा आवाज आयो: “हे उहाँका सबै सेवकहरू हो, तिमीहरू जो उहाँसित डराउँछौ, साना र ठूलाहरू दुवै, हाम्रा परमेश्वरलाई प्रशंसा गर।”
6तब एउटा ठूलो भीडको जस्तो, पानीको बेगजस्तो आवाज र मेघ गर्जनको आवाजजस्तो यसरी चिच्याएको मैले सुनेँ: “हल्लेलूयाह! किनकि हाम्रा सर्वशक्तिमान् परमप्रभु परमेश्वरले राज्य गर्नुहुन्छ,
7हामी आनन्द मनाऔँ, खुशी होऔँ, र उहाँलाई महिमा दिऔँ! किनकि थुमाको विवाहको बेला आइपुगेको छ; अनि उहाँकी दुलहीले आफूलाई तयार पारेकी छिन्।
8तिनलाई चहकिलो र स्वच्छ मलमलको कपडा पहिरनलाई दिइएको थियो।” (मसिनो मलमलको कपडाले सन्तहरूको धार्मिक कार्यलाई जनाउँछ।)
9अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख: ‘थुमाको विवाहको भोजको निम्तो पाउनेहरू धन्यका हुन्!’ ” अनि तिनले अझ थपेर भने, “यी परमेश्वरका सत्य वचनहरू हुन्।”
10अनि म तिनको पाउमा दण्डवत् गर्नलाई घोप्टो परेँ। तर तिनले मलाई भने, “यसो नगर! म येशूको गवाही कायम राख्ने तिमी र तिम्रा दाजुभाइ-दिदीबहिनीहरूझैँ एक जना सङ्गी-सेवक हुँ। परमेश्वरको मात्र आराधना गर! किनकि अगमवाणीका आत्माले नै येशूको गवाही बोकेका छन्।”
11मैले स्वर्ग उघ्रिएको देखेँ, र मेरो सामु एउटा सेतो घोडा थियो, जसको सवारलाई विश्वासयोग्य र सत्य भनिन्छ। उहाँले निष्पक्षसित न्याय र लडाइँ गर्नुहुन्छ।
12उहाँका आँखाहरू बल्दैगरेको आगोजस्ता छन्, र उहाँका शिरमा धेरै मुकुटहरू छन्। उहाँमा एउटा नाम लेखिएको छ, जो उहाँबाहेक अरू कसैले जान्दैन।
13उहाँले रगतमा चोपिएको एउटा पोशाक पहिरिनुभएको छ; अनि उहाँको नाम परमेश्वरको वचन हो।
14सेता घोडाहरूमा सवार भएका, मिहिन सेता र स्वच्छ मलमलको वस्त्र पहिरेका स्वर्गीय सेनाहरूले उहाँलाई पछ्याइरहेका थिए।
15राष्ट्रहरूलाई प्रहार गर्न उहाँको मुखबाट एउटा धारिलो तरवार निस्केको छ। “उहाँले फलामको राजदण्डले तिनीहरूमाथि शासन गर्नुहुनेछ।” उहाँले सर्वशक्तिमान् परमेश्वरको क्रोधको मद्यको कोल कुल्चनुहुनेछ।
16उहाँको वस्त्र र तिघ्रामा यो नाम लेखिएको छ: राजाहरूका राजा र प्रभुहरूका प्रभु।
17अनि मैले एक जना स्वर्गदूतलाई सूर्यमा उभिरहेका देखेँ, जसले आकाशको बीचमा उडिरहेका चराहरूलाई चर्को सोरमा भनिरहेका थिए, “आओ, परमेश्वरको ठूलो भोजको लागि एकसाथ भेला होओ;
18अनि तिमीहरूले राजाहरू, सेनापतिहरू, शक्तिशाली योद्धाहरू, घोडाहरू, त्यसका सवारहरू, स्वतन्त्र र सेवक-सेविकाहरू, ठूला-सानाहरू सबैका मासु खान पाउनेछौ।”
19तब मैले त्यो पशु, पृथ्वीका राजाहरू, र तिनीहरूका सेनाहरूलाई त्यस घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसित युद्ध गर्नलाई एकसाथ भेला भएको देखेँ।
20तर त्यो पशु पक्राउ पर्यो, र त्योसँगै त्यसको पक्षमा अचम्मका शक्तिशाली कामहरू गर्ने त्यो झूटा अगमवक्ता पनि, जसले यी अलौकिक चिन्हहरूद्वारा पशुको छाप लगाउने र त्यसको मूर्तिलाई आराधना गर्नेहरूलाई बहकाएको थियो। ती दुवै जलिरहेको गन्धकको अग्निकुण्डमा जिउँदै फालिए।
21अरू बाँकी रहेकाहरूचाहिँ घोडामा सवार हुनुहुनेको मुखबाट निस्केको तरवारद्वारा मारिए; अनि सबै चराहरूले तिनीहरूको मासु लुछ्दै खाए र अघाए।
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath