प्रकाश 18
तपाईको भाषामा अहिलेसम्म कुनै अनुवाद छैन — अंग्रेजी देखाउँदै
1यसपछि मैले अर्को स्वर्गदूतलाई स्वर्गबाट तल आइरहेको देखेँ। तिनीसित ठूलो अख्तियार थियो; अनि तिनको वैभवले पृथ्वी उज्यालो भयो।
2तिनले ठूलो सोरमा यसो भनेर कराए: “ ‘पतन भयो! महान् सहर बेबिलोनको पतन भयो!’ त्यो भूतहरूको घर भएको छ; अनि प्रत्येक अशुद्ध आत्माको अड्डा, प्रत्येक अशुद्ध चराको अड्डा भएको छ। प्रत्येक अशुद्ध तथा घृणित जन्तुहरूको लुक्ने ठाउँ भएको छ।
3किनकि सबै राष्ट्रहरूले त्यसको अशुद्ध कामवासनाको मद्य पिएर मातेका छन्। पृथ्वीका राजाहरूले त्यससित व्यभिचार गरेका छन्; अनि पृथ्वीका व्यापारीहरू त्यसको अत्याधिक विलासिताको प्रभावले धनी भएका छन्।”
4तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनेँ: “ ‘हे मेरा मानिसहरू हो, त्यसबाट निस्केर आओ,’ ताकि तिमीहरूले त्यसका पापहरूको सहभागी हुन नपरोस्; अनि तिमीहरूमा त्यसका कुनै विपत्ति पनि नआओस्;
5किनकि त्यसका पापहरू आकाशसम्मै थुप्रो लागेका छन्; अनि परमेश्वरले त्यसका अपराधहरू सम्झनुभएको छ।
6त्यसले जे गरेकी थिई, त्यसलाई त्यही फर्काइदेओ; त्यसले जे गरेकी छ, त्यो दोबर गरी त्यसलाई देओ। त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोबर हुने गरी त्यसलाई देओ।
7त्यो आफूले जति महिमा र भोग-विलास लुटी, त्यत्तिकै यातना र सन्ताप त्यसलाई देओ। आफ्नो हृदयमा त्यसले यसरी घमण्ड गर्छे, ‘म रानीझैँ बसेकी छु; म विधवा होइनँ, र म कहिल्यै शोक गर्नेछैनँ।’
8यसकारण एकै दिनमा त्यसमाथि विपत्तिहरू आउनेछन्: मृत्यु, शोक र अनिकाल। त्यो आगोद्वारा भस्म पारिनेछे; किनकि त्यसलाई न्याय गर्ने परमप्रभु परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ।
9“जब त्यससित व्यभिचार गर्ने र त्यसको भोग-विलासमा सहभागी हुने पृथ्वीका राजाहरूले त्यो जल्दैगरेको धुवाँ देख्नेछन्, तब तिनीहरू त्यसको लागि रुनेछन् र विलाप गर्नेछन्।
10त्यसको यातनाद्वारा भयभीत भएर तिनीहरू टाढै उभिएर चिच्याउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, हे शक्तिशाली सहर बेबिलोन! एकै घण्टामा नै तेरो विनाश आयो!’
11“पृथ्वीका व्यापारीहरू त्यसको निम्ति रुनेछन् र विलाप गर्नेछन्; किनकि अब फेरि कसैले पनि त्यसबाट मालसामान किन्नेछैन।
12सुन, चाँदी, बहुमूल्य पत्थर र मोतीहरू, मसिनो मलमलको कपडा; बैजनी, रेशम र चहकिलो रातो रङ्गका कपडाहरू, हरेक किसिमका सुगन्धित काठ, र हरेक किसिमका हस्तीदन्तका सामग्रीहरू, बहुमूल्य काठ, काँसा, फलाम र संगमरमरका सामग्रीहरू,
13दालचिनी र मसला, सुगन्धित धूप, मूर्र, लोबान र मद्य र जैतुनको तेल, मसिनो पिठो, गहुँ, गाईबस्तु र भेडाहरू, घोडाहरू, रथहरू, मानव शरीर र मानिसका जीवनहरू।
14“तिनीहरूले भन्नेछन्, ‘तैँले चाहेका फलहरू तँदेखि गएका छन्। तेरा सबै विलासिता र वैभवहरू कहिल्यै नपाउने गरी बिलाइहालेका छन्।’
15यी चीजहरू बेचेर त्यसबाट धनसम्पत्ति कमाउने ती व्यापारीहरू त्यसको यातनामा भयभीत भएर टाढै उभिनेछन्। तिनीहरू रुँदै, विलाप गर्दै,
16र चिच्याउँदै यसो भन्नेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसले मसिनो मलमलको कपडा, बैजनी र चहकिलो रातो रङ्गको वस्त्र लगाएर सुनको चमक, बहुमूल्य पत्थर र मोतीहरू पहिरेकी थिई!
17एकै घण्टामा यति धेरै सम्पत्ति नष्ट भए!’ “जहाजको हरेक सेनापति, र जहाजबाट यात्रा गर्ने सबै यात्रीहरू, नाविकहरू र समुद्रबाट जीविका चलाउनेहरू टाढा उभिनेछन्।
18जब तिनीहरूले त्यो स्त्री जल्दैगरेको धुवाँ देखे, तब तिनीहरू विलाप गर्दै कराउनेछन्, ‘के यस्तो महान् सहरजस्तै अरू सहर कहिल्यै थियो र?’
19तिनीहरूले आ-आफ्नो टाउकोमा धुलो हाल्नेछन्, र रुवाइ र विलापकासाथ यसरी कराउनेछन्: “ ‘हाय! हाय, हे महानगरी, जसका समुद्रमा जहाज भएकाहरू त्यस स्त्रीको धनले धनी भएका छन्! एकै घण्टामा त्यो भस्म भएकी छे!’
20“हे स्वर्ग, त्यसमाथि रमाओ! हे परमेश्वरका जनहरू, प्रेरितहरू र अगमवक्ताहरू हो, रमाओ! तिमीहरूसित त्यसले जस्तो व्यवहार गरेकी थिई, त्यसरी नै परमेश्वरले त्यसको न्याय गर्नुभएको छ।”
21तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन।
22सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन।
23बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए।
24त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
WEBREATH · 11:11
«He himself gives everyone life and breath and everything else» — Acts 17:25
Breath is one for all: everyone lives by it, whoever they are and whatever they believe. Every day at 11:11 local time people stop for sixty seconds, breathe, and thank GOD for the breath — each in their own words, each within themselves. In that minute we are One Breath.
WEBREATH — the Minute at 11:11, your own local time — we are One Breath